7th Chapter Paryaparyatanka Sambhavana Ra Ayam: Class 11 Nepali Ultimate Guide
Importantedunotes.com
फिर्ता जानुहोस्

पर्यापर्यटनका सम्भावना र आयाम

Class 11 Nepali Chapter 7 Complete Guide

कक्षा ११ अनिवार्य नेपालीको सातौँ पाठ “पर्यापर्यटनका सम्भावना र आयाम” (Paryaparyatanka Sambhavana Ra Ayam) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।

पाठको परिचय

Paryaparyatanka Sambhavana Ra Ayam

“पर्यापर्यटनका सम्भावना र आयाम” (Paryaparyatanka Sambhavana Ra Ayam) तीर्थबहादुर श्रेष्ठद्वारा लिखित एक उत्कृष्ट वस्तुपरक निबन्ध हो। यस निबन्धमा नेपालको प्राकृतिक र जैविक विविधतालाई पर्यापर्यटनको मुख्य आधार मान्दै यसको प्रवर्द्धन र विकासका सम्भावनाहरू प्रस्तुत गरिएको छ।

यस पाठले वातावरण संरक्षण, स्थानीय समुदायको सहभागिता, र दीगो पर्यटन मार्फत नेपालको आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने कुरालाई तथ्यगत रूपमा विश्लेषण गरेको छ।

शब्दभण्डार समाधान

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:

परिस्थितिक प्रणाली ⇒ परिस्थितिका कारण निम्तिने प्रणाली

विहङ्गम दृष्टि ⇒ आकाशमा उडिरहेको चराले जस्तै कुनै कुरालाई हेर्ने काम

तृणहारी ⇒ दुबो, पराल, खर आदि घाँसपात खाने

कटिबन्ध ⇒ पृथ्वीका दुई ध्रुवका बिचका भुभागलाई हावापानी आदिका हिसाबले बाँडिने भाग

पर्यापर्यटन ⇒ विविधताका कारण हुने पर्यटन

जलक्रीडा ⇒ पानीमा गर्न सकिने विभिन्न खेल; मनोरञ्जन

पर्यावरणमैत्री ⇒ वातावरण सुहाउँदो

प्रतिकूल प्रभाव ⇒ पक्षमा नभएको प्रभाव

हिमाच्छादित छाना ⇒ हिउँ नै हिउँले ढाकिएको छाना


२. दिइएका शब्दहरुको अर्थ शब्दकोशका सहायताले पत्ता लगाउनुहोस् :

लवज ⇒ भन्ने तरिका, बोल्ने तरिका

वायुमण्डल ⇒ हावाले ढाकेको भाग

संजाल ⇒ जालो

लीन ⇒ काममा एकाग्र भएर लागेको, तल्लीन

नभचर ⇒ आकाशमा बस्ने

अक्षांश ⇒ पृथ्वीको सतहमा पूर्वपश्चिम खिचिएका काल्पनिक रेखा

शीतोष्ण ⇒ समुन्द्र सतहबाट २००० देखि ३००० मिटरसम्मको भाग

सिमसार ⇒ हिलो र पानी भएको ठाउँ


३. पाठबात दशओटा आगन्तुक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :

ग्रीक ⇒ ग्रीक भाषा संसारको पुरानो भाषामा पर्दछ ।

र्‍याफि्टङ ⇒ ठुलाठुला नदीमा र्‍याफि्टङ गरिन्छ ।

बोटिङ ⇒ तालतलैयामा बोटिङको व्यवस्था गर्न सकिन्छ ।

बन्जी जम्पिङ ⇒ मलाई बन्जी जम्पिङ गर्न खुब इच्छा छ ।

गल्फ ⇒ गल्फ खेल्न समथर भुभाग आवश्यक पर्छ ।

इकोफ्रेन्ड्ली ⇒ यहाँको वातावरण इकोफ्रेन्ड्ली छ ।

इकोटुरिजम ⇒ इकोटुरिजम प्रवर्द्धन गर्ने परियोजनाहरू अहिले चलिरहेका छन् ।

इकोलोजी ⇒ उहाँले इकोलोजीको सबै क्षेत्रहरु सिकाउनुहुन्छ ।

इकोसिस्टम ⇒ इकोसिस्टम बिग्रीएमा प्राणीको जीवन धरापमा पर्न सक्छ ।

मैदान ⇒ तराईमा धेरै ठुला ठुला घासे मैदानहरु छन् ।


४. पाठबाट पर्यटन र पर्यावरणसँग सम्बन्धित दश दशओटा शब्द पहिचान गरी लेख्नुहोस् :

