class 11 Social Unit 7-Chapter 3 | जाति, जनजाति (Jati, Janajati)-सामाजिक पहिचान, विविधता र वर्ग विभाजन
An overview of Jati, Janajati (Caste, Ethnicity) notes for NEB class 11 Social Studies

एकाइ ७: सामाजिक पहिचान, विविधता र वर्ग विभाजन

पाठ ३: जाति, जनजाति

यस पाठमा हामीले जाति र जनजाति (Jati ra Janajati) को अवधारणा र नेपालको सामाजिक संरचनामा यसको महत्त्वबारे अध्ययन गर्नेछौँ। नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो, जहाँ विभिन्न जातजाति र समुदायका मानिसहरू एकता र सद्भावका साथ बसोबास गर्छन्। यो विविधता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव हो।

Jati, Janajati

१. ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: क्षेत्रफलको हिसाबले नेपाल विश्वको मध्यम आकारको मुलुक मानिन्छ। यद्यपि, नेपाल विविधताले भरिपूर्ण छ। नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ। यसर्थ, नेपाल बहुजातीय, बहुभाषिक, धार्मिक र सांस्कृतिक देश हो। क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङ जस्ता जनसंख्याको आकारका हिसाबले ठूला जनजाति लगायतका १२५ जातजातिका मानिसहरू यहाँ बस्छन्। उनीहरूको मातृभाषाको रूपमा आ-आफ्नै भाषा छन्। भनिएको पनि छ- “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो।”

यहाँ १० भन्दा बढी धर्म मान्ने मानिसहरू बस्छन्। हिन्दु धर्म मान्ने मानिसहरू शिव, दुर्गा आदिको पूजा गर्छन्। बौद्ध धर्मका अनुयायीहरूले भगवान बुद्धलाई पूजा गर्छन्। इस्लाम धर्म मान्नेहरूले ईश्वरलाई अल्लाह भन्दछन्। इसाई धर्म मान्नेहरू चर्चमा गएर क्राइस्टको प्रार्थना गर्दछन्। किरात धर्म मान्नेहरू पारुहाङ र सुम्निमालाई मान्दछन्।

नेपाल संस्कृतिमा धनी राष्ट्र हो। बहुभाषी, बहुजाति र बहुधर्मका मानिसका आ-आफ्नै भेषभुषा र संस्कृति छन्। व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बनेको हुन्छ। समाजभरि विभिन्न धर्म, पेसा, जातजाति, संस्कृति, भाषाभाषी, भेषभुषा, खानपान, रहनसहन, चाडपर्व, उत्सव आदि भएका मानिसहरू बसोबास गर्दछन्।

यिनै विविधताले नै नेपाललाई विश्वमै पृथक एवं मौलिक पहिचानका रूपमा स्थापित गरेको छ। विश्वमा नेपाल सगरमाथाको देश, भगवान गौतमबुद्धको देश, वीरहरूको देश, शान्तिको भूमि, र मन्दिरैमन्दिरको देशका नामले पनि चिनिन्छ। विश्व सम्पदा सूचीमा नेपालका दश स्थान समावेश छन्। यी ऐतिहासिक, सांस्कृतिक, र पर्यटकीय सम्पदाले हाम्रो राष्ट्रिय एकतालाई थप मजबुत बनाएको छ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्नमा योगदान दिएको छ।

२. समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस्।

उत्तर: समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरू यसप्रकार रहेका छन्:

  • विभिन्न संस्कृतिहरूको बीच सहिष्णुता र समझदारीको विकास गर्दछ।
  • विभिन्न समुदायका मानिसहरूको साझा अनुभवले देशलाई समृद्ध बनाउँदछ।
  • विभिन्न व्यवसायको वृद्धिको माध्यमबाट हाम्रो अर्थतन्त्रको लागि आर्थिक अवसर सिर्जना गर्दछ।
  • विविध सांस्कृतिक दृष्टिकोणको रचनात्मकता र नवीनताबाट नयाँ आविष्कार गर्न प्रेरित गर्दछ।
  • जातीय र क्षेत्रीय विविधताका कारण देशमा पर्यटन क्षेत्रको विकास हुन्छ, जसले गर्दा देशमा आर्थिक वृद्धि हुन्छ।
  • अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान र सम्बन्ध विस्तार गर्न मद्दत पुग्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top