class 11 Social Unit 10-Chapter 1 | नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू (Nepalko Arthantantraka Aadhar ra Visheshtaharu)-अर्थतन्त्र र विकास
An overview of Nepalko Arthantantraka Aadhar ra Visheshtaharu (Bases and Characteristics of Nepal's Economy) notes for NEB class 11 Social Studies

एकाइ १०: अर्थतन्त्र र विकास

पाठ १: नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू

यस पाठमा हामीले नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू (Bases and Characteristics of Nepal’s Economy) बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। नेपालको अर्थतन्त्र कृषि, विप्रेषण (remittance), र पर्यटनमा आधारित छ। यद्यपि, यहाँ विकासका प्रचुर सम्भावनाहरू हुँदाहुँदै पनि विभिन्न संरचनात्मक कमजोरीहरूले गर्दा अपेक्षित आर्थिक वृद्धि हासिल हुन सकेको छैन।

Nepalko Arthantantraka Aadhar ra Visheshtaharu

१. धेरै आर्थिक विकासको प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको देखिँदैन। यसका कारणहरू पहिचान गर्नुहोस्।

उत्तर: धेरै आर्थिक विकासका प्रयासका बाबजुद पनि नेपालको अर्थतन्त्रले गति लिन नसकेका कारणहरू यसप्रकार छन्:

  • नेपालको अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या र कमजोरी रहनु।
  • अर्थतन्त्रमा लगानीको आधार न्यून हुनु।
  • नेपालको श्रम बजार बेरोजगारी र सीपयुक्त जनशक्तिको अभावको विरोधाभासपूर्ण अवस्थामा रहनु।
  • उत्पादनमूलक क्षेत्रको संकुचनसँगै रोजगारीका अवसरहरू कुण्ठित हुँदै जानु।
  • उद्योग क्षेत्र प्रतिस्पर्धी बन्न नसक्नु।
  • कमजोर पूर्वाधारका कारणले आर्थिक क्रियाकलापहरू संकुचित हुनु।
  • भौतिक पूर्वाधार विकासमा सरकारसँगै निजी क्षेत्रको क्षमता पनि कमजोर हुनु।
  • बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार, नातावाद र कृपावाद आदि।
  • कृषिमा आधारित जनसंख्या, विप्रेषण (Remittance) मा आधारित अर्थतन्त्र, गरिबी, र भूपरिवेष्ठित अवस्थाले आर्थिक विकासमा बाधा पुऱ्याउनु।
  • राष्ट्रिय आयको असमान वितरण, असन्तुलित क्षेत्रीय विकास, र प्राकृतिक स्रोतको अल्प उपयोग हुनु।

२. नेपालको अर्थतन्त्रका सबल र कमजोर पक्षहरू पहिचान गरी नेपालको अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू लेख्नुहोस्।

नेपालको अर्थतन्त्रका सबल पक्षहरू:

  • सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै समृद्धिको आधार निर्माण गर्ने अवसर।
  • गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने सम्भावना।
  • सामाजिक-आर्थिक रूपान्तरण तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हित संरक्षण गर्ने अवसर।

नेपालको अर्थतन्त्रका कमजोर पक्षहरू:

  • अर्थतन्त्रमा दीर्घकालीन संरचनात्मक समस्या र कमजोरीहरू रहनु।
  • लगानीको आधार न्यून हुनु र पुँजीगत खर्चको आकार सानो रहनु।
  • राजस्वले चालु खर्च धान्न नसक्ने स्थिति हुनु।
  • वास्तविक कुल गार्हस्थ्य उत्पादन (GDP) को आकार कम आँकलन गरिनु।
  • आर्थिक वृद्धिको न्यायिक वितरण नहुनु।
  • उत्पादनमूलक क्षेत्रको संकुचनले रोजगारीका अवसरहरू घट्दै जानु।

अर्थतन्त्रलाई सुदृढ गर्ने उपायहरू:

  • तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने।
  • सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने।
  • आन्तरिक तथा अन्तरदेशीय अन्तर-आबद्धता एवम् दिगो सहर/बस्ती विकास गर्ने।
  • उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने।
  • गरिबी निवारण र आर्थिक-सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने।
  • प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने।
  • सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्बर्द्धन गर्ने।

थप जानकारीका लागि आधिकारिक स्रोतहरू:

अर्थ मन्त्रालय, नेपाल नेपाल राष्ट्र बैंक

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top