पर्यटन ⇒ र्‍याफि्टङ, कायाकिङ, क्यानोइङ, बोटिङ, मत्स्यविहार, बाइक यात्रा, घोडसवार, रक क्लाइम्बिङ, हिउँचिप्लेटी, गल्फ

पर्यावरण ⇒ पोखरी, ताल, सिसिमसार, वनस्पति, घाँस, पात, पशुपन्छी, स्थलचर, जङ्गल, जलथर

बोध र अभिव्यक्ति

१. दिइएका प्रश्नको उत्तर दिनुहोस् :

क) पर्यापर्यटन पाठ कति अनुच्छेदमा संरचित छ ?

पर्यापर्यटन पाठ दस अनुच्छेदमा संरचित छ ।

ख) सबैभन्दा लामो अनुच्छेद कुन हो र कति वाक्यमा संरचित छ ?

सबैभन्दा लामो अनुच्छेद नवौ हो र यो ९ वाक्यमा संरचित छ ।

ग) सबैभन्दा छोटो अनुच्छेदमा कति वाक्यहरु छन् र कुन हो ?

सबैभन्दा छोटो अनुच्छेदमा ३ वाक्यहरु छन र यो दशौ अनुच्छेद हो ।


२. दिइएका विषय सन्दर्भ कुन कुन अनुच्छेदमा छन् ?
अ) दोस्रो अनुच्छेद
आ) पाँचौ अनुच्छेद
इ) छैटौं अनुच्छेद
ई) पहिलो अनुच्छेद
उ) दसौं अनुच्छेद
ऊ) नवौं अनुच्छेद

३. पाठको दोस्रो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) जलचरहरु के खाएर बाँच्छन् ?

जलचरहरु घाँस, पात, लेउ र झ्याउ खाएर बाँच्छन् ।

ख) जमिनले पोषण कसरी प्राप्त गर्दछ ?

जमिनले पशुपन्छी वा वनस्पति मरेर, सडेरपछि पोषण प्राप्त गर्दछ ।

ग) आहारको सन्जाल कसरी निर्माण हुन्छ ?

चक्रीय पारिस्थितिक प्रणालीद्वारा आहाराको सञ्जाल निर्माण भएको हुन्छ ।

घ) प्राणीहरु किन जन्मन्छ्न् र मर्छन् ?

परिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्नका लागि प्राणीहरु जन्मन्छन् र मर्छन् ।


४. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् :

क) पृथ्वी नै सबैको साझा घर हो, कसरी ?

पृथ्वी एक मात्र जीवित ग्रह हो । यहाँ जल स्थल, वायु, आकाश र तेज जस्ता पञ्चतत्त्वहरू छन् । यिनै तत्त्वहरुको बिचमा जलचर, स्थलचर, नभचर र सबै चराचरले आफ्नो जीवन बिताउने भएकाले पृथ्वी नै सबैको साझा घर हो ।

ख) वायुमण्डल प्रदुषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ ?

पृथ्वी एक मात्र जीवित ग्रह हो । पृथ्वीको परिस्थितिक प्रणालीमा गडबडी भएमा प्राणी र वन्स्पतिको अस्तित्व सङ्कटमा पर्छ । हाल वायुमण्डल प्रदूषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्न थालेको छ, जलवायु परिवर्तन भएको छ, पारिस्थितिक प्रणाली नै बिथोलिएको छ, मानिस लगायत सम्पूर्ण प्राणी एवं वनस्पति जगत नै प्रभावित भएको छ । यो क्रम रोकिएन भने मानव अस्तित्व नै सङ्कटमा पर्ने भएकाले यसप्रति चासो र चिन्ता बढेको छ ।


५. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् :

क) पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?

