एकाइ ५: नागरिक चेतना (Nagarik Chetana)
पाठ ३: न्यायपालिका (Nyayapalika)
यस पाठमा पढ्नुहोस्
१. न्यायपालिका (Nyayapalika) को परिचय दिनुहोस्।
उत्तर: राज्यका तीन अङ्गमध्ये न्याय सम्पादन गर्ने एक महत्त्वपूर्ण अङ्ग न्यायपालिका (Nyayapalika) हो। कानुनको व्याख्या गरी वैधता स्थापित गर्ने, न्यायिक पुनरावलोकन गर्ने, मानव अधिकारको संरक्षण गर्ने, कानुन उल्लङ्घन गर्नेलाई सजाय दिने, र कानुनको संरक्षण गर्ने लगायतका कार्यहरू न्यायपालिकाले गर्दछ। नेपालको न्यायसम्बन्धी अधिकार अदालत वा न्यायिक निकायबाट प्रयोग हुने व्यवस्था रहेको छ।
२. सर्वोच्च अदालतमा कति जना न्यायाधीश रहन्छन्?
उत्तर: सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जना न्यायाधीश रहन्छन्।
३. न्यायपालिकाका (Nyayapalika) प्रमुख कामको सूची बनाउनुहोस्।
उत्तर: न्यायपालिकाका प्रमुख कार्यहरूलाई निम्नानुसार सूचीकृत गर्न सकिन्छ:
- अधिकार र स्वतन्त्रताको संरक्षण: संविधान प्रदत्त नागरिकका अधिकार र स्वतन्त्रताको रक्षा गर्ने तथा अधिकार हनन भएमा त्यसको सुरक्षा प्रदान गर्ने।
- न्यायिक कार्य: प्रचलित कानुनको प्रयोग गरी न्याय प्रदान गर्ने, न्याय सम्पादन र अपराध नियन्त्रण गर्ने, साथै देवानी र फौजदारी मुद्दाहरूको फैसला गर्ने।
- कानुनको व्याख्यासम्बन्धी कार्य: कानुनको अर्थ स्पष्ट पार्ने र कानुनी शब्दहरूको स्पष्टताका लागि निर्देशिका जारी गर्ने।
- परामर्शसम्बन्धी कार्य: जटिल कानुनी प्रश्न र संवैधानिक समस्याहरूमा सल्लाह र परामर्श प्रदान गर्ने।
४. सरकारका तीन अङ्गहरूबीचको अन्तरसम्बन्ध देखाउनुहोस्।
उत्तर: राज्यका तीन अङ्गले शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम आ-आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्दछन्। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका (Nyayapalika) आफैँमा स्वतन्त्र अस्तित्व भएका निकाय हुन्। स्वतन्त्र भए तापनि यी तीन अङ्गका बिचमा गहिरो अन्तरसम्बन्ध रहेको छ, जसलाई निम्न बुँदामा स्पष्ट पार्न सकिन्छ:
- व्यवस्थापिकाले कानुन निर्माण गर्छ भने कार्यपालिकाले त्यसको कार्यान्वयन गर्छ, त्यस्तै न्यायपालिकाले उक्त कानुनको व्याख्या गर्दछ।
- कार्यपालिकाको प्रमुख (प्रधानमन्त्री) को चयन व्यवस्थापिकाले गर्छ भने प्रधानन्यायाधीश र न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक परिषद्को अध्यक्षता कार्यपालिका प्रमुखले गर्छन्।
- व्यवस्थापिकाले न्यायाधीशविरुद्ध महाभियोग लगाउन सक्छ भने न्यायपालिकाको आदेश कार्यपालिकाले पालना गर्नुपर्ने हुन्छ।
अर्को पाठ
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us