Class 10 Social Notes | Manav Bechbikhan (मानव बेचबिखन) – Unit 4
An overview of manav bechbikhan notes for SEE Class 10 Social Studies

एकाइ ४: सामाजिक समस्या र समाधान (Samajik Samasya ra Samadhan)

पाठ १: मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या (Manav Bechbikhan)

१. मानव बेचबिखन (manav bechbikhan) भनेको के हो ? यसबाट बच्न के के गर्नुपर्ला ?

उत्तर: कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधानविपरीत मानिसका अङ्ग झिक्ने कामलाई मानव बेचबिखन (manav bechbikhan) भनिन्छ। चेलीबेटी बेचबिखन, बालबालिका बेचबिखन र मानव अङ्ग बेचबिखन जस्ता कार्य विशेष गरेर मानव बेचबिखन अन्तर्गत पर्दछन्। यो पहिलो १०% सामग्री हो जहाँ manav bechbikhan बारे चर्चा गरिएको छ। यसबाट बच्न निम्न कार्य गर्न सकिन्छ :-

  • व्यक्ति स्वयम् सचेत बन्नुका साथै अभिभावकको रेखदेख तथा शिक्षा र सञ्चार क्षेत्रको भूमिका सकारात्मक हुनुपर्छ।
  • सरकारी, सामुदायिक र गैरसरकारी संगठनहरूको सहयोग र समन्वय बढाउने।
  • कडा कानुनी प्रबन्ध र कार्यान्वयनको व्यवस्था गर्ने।
  • बालबालिकाका लागि शिक्षाको अवसर र अभिभावकको सचेतना वृद्धि गर्ने।
  • गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी बनाउने, गैरकानुनी रूपमा अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन हुन नदिने।

२. नेपालमा मानव बेचबिखन (manav bechbikhan) विरुद्ध सरकारी तथा गैरसरकारी संगठनहरूले गरेका प्रयासले कस्ता उपलब्धि हासिल भएका छन्, लेख्नुहोस्।

उत्तर: नेपालमा मानव बेचबिखन विरुद्ध सरकारी तथा गैरसरकारी संगठनहरूले विभिन्न प्रयास गरेका छन्। नेपाल प्रहरी, महिला तथा बालबालिका मन्त्रालय, राष्ट्रिय महिला आयोग, जि.स.स, गुप्तचर निकाय जस्ता सरकारी निकायले मानव बेचबिखनका विरुद्ध कार्य गरिरहेका छन्। त्यसैगरी माइती नेपाल, दिदीबहिनी जस्ता सङ्घसंस्थाहरू पनि यस कार्यमा संलग्न भई कार्य गरिरहेका छन्। यस्ता सरकारी तथा गैरसरकारी संस्थाले गरेका प्रयासबाट धेरै उपलब्धि हासिल भएका छन्, ती मध्ये केही निम्न छन् :-

  • एकल बेचबिखनका कार्यमा कमी आएको छ।
  • मुक्ति, पुनर्स्थापना जस्ता कार्य तीव्रताका साथ अघि बढेका छन्।
  • उनीहरूका लागि सीपमूलक र आयआर्जनका कार्यक्रम सञ्चालन गरिएका छन्।
  • चेतनामूलक कार्य भई चेतनास्तरमा वृद्धि भएको छ।

३. मानव बेचबिखन (manav bechbikhan) बाट व्यक्ति र समाजमा पर्ने प्रभावहरूको सूची बनाउनुहोस्।

उत्तर: मानव बेचबिखनबाट व्यक्ति र समाजमा पर्ने असरहरू निम्न छन् :-

  • व्यक्तिमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्या प्रकट हुन सक्छन्।
  • आफ्नो इच्छा वा चाहनाविपरीत काम गर्नमा बाध्य हुन सक्छन्।
  • विभिन्न रोगको संक्रमण बढ्न सक्छ।
  • समाजमा नकारात्मक प्रभाव पार्न सक्छ।
  • डरको वातावरणमा रहन आवश्यक हुन सक्छ।
  • मानव सभ्यतामा प्रश्न उत्पन्न हुन सक्छ।
  • व्यक्तिगत स्वतन्त्रताको कमी हुन सक्छ।

४. नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन्। यस्तो तस्करी केका लागि हुने गर्छ? खोजी गरी यस्तो समस्या निराकरण गर्न कसले के के गर्नुपर्छ, लेख्नुहोस्।

उत्तर: नेपालबाट विभिन्न राष्ट्रहरूमा वैदेशिक रोजगारीका नाममा मानव तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सञ्जालमा नेपालीहरू पनि नराम्रोसँग फसेका देखिन्छन्। यस्तो तस्करीको कारण विशेष गरी सोझासाझा व्यक्तिहरूलाई फसाएर अवैधानिक तवरले धेरै पैसा कमाउनु रहेको देखिन्छ। यस्तो तस्करी हुने अन्य कारण निम्न छन्:

  • श्रमशोषण गर्ने
  • वेश्यावृत्तिमा लगाउने
  • जोखिमयुक्त कार्य गर्न लगाउने
  • अङ्ग झिक्ने
  • घरेलु कामदारका रूपमा राख्ने
  • माग्न लगाउने।

यस्तो कार्य निराकरण गर्दा व्यक्ति, समाज, स्थानीय तह, सरकारी र गैरसरकारी संस्थाहरूको महत्त्वपूर्ण भूमिका छ। उदाहरणका रूपमा:-

  • सामुदायिक, सरकारी र गैरसरकारी संस्थाहरूले समन्वय र सहकार्य बढाउनका लागि एक साथ मिलेर काम गर्दछन्।
  • चेतनामूलक कार्यक्रम सञ्चालन गरी चेतनास्तर बढाउने।
  • व्यक्ति स्वयम् नै सचेत रहने।
  • शंकास्पद गतिविधिप्रति सचेत बन्ने।
  • अपराधीलाई कडा कारबाहीको प्रबन्ध मिलाउने।
  • दोषीलाई कसैले पनि संरक्षण नगर्ने।
  • सामाजिक समस्या र विकृतिसम्बन्धमा स्थानीय तह र वडाले योजना बनाई काम गर्ने।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top