पर्यटकीय गतिविधिका क्षेत्रहरु जल, स्थल र आकाश हुन् । पर्वतारोहण, पदयात्रा, जङ्गलसफारी, वन्यजन्तु अवलोकन, पर्वतीय बाइकयात्रा, घोडसवार, रक क्लाइम्बिङ, प्राकृतिक गुफा अन्वेषण, हिउँ चिप्लेटी, जलक्रीडा, न्याफ्टिड, बोटिङ, मत्स्य विहार, पर्वतीय उडान, पाराग्लाइडिङ हट एयर बेलुन, बन्जी जम्पिङ आदि पर्यटकीय गतिविधिका क्षेत्रहरू हुन् ।

ख) पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ ?

पर्यापर्यटनका निम्ति आचारसंहिता पर्यटन व्यवसाय गर्ने र पर्यटक भएर आउने दुवै पक्षलाई आवश्यक छ । हामीले गर्ने प्रत्येक क्रियाकलापहरुले हाम्रो पारिस्थितिक प्रणालीमा प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले हाम्रो पारिस्थितिक प्रणालीलाई स्वस्थ र दीगो बनाइ राख्न पर्यटन व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायीलाई पर्यावरणमैत्री नीति, नियम, कानुन र आचारसंहिताको पालना गर्न आवश्यक छ ।


६. उत्तर दिनुहोस् :

क) जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ ?

जलवायुका दृष्टिकोणले पृथ्वीलाई भूमध्यरेखाको उत्तर तथा दक्षिणतिर उष्ण, उपउष्ण, शीतोष्ण एवम् हिमाच्छादित ध्रुवीय कटिवन्धनहरू भनी वर्गीकरण गरिएको छ । हिमालय क्षेत्रमा १००० मिटरभन्दा होचो भागमा उष्ण जलवायु, त्यसभन्दा उच्च भूभागमा २००० मिटरसम्म उपउष्ण जलवायु, त्यसभन्दा उच्च क्षेत्रमा ३००० मिटरसम्म शीतोष्ण कटिबन्ध, त्यसभन्दा माथिको शीतप्रधान कटिबन्ध उपलेकाली ४००० मिटरसम्म र त्यहाँबाट ५००० मिटरसम्म हावापानी, ५००० मिटरभन्दा उच्च भागमा हिमाच्छादित क्षेत्र हुन्छ भनी वर्गीकरण गरिएको छ ।

ख) पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस् ।

पर्यापर्यटनका विशेषताहरु निम्न छन् :

  • प्राकृतिक सम्पदाको संरक्षण र सम्वदनलाई आर्थिक रूपमा सहयोग मिलेको छ ।
  • सांस्कृतिक सम्पदाको संरक्षण भएको छ ।
  • अन्तर्राष्ट्रिय सद्भाव र भाइचारालाई उच्च बनेको छ ।
  • मानिसहरुलाई यो व्यवसायबाट रोजगारी मिलेको छ ।

ग) जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधिहरु उल्लेख गर्नुहोस् ।

जलमा हुने पर्यटकीय गतिविधिहरु : र्‍याफि्टङ, कायाकिङ, क्यानोनिङ, बोटिङ, मत्स्य विहार आदि ।

थलमा हुने पर्यटकीय गतिविधिहरु : पर्वतारोहण, पदयात्रा ,जङ्गलसफारी, वन्यजन्तु अवलोकन, पर्वत वाइक यात्रा आदि ।

आकाशमा हुने पर्यटकीय गतिविधिहरु : पर्वतीय उडान, ह्यन्ड ग्लाइडिङ, पाराग्लाइडिङ, हट एयर बेलून आदि ।

घ) नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?

