एकाइ ६: हाम्रो पृथ्वी (Hamro Prithvi)
पाठ ८: दक्षिण अमेरिका महादेश (Dakshin America Mahadesh)
यस पाठमा पढ्नुहोस्
१. अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व लेख्नुहोस् ।
उत्तर: अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व निम्नानुसार छन्:
- फर्निचर उद्योग: यहाँ पाइने काठ प्रयोग गरी फर्निचर उद्योग सञ्चालन गर्न सकिन्छ।
- पर्यटन विकास: निकुञ्ज तथा आरक्षको विकास गरी पर्यटक आकर्षण गर्न सकिन्छ।
- काठसँग सम्बन्धित उद्योग: काठसँग सम्बन्धित विभिन्न उद्योगहरू सञ्चालन गर्न सकिन्छ।
- पशुपालन: पशुपालनका लागि आवश्यक घाँस उपलब्ध गराउन सकिन्छ।
२. दक्षिण अमेरिकी (Dakshin America Mahadesh) राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन के गर्नुपर्छ? सुझाव प्रस्तुत गर्नुहोस् ।
उत्तर: दक्षिण अमेरिकी राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन निम्न कार्य गर्नुपर्छ:
- खनिजको अन्वेषण र उत्खननको कार्य तीव्रताका साथ गर्नुपर्छ।
- खनिजसँग सम्बन्धित उद्योगधन्दा स्थापनामा जोड दिनुपर्छ।
- अन्य महादेशमा उच्च माग भएका वस्तुको निर्माण गरी निर्यातमा जोड दिनुपर्छ।
३. दक्षिण अमेरिकी मानिसको जीवनशैली किन मौलिक नभई युरोपको प्रभाव रहेको छ? कारण दिनुहोस् ।
उत्तर: दक्षिण अमेरिका (Dakshin America Mahadesh) लामो समयसम्म युरोपेली उपनिवेशबाट गुज्रिएको थियो। कोलम्बसले अमेरिका पत्ता लगाएपछि युरोपबाट स्पेनिस र पोर्चुगालीहरू बसाइँ सरी दक्षिण अमेरिका पुगेका थिए। उनीहरूले दक्षिण अमेरिकाका आदिवासीलाई परास्त गरी त्यहाँको ‘इन्का सभ्यता’ लोप गराए र आफ्नो सभ्यता तथा शासन स्थापित गरे। त्यसैले दक्षिण अमेरिकी मानिसको जीवनशैली मौलिक नभई युरोपको प्रभाव रहेको छ।
४. नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबीच प्राकृतिक र आर्थिक क्षेत्रका समानता र भिन्नता छुट्याउनुहोस् ।
उत्तर: नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबीचको प्राकृतिक र आर्थिक क्षेत्रका समानता र भिन्नताहरू निम्न छन्:
समानताहरू: दक्षिण अमेरिकामा सबैभन्दा लामो एन्डिज पर्वत शृङ्खला भएजस्तै नेपालमा पनि लामो हिमालय शृङ्खला रहेको छ। दक्षिण अमेरिकामा अमेजन बेसीमा विस्तृत क्षेत्रमा फैलिएको जङ्गल भएजस्तै नेपालमा पनि चारकोसे झाडी रहेको छ। दक्षिण अमेरिकामा विभिन्न खानी भएजस्तै नेपालमा पनि विभिन्न खानीहरू रहेका छन्। पशुपालन, खनिज उत्खनन, पर्यटन आदिबाट दक्षिण अमेरिकाले उन्नति गरेजस्तै नेपालले पनि कृषि, पशुपालन, खनिज उत्खनन र पर्यटनबाट फाइदा लिन सक्छ।
भिन्नताहरू: दक्षिण अमेरिकी राष्ट्रहरू प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै आर्थिक समृद्धि हासिल गरिरहेका छन्, तर नेपालले भने प्राकृतिक स्रोतसाधनको सही सदुपयोग गर्न सकिरहेको छैन। त्यस्तै, दक्षिण अमेरिकी राष्ट्रले खेल पर्यटनको समेत विकास गरी पर्यटनको विकास गरेका छन्। नेपालमा पनि खेल पर्यटनको सम्भावना हुँदाहुँदै पनि विकास हुन सकेको छैन। पशुपालन, भेडा पालन जस्ता व्यवसायबाट दक्षिण अमेरिकाले राम्रो आर्थिक प्रगति हासिल गरेको छ। कृषि प्रधान राष्ट्र भएर पनि नेपालले कृषिको विकास गर्न सकेको छैन। झन्डै उस्तै-उस्तै आर्थिक अवस्था भए पनि नेपालभन्दा दक्षिण अमेरिका निकै अगाडि बढ्ने क्रममा छ।
Next Chapter
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us