Complete Guide to B.S. 2063 dekhi 2079 sammaka Rajnitik Ghatanikram | Class 10 Social Notes
An overview of B.S. 2063 dekhi 2079 sammaka Rajnitik Ghatanikram notes for SEE Class 10 Social Studies

एकाइ ७: हाम्रो विगत (Hamro Bigat)

पाठ ५: वि.सं. २०६३ देखि २०७९ सम्मका राजनीतिक घटनाक्रम (B.S. 2063 dekhi 2079 sammaka Rajnitik Ghatanikram)

१. संविधान सभाबाट निर्मित संविधान जनमुखी हुन्छ। कसरी? कारण दिनुहोस्।

उत्तर: संविधान सभा जननिर्वाचित प्रतिनिधिहरूको संस्थाका रूपमा रहेको हुन्छ। जनताको चाहनाबमोजिमको लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि यसको गठन भएको हुन्छ। जनताबाट निर्वाचित भएर आउने प्रतिनिधि जनताप्रति इमानदार र वफादार रहने विश्वास गरिन्छ। उनीहरूले जनताको भावनालाई प्रतिनिधित्व गर्दछन्। संविधान निर्माणका विभिन्न तरिका मध्ये यो तरिका सबैभन्दा उत्तम र लोकतान्त्रिक पनि हो। यसरी निर्माण गरिने संविधानमा लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता, मौलिक हक, कानुनी राज्य, राज्यका निर्देशक सिद्धान्त, आवधिक निर्वाचन जस्ता कुराको व्यवस्था गरी जनताको हित हुने व्यवस्था गरिएको हुन्छ। तसर्थ, संविधान सभाबाट निर्मित संविधान जनमुखी हुन्छ।

२. नेपालमा पहिलो संविधान सभाबाट संविधान जारी हुन नसक्नुका कारण के के हुन्? लेख्नुहोस्।

उत्तर: नेपालमा पहिलो संविधान सभाबाट संविधान जारी हुन नसक्नुका कारणहरू निम्न छन्:

  • माओवादी सबैभन्दा ठुलो दल भएको हिसाबले उसले नेतृत्वदायी र सहमतीय भूमिका निर्वाह गर्न नसक्नु।
  • संवैधानिक मूल्य मान्यता, सिद्धान्त, प्रस्तावना जस्ता कुरामा सबै दलको सहमति बन्न नसक्नु।
  • विगतमा झैँ दलहरूको अपरिपक्व र दलीय स्वार्थमा आधारित राजनीति हुनु।
  • संविधान निर्माणतिरभन्दा सरकार निर्माणतिर बढी ध्यान केन्द्रित गर्नु।

३. नेपालमा गणतन्त्र स्थापनाका कारणहरू के के हुन्? लेख्नुहोस्।

उत्तर: नेपालमा B.S. 2063 dekhi 2079 sammaka Rajnitik Ghatanikram को अध्ययन गर्दा गणतन्त्र स्थापनाका कारणहरू निम्न देखिन्छन्:

  • राजाबाट पटक पटक प्रजातन्त्रको अपहरण गर्ने काम हुनु।
  • राजतन्त्रको समयमा देशले आर्थिक लगायतका उन्नति हासिल गर्न नसक्नु र अपेक्षाकृत विकास नहुनु।
  • माओवादी युद्धलाई शान्तिपूर्ण राजनीतिमा ल्याई जनतालाई पूर्ण अधिकारको प्रत्याभूति दिलाउन।
  • वैदेशिक चलखेल बढ्नु।
  • गणतन्त्रबाट मात्र प्रजातन्त्रको पूर्ण प्रत्याभूति हुने भएकाले।

४. वि.सं. २०४६ को जनआन्दोलन र २०६२/६३ को जनआन्दोलनबीचका समानता र भिन्नता लेख्नुहोस्।

उत्तर: वि.सं. २०४६ र २०६२/६३ को जनआन्दोलनबीचका समानता र भिन्नताहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:

समानताहरू:

  • दुवै जनआन्दोलनमा राजनीतिक दलको एकताबद्ध नेतृत्व रहेको।
  • दुवै आन्दोलन राजाको सक्रिय शासनका विरुद्धमा भएको।
  • दुवै आन्दोलनमा जनताको ठुलो समर्थन रहेको।
  • दुवै आन्दोलन प्रजातन्त्रको लागि भएको।

भिन्नताहरू:

  • दुवै आन्दोलनको पृष्ठभूमि फरक रहेको।
  • पहिलो जनआन्दोलनमा बहुदलीय व्यवस्थाको पुनःस्थापनाको मात्र माग गरिएको थियो भने दोस्रो जनआन्दोलनमा पूर्ण लोकतन्त्रको माग गरिएको थियो।
  • पहिलो जनआन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित गरेको थियो भने दोस्रो जनआन्दोलनले गणतन्त्र स्थापनाको आधार तयार पारेको थियो।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top