नेपालको पर्यावरणको विविधताको वर्णन पाँचतले घरसँग तुलना गरेर गरिएको छ । भुईतलामा तराई, पहिलो तलामा चुरे मधेश तथा टारवेंसी दोस्रो तलामा पहाडी प्रदेश, तेस्रो तलामा पर्वतीय प्रदेश, चौथो तलामा उच्च पर्वतीय भाग र त्यसको शिरमा हिमाच्छादित छानाका रूपमा निबन्धमा वर्णन गरिएको छ । यसको उत्तरी मोहडामा बार्दली झै निस्किएको भोट प्रदेशको आकर्षण छ भन्ने कुरालाई यस निबन्धमा व्यक्त गरिएको छ ।


७. व्याख्या गर्नुहोस् :

क) पृथ्वीको ………………………….सङ्कटमा पर्छ ।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने “पर्यापर्यटनका सम्भावना र आयाम” (Paryaparyatanka Sambhavana Ra Ayam) नामक निबन्धवाट साभार गरिएको हो । यस निबन्धका लेखक तीर्थबहादुर श्रेष्ठ हुन् । पृथ्वी हाम्रो साझा घर हो । यसलाई हामी सबैले संरक्षण गर्नुपर्छ भन्ने आशयलाई यस निबन्धाशमा व्यक्त गरिएको छ ।

पृथ्वी एक मात्र जीवित ग्रह हो । यहाँ बसोबास गर्ने सम्पूर्ण प्राणी र वनस्पतिहरु एकअर्कामा निर्भर छन् । यहां जल, वायु, आकाश र तेज जस्ता पञ्चतत्त्व छन् जसले जीवको अस्तित्वलाई बचाएको छ । यी पञ्चतत्त्वलाई हामी मानवल प्रदूषित गर्नुहुँदैन । पृथ्वीको परिस्थितिक प्रणालीमा गडबडी भएमा प्राणी र वन्स्पतिको अस्तित्व सङ्कटमा पर्छ । विकासका नाममा आज मानिसले प्रकृतिको विनास गर्दै छ । अब मानव समुदायले पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिचोलिदियौं भने हाम्रो अस्तित्व सङ्कटमा पर्ने सम्भावना छ । मानिसले विकासका नाममा गरेको पर्यावरणीय विनासले सम्पूर्ण प्राणी जगत नै सङ्कटमा पर्न सक्छ ।

हाल वायुमण्डल प्रदूषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्न थालेको छ, जलवायु परिवर्तन भएको छ, पारिस्थितिक प्रणाली नै बिथोलिएको छ, मानिस लगायत सम्पूर्ण प्राणी एवं वनस्पति जगत नै प्रभावित भएको छ । यो क्रम रोकिएन भने मानव अस्तित्व नै सङ्कटमा पर्ने भएकाले यसप्रति चासो र चिन्ता बढेको छ ।

ख) नयाँ पिँढिको ………………………. माग पनि हो ।

प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने “पर्यापर्यटनका सम्भावना र आयाम” नामक निबन्धवाट साभार गरिएको हो । यस निबन्धका लेखक तीर्थबहादुर श्रेष्ठ हुन् । पृथ्वी हाम्रो साझा घर हो । यसलाई हामी सबैले संरक्षण गर्नुपर्छ भन्ने आशयलाई यस निबन्धाशमा व्यक्त गरिएको छ ।

नेपालमा गरिबी, सीमित रोजगारीका अवसरहरू भएकाले नयाँ पिँढि विदेश पलायन हुन्छन् । नेपालमा धेरै गाउँहरू छन् जहाँ श्रम बसाइँसराइलाई समुदायको संस्कृतिको रूपमा स्थापित गरिएको छ; अर्थात् केही समयको लागि कामका लागि विदेश जानु र केही पैसा लिएर फर्किनु येहाको चालचलन नै बनको छ । यी र यस्ता समस्याहरूको सम्बोधन हुने खालका योजनाहरू अब स्थानीय सरकार वा राज्यले गर्नुपर्छ । युवा पुस्तालाई पर्यटन व्यवसायको क्षेत्रमा आकर्षण गर्न सीप, तालिम एवं क्षमता अभिवृद्धिका लागि प्रशिक्षण एवं तालिमको व्यवस्था अनि लगानीको वातावरण सिर्जना गरी अवसरहरु दिन सक्नुपर्दछ । वा श्रमशक्तिलाई स्वदेशमै प्रयोग गरी देश विकासकै अभियानमा सरकार लागेमा नयाँ पिँढी स्वदेशमा नै बसी पर्यापर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । तसर्थ युवापुस्तालाई आफ्नो देशमा राख्न सके आफ्नो देशको विकास गर्न सकिन्छ भन्ने आशयलाई माथिको अपने व्यक्त गरेको छ ।


