Complete Guide to Gharelu Hinsa (घरेलु हिंसा) | Class 10 Social Notes
An overview of Gharelu Hinsa (घरेलु हिंसा) notes for SEE Class 10 Social Studies

एकाइ ४: सामाजिक समस्या र समाधान (Samajik Samasya ra Samadhan)

पाठ ३: घरेलु हिंसा (Gharelu Hinsa)

१. घरेलु हिंसा (Gharelu Hinsa) भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।

उत्तर: घरेलु हिंसा (Gharelu Hinsa) भनेको परिवारभित्र परिवारकै सदस्यले अर्को सदस्यमाथि गर्ने शारीरिक, मानसिक, आर्थिक तथा यौनिक दुर्व्यवहार हो। यस्ता आनीबानी, बोलीवचन, मर्यादा, हकअधिकार, पहुँच लगायतका विषयलाई लिएर घरपरिवारभित्र परिवारका सदस्यमाथि हुने नकारात्मक व्यवहार, दबाब, कुटपिट आदि लाई घरेलु हिंसा भनिन्छ। दाइजो नल्याएको वा कम ल्याएको निहुँमा पिट्नु, जिउँदै आगो लगाइदिनु, छोरीलाई राति ढिलो आएको भनी दुर्व्यवहार गर्नु आदि यसका उदाहरण हुन्।

२. घरेलु हिंसा (Gharelu Hinsa) बाट बच्न र बचाउन तपाईंले गर्नसक्ने कार्यको सूची तयार पार्नुहोस्।

उत्तर: घरेलु हिंसाबाट बच्न र बचाउन मैले गर्नसक्ने कार्यहरू निम्न छन्:

  • समान व्यवहार: सबैलाई समान र सम्योजिन गरी सबैको विचारको सम्मान गर्ने।
  • अनुशासन: सभ्य बन्ने र अनुशासनमा रहने।
  • एकिबद्धता: हिंसाविरुद्ध एकताबद्ध भई प्रतिकार गर्ने।
  • सचेतना: सचेतना अभिवृद्धि गर्ने र हिंसाविरुद्ध आवाज उठाउने।

३. घरेलु हिंसा (Gharelu Hinsa) विरुद्ध जनचेतना फैलाउने कुनै दुई नारा लेख्नुहोस्।

उत्तर: घरेलु हिंसा विरुद्ध जनचेतना फैलाउने दुईओटा नाराहरू:

  • घरेलु हिंसा सामाजिक समस्या मात्र होइन, कानुनी अपराध पनि हो।
  • घरेलु हिंसाबाट आफू बचौँ अनि अरूलाई पनि बचाऔँ, सभ्य समाजको निर्माणमा सहयोग पुऱ्याऔँ।

४. “घरेलु हिंसा (Gharelu Hinsa) सामाजिक अपराध हो।” यस भनाइलाई आफ्ना तर्कसहित पुष्टि गर्नुहोस्।

उत्तर: आदर्श र सभ्य समाजको निर्माण गर्न घरेलु हिंसा बाधक बनेको हुन्छ। घरेलु हिंसा असभ्य र मानवीय क्रूरताको परिचायक पनि हो। घरेलु हिंसाले व्यक्ति र परिवारलाई मात्र होइन, समाज र राष्ट्रलाई नै नकारात्मक असर पारिरहेको हुन्छ। यसले स्वतन्त्रता र मानवताको खिल्ली उडाइरहेको हुन्छ। यसको कारणले गर्दा समाजमा लागु पदार्थको सेवनमा वृद्धि हुने, आत्महत्या बढ्ने, शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने, पारिवारिक बेमेलको स्थिति सिर्जना हुने, सामाजिक कलह सिर्जना हुने, बालबालिकामा असर पर्ने जस्ता समस्या आउँछन्। घरेलु हिंसालाई कानुनले समेत प्रतिबन्ध लगाएको छ। तसर्थ, घरेलु हिंसा एक गम्भीर सामाजिक अपराध हो

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top