विरहिणी दमयन्ती (Virahini Damyanti) – Class 12 Nepali Chapter 2 Complete Exercise & Notes | NEB
Importantedunotes.com

विरहिणी दमयन्ती (Virahini Damyanti)
Chapter 2 Complete Notes

Comprehensive guide with vocabulary, exercises, and detailed analysis of the story ‘विरहिणी दमयन्ती (Virahini Damyanti)’ by Madanmani Dixit for Class 12 NEB.

विरहिणी दमयन्ती (Virahini Damyanti) Class 12 Nepali Notes Chapter 2 Guide

विरहिणी दमयन्ती (Virahini Damyanti): शब्दभण्डार (Vocabulary)

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

संयत ⇒ मर्यादा वा सीमाभित्र रहेको
धूमिल ⇒ स्पष्ट नदेखिने
कर्कोटक ⇒ पुराणप्रसिद्ध आठ नागमध्ये एक
कन्दमूल ⇒ माटामुनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल
किंकर्तव्यविमूढ ⇒ बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्ल परेको
निषाद ⇒ एक प्राचीन जाति
वल्कल ⇒ रुखको बोक्राद्वारा बनेको पोसाक
सैरन्ध्री ⇒ रूपसज्जाको काममा खटिएकी सेविका
शिंशपा ⇒ एक जातको रुख, सिसौ
देहयष्टि ⇒ लौरो झैँ दुब्लो शरीर
दुकूल ⇒ रेसमी पछ्यौरा
सार्थवाह ⇒ व्यापारी लस्करको मुखिया

२. दिइएका अर्थ दिने शब्द पाठबाट खोज्नुहोस् :

  • (क) आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका साना साना नक्षत्रको समूह : तारामण्डल
  • (ख) गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि : यक्ष वा गन्धर्व
  • (ग) बस्न र केही राख्न हुने गरी गाराको सट्टा थाम हाली बनाइएको घरको गाराको बाहिरी भाग : पिँढी
  • (घ) सुसार गर्ने काममा खटिएको : सुसारे
  • (ङ) जनसाधारणको बसोबास भएको ठाउँ : जनपद

३. दिइएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

सुइँकुच्चा ठोक्नु: गोपालले गाउभरिका मानिसहरुको त्रृण खाएर सहरतिर राति नै सुइँकुच्चा ठोकेछ ।

लम्पसार पर्नु: अस्तिसम्म के के न गर्छु भनेर झगडा गरेर हिडने हरि आँज पछुताउँदै गाउँलेसामु लम्पसार परेको छ ।

आँखा लाग्नु: हरि र सिताको जोडीमा दैवको आँखा लागेर होला आज छुट्टिएर बसेका छन् ।

मुख फोर्नु: सधै सहेर बस्ने अनिताले आज सासुसामुहमुख फोरेर चोधाले बुढी अब हेपेको सहिदैन भनिन्छ ।

तातो लाग्नु: वर्षभरि डुलेर समय बिताएपछि परीक्षाको अघिल्लो दिन तातो लागेर के गर्नु ?

तेल लगाउनु: धरान जानका लागि राम बुबालाई तेल लाँउदै छ ।

सोत्तर हुनु: पाक्ने बेलाको मकै बादरले सोत्तर बनाएछ ।

४. दिइएका शब्दको विपरीत अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :

दिन ⇒ रात
दुःखी ⇒ सुखी
उदाइसकेको ⇒ अस्ताइसकेको
पराजय ⇒ विजय
विजित ⇒ अपराजिता
अपमान ⇒ सम्मान
सूर्यास्त ⇒ सूर्योदय
देब्रे ⇒ दाहिने
वियोग ⇒ मिलन

५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :

अनुक्रमअनुसार मिलाइएको :

अधिकृत, आदेश, टिप्पणी, निलम्बन, परिपत्र, फर्सोट, बढुवा, बेरुजु, भरपाई, राजस्व, सरुवा, स्पष्टीकरण

अर्थहरु :