८. समीक्षात्मक उत्तर लेख्नुहोस् :

क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्‍याएको छ ?

नेपाल सुन्दर शान्त विशाल देश हो । आज संसारमा अस्तित्वमा रहेको १९५ देशहरु मध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैंमा सानो तर विशाल राष्ट्र हो । नेपाललाई प्रकृतिले संसारका प्रायः विविधता प्रदान गरेको छ । नेपालमा पाइने यस्ता प्रकृतिक, साँस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरुले संसारका मानिसलाई आकर्षित गरेका छन् । जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढी छ ।

नेपाल आफैंमा रोचक, अनौठा र चाखलाग्दा रीतिरिवाज चालचलन रहेको देश हो । यहाँका रीतिरिवाज, चालचलन, संस्कृति, परम्परा, भेषभूषा, संस्कार, जैविक र भौगोलिक विविधताले सारा संसारलाई नै चकित तुल्याएको छ । आज नेपाल र नेपालीको बारेमा जानकारी प्राप्त गरेका मानिसहरु यहाँ नआई मान्दैनन् । संसारको सबैभन्दा होचो कालीगण्डकी नदीमा रहेको अन्ध गल्छी, सबैभन्दा अग्लो हिमाल सगरमाथा (८८४८ मी.) संसारको सबैभन्दा अग्लो पास थ्रोइ पास (५४१६ मी) र संसारमा शान्तिको ज्योति छर्ने शान्तिको अग्रदूत महामानव गौतम बुद्धले पनि नेपाल र नेपालीको गौरवलाई संसारभभरि चिनाएका छन् ।

अतः नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका श्रृंखलावद्ध हिमालहरु, विभिन्न किसिमका झरनाहरु, पाखा, पखेरा, टार, हरिया, जङ्गल झाडी, यहाँ रहेका नागवेदली नदीनालाहरु, खोच, कुनाकन्दराहरु संसारकै उच्च स्थानमा रहेका हिमताल, यहाँका प्राकृतिक जडीबुटीहरु, यहाँका मानिसहरुमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, साँस्कृति विविधता, जातजाति, भेषभूषा कला सँस्कृति आदि कुराहरुले नेपालको पर्यावरणले पर्यटनलाई सहयोग पुर्‍याएको छ ।

ख) नेपालको पर्यापर्यटनको विकासमा स्थानीय, समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस् ।

सामान्यतया पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहायता गर्ने कार्यलाइ जनाउछ । नेपाल प्राकृतिक श्रोतले भरिपूर्ण, साँस्कृतिक सम्पदा र कलाकृतिको खानी, बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र हो । पर्यटन क्षेत्रको राम्रो विकास हुन सकेमा नेपालको आर्थिक वृद्धि भई नेपालीहरुको जीवनस्तर उकासिन्छ । नेपालमा पर्यटकहरुका लागि उत्कृष्ट मानिएका पदयात्रा गर्ने ठाउँहरु छन् । यसका लागि स्थानीय, समुदाय तथा नेपाल सरकारले स्पष्ट कार्यनीति तथा रणनीति बनाई त्यसको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।

