Complete Guide to B.S. 2046 dekhi 2063 sammaka pramukh rajnitik abhyas | Class 10 Social Notes
An overview of 2046 dekhi 2063 sammaka pramukh rajnitik abhyas notes for SEE Class 10 Social Studies

एकाइ ७: हाम्रो विगत (Hamro Bigat)

पाठ ४: वि.सं. २०४६ देखि वि.सं. २०६३ सम्मका प्रमुख राजनीतिक अभ्यास (B.S. 2046 dekhi B.S. 2063 sammaka pramukh rajnitik abhyas)

१. मध्यावधि निर्वाचन भनेको के हो?

उत्तर: सामान्यतया आमनिर्वाचन प्रत्येक पाँच-पाँच वर्षमा हुने गर्दछ। यदि कुनै कारणवश पाँच वर्ष नपुगी सो समयभन्दा अगाडि नै निर्वाचन गराउनु परेमा त्यस्तो निर्वाचन नै मध्यावधि निर्वाचन हो। नेपाली काँग्रेसको आन्तरिक कलहका कारणले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरी वि.सं. २०५१ कार्तिक २९ मा मध्यावधि निर्वाचन गराएका थिए। यो अभ्यास (2046 dekhi 2063 sammaka pramukh rajnitik abhyas) को एक महत्त्वपूर्ण घटना थियो।

२. वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख आर्थिक तथा सामाजिक उपलब्धिका सूची तयार गर्नुहोस्।

उत्तर: वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख आर्थिक तथा सामाजिक उपलब्धिहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:

आर्थिक उपलब्धिहरू:

  • कलकारखानाहरूको निजीकरण गरियो।
  • बैंक र वित्तीय संस्थाहरूको विकास र विस्तार तीव्र गतिमा भयो।
  • सूचना तथा सञ्चारको क्षेत्रमा उल्लेख्य प्रगति भयो।
  • अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता र प्रभावमा वृद्धि भयो।

सामाजिक उपलब्धिहरू:

  • जनताको राजनीतिक चेतनास्तरमा अभिवृद्धि भयो।
  • अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने धारणाको विकास भयो।
  • शैक्षिक संस्थाहरूको स्थापना र विकास हुनुका साथै साक्षरतादरमा वृद्धि भयो।
  • समावेशी र सामाजिक न्यायमा आधारित शासन व्यवस्थाको प्रारम्भ भयो।
  • द्वन्द्वको अन्त्य भई शान्ति स्थापना, मेलमिलाप, र सहकार्यको वातावरण सिर्जना भयो।

३. “वि.सं. २०६१ माघ १९ को घटना सिर्जना हुनुमा राजनीतिक दल पनि उत्तिकै जिम्मेवार छन्।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।

उत्तर: वि.सं. २०५६ मा भएको आमनिर्वाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको थियो। तर, पार्टीभित्रको आन्तरिक कलहका कारणले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले वि.सं. २०५९ असार ८ गते प्रतिनिधि सभा विघटन गराई मध्यावधि निर्वाचन सिफारिस गरे। माओवादी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन नसकिने भन्दै निर्वाचन सार्न सिफारिस गरेपछि राजाबाट असंवैधानिक कदम चाली प्रत्यक्ष शासन आफ्नो हातमा लिने काम भयो। तसर्थ, वि.सं. २०६१ माघ १९ गतेको राजाको कदम सिर्जना हुनुमा राजनीतिक दल, विशेष गरी नेपाली काँग्रेस, बढी जिम्मेवार रहेको थियो।

४. वि.सं. २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाले गरेको विशेष घोषणाका कुनै चारओटा निर्णय उल्लेख गर्नुहोस्।

उत्तर: वि.सं. २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाले गरेको विशेष घोषणाका चारओटा प्रमुख निर्णयहरू निम्नअनुसार छन्:

  • नेपालको व्यवस्थापिकासम्बन्धी सम्पूर्ण अधिकार प्रतिनिधि सभाबाट प्रयोग गरिने छ।
  • नेपालको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने छ। ‘श्री ५ को सरकार’ का सट्टामा ‘नेपाल सरकार’ प्रयोग गरिने छ।
  • ‘शाही नेपाली सेना’ को नाम परिवर्तन गरी ‘नेपाली सेना’ रहने छ।
  • राजपरिवारको आय र सम्पत्तिमाथि कर लगाइने छ।

५. अल्पमतको सरकार भनेर कस्तो सरकारलाई बुझाउँछ? मनमोहन अधिकारीले किन अल्पमतको सरकार गठन गरेका थिए?

उत्तर: प्रतिनिधि सभाको कुल सिट सङ्ख्याको बहुमत नपुगेको अवस्थाको सरकार अल्पमतको सरकार हो। तत्कालीन व्यवस्थाअनुसार कुनै पनि दलको बहुमत नभएको खण्डमा सबैभन्दा ठूलो दलले सरकार गठन गर्न पाउने व्यवस्था थियो। वि.सं. २०५१ कार्तिक २९ गतेको मध्यावधि निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चुनावमा सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले अल्पमतको सरकार गठन गरेका थिए।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top