  • अधिकृत : राजपत्राङ्कित वा सो सरहको कर्मचारी, कुनै अड्डा वा कार्यालय आदिको अधिकारप्राप्त व्यक्ति
  • आदेश : कुनै काम कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा
  • टिप्पणी : कठोर र गूढ अर्थको व्याख्या, टीका विशेष कुरा सम्झाउन लेखिने सानो लेख
  • निलम्बन : पद, अधिकार वा दायित्वबाट रोक्का
  • परिपत्र : विचार, सूचना, जानकारी आदिका निम्ति सम्बन्धित व्यक्ति, संस्था वा विभागलाई एकै बेहोरामा पठाइने आधिकारिक पत्र
  • फर्स्योट : लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम, छिनाफाना
  • बढुवा : तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम, पदोन्नती
  • बेरुजु : रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको
  • भरपाई : कसैले अरुबाट कुनै वस्तु बुझी लिएको प्रमाणको रसिद
  • राजस्व : मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन
  • सरुवा : सङ्क्रामक, सर्ने किसिमको
  • स्पष्टीकरण : छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम

बोध र अभिव्यक्ति (Comprehension)

१. ‘विरहिणी दमयन्ती (Virahini Damyanti)’ कथा पढी यसका आदि, मध्य र अन्त्यका मुख्य मुख्य घटना भन्नुहोस् ।

कथाको आदि :

  1. दमयन्ती आफ्ना पति नलको खोजीमा जङ्गलमा एक्लै हिँडिरहनु,
  2. नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती काँधमा बोकेर आफ्नो छाप्रोमा लैजानु,
  3. कर्कोटकले रक्सी खाएर उङ्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु,

मध्य :

  1. जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट भै दुबै तलाउमा बस्नु,
  2. जङ्गली हात्तीको कुल्चाइबाट साथका धेरै व्यक्तिको ज्यान जानु,
  3. सुरुमै रुख चढ्न सफल दमयन्तीसहित दशबाह्र जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु,

अन्त्य :

  1. दमयन्तीले पति नललाई भेट्ने आशामा रुप बदली चेदी जनपद पुग्नु,
  2. चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु,

२. कथा पढी दिइएका प्रश्नको उत्तर दिनुहोस् :

(क) दमयन्ती जङ्गलमा किन एक्लै हिँडिरहेकी हुन् ?

दमयन्ती जङ्गलमा आफ्ना प्रति नलको खोजी गर्दै एक्लै हिँडिरहेकी हुन् ।

(ख) दमयन्तीले यात्रा गरेका मुख्य ठाउँ कुन कुन हुन् ?

दमयन्तीले यात्रा गरेका मुख्य ठाउँहरू कर्कोटक नागहरूको बस्तीमा रहेको नागयुवकको छाप्रो, बस्ती नजिकैको घनघोर जङ्गल, सानो खोला, पद्मसौबन्धिक तलाउ, चेदी जनपद हुन् ।

(ग) जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती कसरी सफल भइन् ?

दमयन्ती एउटा अग्लो रुखमाथि चढेर बसेकाले जङ्गली हात्तीको आक्रमणबाट बच्न दमयन्ती सफल भइन् ।

३. कथा पढी दिइएका घटनालाई क्रम मिलाई लेख्नुहोस् :

  1. आफ्ना पति नलको खोजीमा दमयन्ती जङ्गलमा एक्लै हिँडिरहनु
  2. नागपुरुष कर्कोटकले दमयन्तीलाई जबर्जस्ती बोकेर लैजानु
  3. कर्कोटकले रक्सी खाएर उड्न लागेको मौका छोपी छाप्रामा आगो लगाएर दमयन्ती भाग्न सफल हुनु
  4. जङ्गलको बिचमा दमयन्तीको सार्थवाह शुचिभद्रसित भेट हुनु
  5. शुचिभद्रको सार्थसँगै हिँडेकी दमयन्ती पद्मसौगन्धिक तलाउमा वास बस्नु
  6. जङ्गली हात्तीको कुल्चाइबाट सार्थका धेरै व्यक्तिको ज्यान जानु
  7. रुख चढ्न सफल दमयन्तीसहित दशबाह जना मात्र हात्तीको कुल्चाइबाट बच्न सफल हुनु
  8. दमयन्ती चेदी जनपद पुग्नु
  9. चेदीमा आफ्नै ठुलीआमा सुनन्दाका घरमा पहिचान बदलेर सैरन्ध्रीका रूपमा रही नलसँग मिलनको प्रतीक्षा गर्नु