नेपालमा राजनीतिक अस्थिरता छ । यहाँका प्रत्येक क्षेत्रमा आवश्यक भन्दा बढी राजनीति हावी भएको पाइन्छ । जसको कारणले पर्यटन व्यवसायमा सोचेअुनरुपकेा उपलब्ञिध हाँसिल हुन सकिरहेको छैन । यसका लागि देशमा राजनीतिक स्थिरता, यहाँको नेतृत्वमा दृढ इच्छा, यहाँ भएका जैविक विविधता, साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्नु आवश्यक छ । नेपाल सरकार पर्यटन व्यवसायी र संसारको विभिन्न कुना कुनामा रहेको नेपालीहरुले आफ्नो ठाउँबाट सक्दो पहल गरी पर्यटन विकासको लागि योगदान पुर्याउनु पर्छ । हामी सबैले एक सक्षम, समुन्नत र विकसित नेपालको निर्माण गर्नुपर्छ । आज जसरी हामीले यूरोप तथा अमेरिकाका देशहरुमा प्रवेश आज्ञा पाउँदा स्वर्गै जान पाएजस्तो खुशी हुन्छौं, त्यसैगरी संसारका विभिन्न राष्ट्रका मानिसहरुले नेपालमा प्रवेश आज्ञा प्राप्त गर्दा त्यतिनै खुशीको अनुभूति गर्ने नेपालको निर्माण गर्नु आजको आवश्यकता हो । यसरी हामी सबै नेपाली र स्थानीय, समुदाय तथा सरकारको थोरै संघर्षले नेपालको पर्यापर्यटनको विकासमा सहयोग पुराउन सकिन्छ ।


९. दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस् ।
  • १. यार्सागुम्बा कस्तो जडीबुटी हो ?
  • २. यार्सागुम्बा कस्तो स्थानमा पाइन्छ ?
  • ३. यार्सागुम्बाको स्वरुप सुरुमा कस्तो हुन्छ ?
  • ४. यार्सागुम्बा के कारणले अनौठो जीव हो ?
  • ५. यार्सागुम्बाबाट देशले कसरी फाइदा लिन सक्छ ?

१०. दिइएको अनुच्छेद पढी अन्त्यमा सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) भौतिक विज्ञानका प्रणेता को को हुन् ?

भौतिक विज्ञानका प्रणेता न्युटन, ग्यालिलियो र आइन्स्टाइन हुन् ।

ख) भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?

भौतिक विज्ञानका आधारमा शक्ति भनेको कार्य गर्ने सामर्थ्यको नाप हो भने बल भनेको एकसमान गतिलाई बदल्ने एकाइ हो ।

ग) माथिको अनुच्छेदबाट दुईवटा तत्सम शब्द टिप्नुहोस् र तिनको बनोट देखाउनुहोस ।

समुद्रपारि : समुद्रदेखि पारि

जीवनजगत : जीवन र जगत

घ) भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?

भौतिक विज्ञानले स्थान, काल, गति, विद्युत्, प्रकाश, ऊर्जा, भूगर्भ, खगोल, प्रकृति, जीवनजगत तथा ब्रह्माण्ड समेतको अध्ययन गरेकाले यसले प्रकृतिको व्यापक क्षेत्रलाई समेट्न सफल भएको छ ।

ङ) `भूगर्भ´ र `खगोल´ शब्दको अर्थ लेख्नुहोस् ।

भूगर्भ : पृथ्वीको भित्री तह

खगोल : आकाश, अन्तरीक्ष


११. दिइएको अनुच्छेद पढी चारवटा बुँदा टिप्नुहोस् र एक तृतीयांश सार लेख्नुहोस् ।

बुँदाहरु :

  • नेपालको भूमिमा प्रशस्त खनिज सम्पदा पाइनु,
  • नेपालका कतिपय नदी, खोलामा सुन र कतिपय खोला नदीका बगरमा चांदी पाइने,
  • मुक्तिनाथमा युरेनियम जस्ता केहि बहुमुल्य खनिज पाइनु,
  • खनिजहरुको आधुनिक तरिकाले उत्खनन, प्रशोधन र प्रयोग गर्न आवश्यक भएको ।

