class 11 Social Unit 11-Chapter 7 | मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन (Mitavyayi Jivanshaili ra Aarthik Vyavasthapan)-स्वास्थ्य सेवा र सामाजिक विकास
An overview of Mitavyayi Jivanshaili ra Aarthik Vyavasthapan (Frugal Lifestyle and Financial Management) notes for NEB class 11 Social Studies

एकाइ ११: स्वास्थ्य सेवा र सामाजिक विकास

पाठ ७: मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन

यस पाठमा हामीले मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन (Mitavyayi Jivanshaili ra Aarthik Vyavasthapan) बारे सिक्नेछौँ। मितव्ययी हुनु भनेको स्रोतसाधनको सही सदुपयोग गर्नु र अनावश्यक खर्च घटाएर भविष्यका लागि बचत गर्नु हो। यो एक महत्त्वपूर्ण जीवनोपयोगी सीप हो जसले व्यक्तिगत र पारिवारिक आर्थिक अवस्थालाई सुदृढ बनाउँछ।

Mitavyayi Jivanshaili ra Aarthik Vyavasthapan

१. मितव्ययी जीवनशैलीको परिचय दिनुहोस्।

उत्तर: स्रोतसाधनको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो। मितव्ययी जीवनशैलीलाई खासगरी आर्थिक मितव्ययिताका कुरासँग जोड्ने गरिन्छ। मुद्रा अर्थात् पैसा एक महत्त्वपूर्ण तर सीमित साधन भएकाले यसको अधिकतम सदुपयोग गर्न जरुरी हुन्छ। हाम्रा असीमित आवश्यकता सीमित धनले एकै पटकमा पूरा गर्न सम्भव हुँदैन। यसका लागि हामीले आवश्यकताको प्राथमिकीकरण गर्नुपर्छ।

प्राथमिकीकरण गर्दा छिटो पूरा गर्नुपर्ने महत्त्वपूर्ण आवश्यकतालाई पहिलो प्राथमिकतामा राखिन्छ र उक्त आवश्यकतालाई पूरा गरिन्छ। सीमित धनलाई अधिकतम सदुपयोग गर्ने, अनावश्यक खर्च नगर्ने, सञ्चय वा बचत गर्ने जस्ता बानीको विकासले मितव्ययी जीवनशैली अपनाउन सहजता प्रदान गर्छ।

मितव्ययी हुनु एउटा जीवन जिउने कला पनि हो। यस्तो कला जानेको व्यक्तिले उसको नजरमा परेका हरेक वस्तुको अर्थपूर्ण उपयोग गर्ने सोच बनाउन सक्छ, उसले आज गरिएको बचत, भोलिका लागि लगानी बनाउन सक्छ। महत्त्वका वस्तु तथा अन्य आवश्यकतालाई समयमै चिन्न सक्छ र तुलनात्मक रूपमा दिगो र बहुआयामिक फाइदा हुने कुरामा ध्यान पुऱ्याउन सक्छ। यस्ता व्यक्तिबाट समाज र राष्ट्रको सामाजिक तथा आर्थिक विकासमा पनि सहयोग पुग्ने गर्दछ।

२. तपाईंले कुन-कुन पक्षमा मितव्ययितालाई व्यवहारमा अवलम्बन गर्दै आउनुभएको छ, उल्लेख गर्नुहोस्।

उत्तर: मितव्ययी जीवनशैली आफैमा एक जीवन उपयोगी सीप हो। यो जीवन उपयोगी शिक्षा पनि हो। मितव्ययी जीवनशैली सहज र सरल जीवनयापनको तरिका हो, आधार पनि हो। यसले तडकभडक एवम् देखासिकीको लागि अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दछ। आफ्नो हैसियत, क्षमता र आम्दानीको सापेक्षतामा जीवन जिउने अभ्यास गर्न उत्साहित गर्दछ।

मैले मितव्ययितालाई व्यवहारमा निम्न प्रकारले अवलम्बन गर्दै आएको छु:

  • बुद्धि र विवेकको प्रयोगमा: कुनै पनि काम गर्नुअघि त्यसको परिणाम र आवश्यकताको विश्लेषण गरेर मात्र निर्णय लिने।
  • अवसर र सम्भावनाहरूको पहिचानमा: उपलब्ध अवसरहरूको अधिकतम फाइदा लिने र नयाँ सम्भावनाहरू खोज्ने।
  • सामाजिक संस्कार र चाडपर्वहरूमा: चाडपर्वहरू मनाउँदा अनावश्यक गतिविधिहरू गर्नुभन्दा पनि आवश्यक पक्षहरूमा मात्र खर्च गर्ने।
  • जीवनशैलीमा: अर्कोतर्फ आरामदायी आवश्यकताहरू पूरा गर्न विलासी जीवनशैली अपनाउनुभन्दा पनि जीवन सहज र सरल बनाउन आवश्यक न्यूनतम कुराहरूमा ध्यान दिने।
  • सामग्री खरिदमा: आवश्यकतालाई सम्बोधन गर्न सक्ने र आर्थिक रूपमा किफायती हुने सामग्रीहरूमा जोड दिने।
  • आवश्यकताको प्राथमिकीकरणमा: अनिवार्य/आधारभूत आवश्यकता, आरामदायी आवश्यकता तथा विलासिताको आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा सन्तुलन कायम गर्ने।
  • आर्थिक सन्तुलनमा: आफ्नो क्षमता, हैसियत र आवश्यकताबीच सन्तुलन कायम गर्दै आर्थिक व्यवस्थापन गर्ने।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top