Complete Guide to Biswyapikaran ra Sthanikaran (विश्वव्यापीकरण र स्थानीयकरण) | Class 10 Social Notes
An overview of Biswyapikaran ra Sthanikaran notes for SEE Class 10 Social Studies

एकाइ ९: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग (Hamro Antarrashtriya Sambandha ra Sahayog)

पाठ ४: विश्वव्यापीकरण र स्थानीयकरण (Biswyapikaran ra Sthanikaran)

१. विश्वव्यापीकरण (Biswyapikaran) भनेको के हो ?

उत्तर: मानिस, वस्तु, पुँजी, विचार, प्रविधि, संस्कृति आदि कुनै निश्चित ठाउँ र देशको सीमा नाघेर विश्वभर फैलिने अवस्थालाई विश्वव्यापीकरण (Biswyapikaran) भनिन्छ। अहिले वस्तु, श्रम, पुँजी, प्रविधि, विचार आदि विश्वभर आदानप्रदान हुन्छ। यसलाई नै विश्वव्यापीकरण भनिन्छ। सीमित दृष्टिकोणमा अर्थतन्त्रलाई जोड्ने प्रक्रिया विश्वव्यापीकरण भए पनि बृहत् अर्थमा विश्वव्यापीकरण भनेको आधुनिक विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र प्राविधिक लगायतका सबै विषयमा साझा मूल्य मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान हो।

२. विश्वव्यापीकरण (Biswyapikaran) को महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर: विश्वव्यापीकरणको महत्त्व निम्नानुसार छ:

  • यसले खुला अर्थतन्त्र र बजारीकरणमा जोड दिन्छ।
  • आयात निर्यात प्रक्रियालाई खुकुलो बनाउँछ।
  • राष्ट्रिय आय, बचत, उत्पादन र रोजगारी अभिवृद्धि गर्दछ।
  • विश्वलाई एक ग्रामका रूपमा लिई विश्वबन्धुत्वको भावना विकास गराउँछ।
  • वस्तु, सेवा, श्रम, पुँजी र प्रविधि जस्ता कुराको विश्वभर आदानप्रदान हुन्छ।
  • लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, मानव अधिकार, सामाजिक न्याय, समावेशीकरण जस्ता कुराहरूको विकास, संरक्षण र संवर्द्धन गराउँछ।

३. विश्वव्यापीकरणका सकारात्मक र नकारात्मक पक्षको सूची तयार पार्नुहोस् ।

उत्तर:

सकारात्मक पक्षहरू:

  • लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, समावेशिता, सुशासन जस्ता पक्षको विकास र संरक्षण।
  • आर्थिक उदारता, निजीकरण, विप्रेषण, वैदेशिक लगानी, रोजगारी, बजार क्षेत्र आदिमा वृद्धि र विकास।
  • धर्म निरपेक्षता, सांस्कृतिक बहुलवाद, सामाजिक चेतनाको विकास।
  • सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रयोग।

नकारात्मक पक्षहरू:

  • वैदेशिक हस्तक्षेप बढी राजनीतिक अस्थिरताको खतरा बढ्ने।
  • स्रोतसाधनको अत्यधिक दोहन, परनिर्भरताको अवस्था सिर्जना र धनी तथा गरिबबिचको खाडल बढ्न जाने।
  • मौलिक कला, संस्कृति, परम्परा, भाषा लोप हुने खतरा।
  • सामाजिक विकृति र विसङ्गति वृद्धि हुने।
  • बौद्धिक तथा श्रमशक्तिको पलायन (Brain Drain) हुने।
  • साइबर अपराधमा वृद्धि तथा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने।

४. स्थानीयकरण (Sthanikaran) भनेको के हो ?

उत्तर: स्थानीय भाषा, क्षेत्र, ज्ञान, प्रविधि, सिप, विचार, कला, संस्कृति, उत्पादनको संरक्षण, संवर्द्धन र विकासको कुरा स्थानीयकरण (Sthanikaran) हो। अर्थात् आफ्नो पहिचान बनिसकेको विषयको संरक्षण, संवर्द्धन र विकास गर्ने मान्यता नै स्थानीयकरण हो। यसले एउटा ठाउँ वा स्थान विशेषलाई उच्च प्राथमिकतामा राख्छ। मौलिकताको संरक्षणमा जोड दिँदै यसले नवीन आविष्कारलाई स्थानीय सिप र प्रविधिमा आधारित बनाउनुपर्ने र त्यसकै आधारमा परम्परागत मूल्य मान्यता र संस्कृतिको पहिचानमा जोड दिन्छ।

५. स्थानीयकरणको महत्त्व बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।

उत्तर: स्थानीयकरणको महत्त्व:

  • विविधताबीचको एकतालाई प्राथमिकता दिन्छ।
  • राष्ट्रियताको जगेर्ना, स्थानीय प्रविधि र सिपलाई जोड दिन्छ।
  • जनकेन्द्रित विकासको दृष्टिकोण प्रस्तुत गर्दछ।
  • श्रमिक तथा वस्तुको अन्तर्राष्ट्रियकरणलाई निरुत्साहित गर्छ।
  • मौलिक कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्दछ।
  • राजनीतिमा नागरिकको प्रत्यक्ष सहभागिता र सेवा प्रवाहमा पहुँच वृद्धि गर्दछ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top