४. कथामा प्रयुक्त पौराणिक पात्रका नाम भन्नुहोस् र तिनको भूमिका वर्णन गर्नुहोस् ।

नल

निषधका राजा, दमयन्तीको पति, कथामा प्रत्यक्ष भूमिका नभएको

दमयन्ती

रानी, नलकी पत्नी, कथाको मुख्य नारी पात्र, शीर्ष तथा केन्द्रीय भूमिका

पुष्कर

नलको भाइ, दमयन्तीको सपनामा आएको

नागयुवक

कर्कोटक जातिको नाग, नकारात्मक चरित्रमा देखिएको

शुचिभद्र

एक सेठ, सार्थवाह, सहायक भूमिका

सुबाहु

चेदीका राजा, सुनन्दाको पति, प्रत्यक्ष भूमिका नभएको

सुनन्दा

दमयन्तीकी ठुलीआमा, अन्त्यमा सानो भूमिका

५. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) ‘मानिसको परिचय शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिन्छ’ भन्नुको तात्पर्य के हो ?

मनिषको शरीर एक परिवर्तित मुलक वस्तु हो । आज अत्येन्त सुन्दर भएको शरीर भोलि कुरूप हुन पनि सक्छ । मानिसको परिचय उसको शरीर अर्थात् रूपसँग हुँदैन । मानिसको विचार, हृदय सही, सफा हुनु पर्छ । विचार र हृदय सफा भएको व्यक्ति नै असल र महान् हो । दमयन्तीले आफ्नो रूपलाई विकृत बनाए पनि उनको विचार र हृदय सफा थियो । अतः मानिस बाहिरी बोक्रे रूपले नभएर आन्तरिक गुणले उसको परिचय दिलाउँछ भन्नु नै माथिको भनाईको तात्पर्य हो ।

(ख) दमयन्तीले आफ्नो रूप किन बदलेकी हुन् ?

दमयन्तीले नागयुवकजस्ता खराब चरित्रबाट उम्केर भाग्न सफल भएपछि पुनः त्यस्ता व्यक्तिबाट बलजफ्ती गर्न नपाओस्, त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचारले दमयन्तीले आफ्नो रुप वदलेकी हुन् । अतः दमयन्तीले दानवीय प्रवृत्ति भएका विवेकहीन कामुक, दुष्ट प्रवृत्ति भएका तत्ववाट आफ्नो सुरक्षार्थ आफ्नो रुप वदलेकी हुन् ।

६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ?

माथिको अनुच्छेदमा रातीको समयको कालोनिलो आकाशमा विभिन्न तारामण्डलहरूको मनमोहक परिवेश चित्रण गरिएको छ । प्रकृतिको सुन्दर दृश्यले दमयन्तीको सोचलाई सङ्गीतमय बनाएको छ । अतः माथिको अनुच्छेदमा अपूर्व रात्रीकालीन सुन्दर परिवेशका साथै विक्षिप्त मानसिक परिवेशको बेजोड चित्रण गरिएको छ ।

(ख) आकाश र दमयन्तीको हृदयका बिच के समानता छ ?

आकाश र दमयन्ती दुबैको हृदय सुन्दर छ । पातला बादले सुन्दर आकाशलाई धूमिल बनाए जस्तै दमयन्तीको हृदय पनि पीडा र वेदनाले धूमिल बनेएको छ । यसरी आकाश र दमयन्तीको हृदयका बिच धेरै समानता छ ।

८. तलको अनुछेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस :

(क) किन मनलाई कल्पनाको कारक मानिएको हो ?

संसारको कल्पना गर्ने एक मात्र इन्द्रिय भएकाले मनलाई कल्पनाको कारक मानिएको हो ।

(ख) मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य के हो ?

मन नित्य परिवर्तनशील छ भन्नुको तात्पर्य मन कहिल्यै पनि अस्थिर र एकनासको हुदैन हो ।

(ग) आत्मज्ञानीहरूका विचारमा मन र संसारको सम्वन्ध कस्तो छ ?