सारांश: खनिज पदार्थ

नेपालको भूमिमा प्रशस्त खनिज पाइन्छ । यहाँका कतिपय नदीमा सुन र नदीकिनार तथा बगरमा चांदी पाइन्छ । अझ मुक्तिनाथमा त युरेनियम जस्तो बहुमुल्य खनिज पनि पाइन्छ । नेपालका सातवटै प्रदेशमा विभिन्न खनिज सम्पदा भुगर्भमा लुकेर बसेका छ्न् । नेपालमा पाइने यस्ता विभिन्न प्रकारका खनिज पदार्थलाई आधुनिक तरिकाले उत्खनन, प्रशोधन र प्रयोग गर्न जरुरी छ ।

अनुच्छेदमा दिइएको शब्द सङ्ख्या : १६६
हुनुपर्ने शब्द : ५५
सारांश लेखिएको शब्द सङ्ख्या : ५५


१२. दिइएको अनुच्छेद पढ्नुहोस र सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस् :

क) आधारभूत रुपमा अनुच्छेद कति किसिमका हुन्छन् ?

आधारभूत रुपमा अनुच्छेद आत्मपरक र वस्तुपरक गरी दुई किसिमका हुन्छन् ।

ख) कस्तो अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ ?

प्रथमपुरुष दृष्टिविन्दु प्रयोग भएको लेखकको निजि विचार प्रधान गर्ने अनुच्छेदलाई आत्मपरक अनुच्छेद भनिन्छ ।

ग) अनुच्छेदमा वस्तुपरक विषयलाई कसरी वर्णन गरिएको छ ?

अनुच्छेदमा वस्तुपरक विषयलाई तृतीयपुरुष दृष्टिविन्दु र तथ्यगत रुपमा वर्णन गरिएको छ ।

घ) आत्मपरक अनुच्छेद र वस्तुपरक अनुच्छेदबिचको मुख्य अन्तर के हो ?

आत्मपरक अनुच्छेदमा लेखकको विचार वा अनुभूतिलाई प्राथमिकता दिइन्छ भने वस्तुपरक अनुच्छेदमा सत्य तथ्य वस्तु वा घटनालाई आधार बनाइन्छ ।


१३. दिइएको अनुच्छेद आत्मपरक हो भन्ने आधार के के छन् ,पुष्टि गर्नुहोस् :

दिइएको अनुच्छेदमा प्रथम पुरुष दृष्टिविन्दु प्रयोग भएको छ । साथै प्रकृतिलाई मानिस जस्तै मानेर कञ्चनजङ्घा, पहाडी टार, जबरे खोलाको सङ्गीतको चित्रण गरिएको छ । पानीलाई अमृत मान्नु, आफ्नो गाउँलाई स्वर्ग ठान्नु जस्ता आधारले दिइएको अनुच्छेद आत्मपरक अनुच्छेद हो भन्न सकिन्छ ।


१४. दिइएको अनुच्छेद वस्तुपरक हो भन्ने आधार के के छन् ,पुष्टि गर्नुहोस् :

दिइएको अनुच्छेदमा तृतीय पुरुष दृष्टिविन्दु प्रयोग भएको छ । साथै सत्यतथ्यमा आधारित रहेर पहिले सूचनाका लागि पङ्क्षी, वाद्यवादनलाई प्रयोग गरि लेखकले तथ्यगत रुपमा विषयवस्तुको पुष्टि गरेको हुनाले दिइएको अनुच्छेद वस्तुपरक अनुच्छेद हो भन्न सकिन्छ ।

व्याकरण अभ्यास

१. दिइएको अनुच्छेद पढी उपसर्ग लागेका शब्द पहिचान गर्नुहोस् :

विलक्षण, सम्पन्न, विशिष्ट, संरचना, अपार, विभिन्न, सुलभ, दुर्लभ, अनेक, प्रकृति, प्रदत्त, सम्पदा , अत्यन्त, समृद्ध आदि ।


२. दिइएको अनुच्छेदबाट दशओटा उपसर्ग व्युत्पन्न शब्द छानी निर्माण प्रक्रिया देखाउनुहोस् :

प्रतिवर्ष, अवलोकन, अतिथि, स्वागत, उपस्थिति, प्रतिकूल, प्रभाव, पर्यटन, सचेत, आधार ।

