class 11 Social Unit 2-Chapter 5 | इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग (Internet ra Samajik Sanjalko Uttardayi Prayog)-जीवनोपयोगी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू
An overview of Internet ra Samajik Sanjalko Uttardayi Prayog (Responsible Use of Internet and Social Networks) notes for NEB class 11 Social Studies

एकाइ २: जीवनोपयोगी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू (Jivanupayogi Sipko Rupma Digital Sipharu tatha Samanya Anusandhan Sipharu)

पाठ ५: इन्टरनेट र सामाजिक सञ्जालको उत्तरदायी प्रयोग (Internet ra Samajik Sanjalko Uttardayi Prayog)

Internet ra Samajik Sanjalko Uttardayi Prayog

१. साइबर नैतिकता भनेको के हो?

उत्तर: साइबर नैतिकता (Cyber Ethics) भन्नाले कम्प्युटर र इन्टरनेटको प्रयोग गर्दा यससम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ। साइबर नैतिकता इन्टरनेट र सामाजिक सञ्जालमा गरिने असल व्यवहार हो।

२. साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरू उल्लेख गर्नुहोस्।

उत्तर: साइबर नैतिकता इन्टरनेट र सामाजिक सञ्जालमा गरिने असल व्यवहार हो। हामीले कसैलाई धोका हुने, नोक्सान पर्ने वा प्रतिष्ठामा आँच आउने काम गर्नुहुँदैन। कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट आदिको प्रयोग गरी सूचना, सफ्टवेयर, वा कुनै पनि व्यक्तिगत वा सामूहिक रेकर्डहरू चोरी गर्नु, बिगारी दिनु वा कम्प्युटर भाइरसको प्रयोग गर्नुहुँदैन। यो एक अन्तर्राष्ट्रिय नियम नै हो। साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरू यसप्रकार रहेका छन्:

  • अरूका फाइल वा रेकर्डहरू खोज्नु, हेर्नु, बिगार्नु, हटाउनु, कपी गर्नु वा प्रयोग गर्नु।
  • अरूको कम्प्युटर पासवर्ड चोर्नु र प्रयोग गर्नु।
  • ग्राहकहरूको व्यक्तिगत बैंक खाता हेर्नु, चोर्नु, बिगार्नु, डिजिटल सही चोर्नु र प्रयोग गर्नु।
  • भाइरस बनाएर प्रयोग गर्नु।
  • कम्प्युटरको गोपनीयता भङ्ग गर्नु।

३. साइबर अपराधबाट बच्न तपाईं के-के कुरामा सचेत हुनुहुन्छ? सचेतताका उपायहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस्।

उत्तर: आजको विश्व सूचना प्रविधिको युगमा भएकाले सामाजिक सञ्जाल प्रयोग नगर्ने भन्ने कुरा सम्भव त होला तर व्यावहारिक हुँदैन। त्यसैले हामीले सामाजिक सञ्जालमा हुने साइबर अपराध (Cyber Crime) बाट बच्नका लागि निम्न लिखित सावधानीहरू अपनाउनुपर्दछ:

  • सञ्जालमा राम्रो प्रतिष्ठा प्राप्त गर्न प्रयत्न गर्ने, नराम्रो भाषा वा विषयवस्तुले आफैँलाई हानी पुर्‍याउने भएकाले यस्ता कार्यमा सचेत रहने।
  • कुनै स्टाटस वा कमेन्ट पोस्ट गर्नु पहिले यसले पार्ने असरबारेमा राम्ररी सोचविचार गर्ने।
  • आफ्नो गोप्य कुरा गोप्य नै राख्ने, सञ्जालमा पोस्ट नगर्ने।
  • कुनै पनि क्षेत्र वा संघसंस्थामा रहेका व्यक्तिगत वा सामूहिक रेकर्डहरू बिना अनुमति नहेर्नु, नसच्याउनु, नचोर्नु र नबिगार्नु।
  • विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन नगर्नु।

४. सामाजिक सञ्जालका फाइदाहरू उल्लेख गर्नुहोस्।

उत्तर: कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरू आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल (Social Media) भनिन्छ। ट्विटर, फेसबुक, युट्युब, भाइबर आदि यसका उदाहरण हुन्। हरेक व्यक्तिले हरेक क्षेत्रमा प्रयोग गर्न सक्ने सरल प्रविधि भएकाले यो अहिले मानिसको जीवनसाथी जस्तै बनेको छ। सामाजिक सञ्जालका फाइदाहरू यसप्रकार रहेका छन्:

  • सूचना आदानप्रदान छिटोछरितो गर्न सकिने।
  • घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने।
  • कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने।
  • घरमै बसेर खरिदबिक्री गर्न सकिने।
  • आफ्ना विचार, भावना राख्न सजिलो हुने।

थप जानकारी तथा साइबर सुरक्षाबारे बुझ्न:

नेपाल प्रहरी साइबर ब्युरो

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top