  • प्रति + वर्ष ⇒ प्रतिवर्ष

  • अब + लोकन ⇒ अवलोकन

  • अ + तिथि ⇒ अतिथि

  • सु + आगत ⇒ स्वागत

  • उप + स्थिति ⇒ उपस्थिति

  • प्रति + कूल ⇒ प्रतिकूल

  • प्र + भाव ⇒ प्रभाव

  • परि + अटन ⇒ पर्यटन

  • स + चेत ⇒ सचेत

  • आ + धार ⇒ आधार


३. `पर्यापर्यटनका सम्भावना र आयाम ´ पाठको पहिलो अनुच्छेदमा रहेका उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
  • प्रतिवर्ष ⇒ प्रति + वर्ष

  • सम्बन्ध ⇒ सम् + बन्ध

  • सन्तुलन ⇒ सम् + तुलन

  • उपसर्ग ⇒ उप + सर्ग

  • प्रयोग ⇒ प्र + योग

  • अभिव्यक्ति ⇒ अभि + व्यक्ति

  • आधार ⇒ आ + धार

  • अध्ययन ⇒ अधि + अयन

  • अनुसन्धान ⇒ अनु + सन्धान

  • परिचर्चा ⇒ परि + चर्चा

  • निर्माण ⇒ निर् + माण

  • अनुसार ⇒ अनु + सार

  • परिवेश ⇒ परि + वेश

  • निर्जीव ⇒ निर् + जीव

  • प्रक्रिया ⇒ प्र + क्रिया

  • संहार ⇒ सं + हार


५. दिइएका उपसर्ग लगाई शब्द निर्माण गर्नुहोस् :
  • अधि + कार ⇒ अधिकार

  • दुर् + गम ⇒ दुर्गम

  • दुस् + सहास ⇒ दुस्साहस

  • निस् + कपट ⇒ निष्कपट

  • प्र + माण ⇒ प्रमाण

  • अ + स्वीकार ⇒ अस्वीकार

  • उत् + पन्न ⇒ उत्पन्न

  • सु + गम ⇒ सुगम

  • आ + कार ⇒ आकार

  • सम् + मान ⇒ सम्मान


६. अ, अन, कु, बे, ब, बद, गैर, ना, स उपसर्ग लागाई शब्द बनाउनुहोस् । यसरी बनेका शब्द प्रयोग गरी अनुच्छेद रचना गर्नुहोस् :
  • अ + विवाहित ⇒ अविवाहित

  • अन + मेल ⇒ अनमेल

  • कु + चेष्टा ⇒ कुचेष्टा

  • बि + चल्ली ⇒ बिचल्ली

  • बे + इज्जत ⇒ बेइज्जत

  • बद् + नाम ⇒ बदनाम

  • गैर + जिम्मेवार ⇒ गैरजिम्मेवार

  • ना + मर्द ⇒ नामर्द

  • स + चेत ⇒ सचेत

अनुच्छेद रचना :

अविवाहित रामले अनमेल विवाह गर्ने कुचेष्टा गरेकाले समाजले उसलाई कारवाही गरेपछि उसको बेइज्जत मात्र नभएर बदनाम नै भएपछि सचेत हुनुको साटो ऊ गैरजिम्मेवार बनी नामर्द झै कुलतमा सक्रिय भई बिचल्लीमा परेको देखिन्छ ।

Queries Solved

  • ✓ class 11 nepali notes chapter 7
  • ✓ class 11 nepali notes pdf download 2083
  • ✓ class 11 nepali chapter 7 exercise
  • ✓ paryaparyatanka sambhavana ra ayam summary
  • ✓ class 11 nepali paryaparyatanka sambhavana
  • ✓ paryaparyatan question answer
  • ✓ neb class 11 nepali solution chapter 7
  • ✓ class 11 nepali guide chapter 7
  • ✓ paryaparyatanka sambhavana ra ayam class 11 nepali exercise
  • ✓ class 11 nepali model question 2083
  • ✓ tirtha bahadur shrestha essay paryaparyatan

कक्षा ११ का अन्य पाठ तथा विषयहरूको गाइड हेर्नुहोस्

Scroll to Top