आत्मज्ञानीहरूका विचारमा संसार भएमा मात्र मन हुने र मन भए मात्र संसार हुने भएकाले मन र संसारको सम्बन्ध घनिष्ठ रहेको छ ।

(घ) मनलाई किन सुख र दुःखको कारण भनिएको हो ?

मानिसलाई सुख र दुःखको अनुभव गराउने मुख्य कार्य नै मनको भएकाले मनलाई सुख र दुःखको कारण भनिएको हो ।

९. बेरोजगारी समाधानका उपाय शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् :

बेरोजगारी समाधानका उपाय

कुनै पनि जागिर, पेशा वा काम गर्ने अबसर नपाएको अवस्था बेरोजगारी हो । नेपालमा बेरोजगारी समस्याको धेरै कारणहरु छन् । पहिलो सरकारले विद्यालय तहमा प्राविधिक शिक्षा दिन सकेको छैन । दोस्रो कारखाना र उद्योगहरु रोजगारीको माग पूरा गर्न राम्रोसँग फस्टाएका छैनन् । अर्को, धेरै मानिसहरु को लक्ष्य सरकारी जागिर मात्र हो, जो पर्याप्त छैन । नेपाल कृषि मा धनी छ, तर धेरै शिक्षित मानिसहरु खेती मा काम गर्न चाहँदैनन् र कृषि क्षेत्र को पर्याप्त विकास छैन । यसबाहेक नेपाल मा पर्यटनको संभावनाहरु धेरै छ जसले रोजगार प्रदान गर्न सक्छ तर पर्यटन राम्रो र सन्तोषजनक ढंगले विकसित भएको छैन । बारम्बार हुने राजनैतिक विकारले कारखानाहरु र कम्पनीहरु लाई विकसित गर्न को लागी हतोत्साहित गरेको छ । नतिजाको रूपमा मानिसहरु नेपालमा जागिर पाउने बारेमा निराश छन् ।

बेरोजगारी को समस्या समाधान गर्नु पर्छ । सबै क्षेत्रका मानिसहरूले यस सन्दर्भमा केहि गर्नै पर्छ । सरकारले विद्यालय स्तरबाट प्राविधिक र व्यावहारिक शिक्षा प्रदान गर्ने नीति बनाउनुपर्छ । यो साँच्चै विद्यार्थीहरुलाई परिपक्व हुँदा उनीहरुको समुदायमा केहि काम गर्नको लागी मद्दत गर्दछ । अर्को मानिसहरुलाई उपकरणहरु प्रधान गरि उनीहरुलाई नयाँ खेती विधिहरुलाई लागू गर्न को लागी सक्षम बनाउन पर्छ । त्यसै गरी, पर्यटन को व्यापक विकास हुनु पर्छ । नेपालमा अवस्थित कारखाना र उद्योगहरुलाई सुधार गर्नु पर्छ र नयाँ उद्योगहरुलाई बदल्न को लागी स्थापित गर्नु पर्छ । युवाहरुलाई अन्य देशहरुमा जानबाट रोक्नु पर्छ र उनीहरुलाई येही केहि प्रकार को रोजगार मा संलग्न गराउनु पर्दछ । यसले जनताको जीवनस्तर बढाउनेछ र अप्रत्यक्ष रुपमा धेरै रोजगारी सृजना हुनेछ ।

बेरोजगारी को समस्या जनता र राष्ट्र को आर्थिक बृद्धि को बिरुद्ध छ । एक व्यक्ति को प्रयास वा एक समुदाय को प्रयास वा मात्र सरकार को प्रयासले यो भयानक समस्याको समाधान पर्याप्त छैन । सबैले समाजमा रोजगारी सृजना गर्न को लागी केहि गर्नु पर्छ । तब मात्र युवा शक्ति राष्ट्रको विकासमा उपयोग हुन्छ । साथै नेपाल सरकारले बेरोजगारी समस्यामा ध्यान दिनुपर्छ र नेपालमा बेरोजगारी समस्या नियन्त्रण र न्यूनीकरण गर्न उचित र प्रभावकारी नीति बनाउनु पर्छ ।

विवेचना र समीक्षा

७. (क) ‘नारी प्रेम र संघर्षका प्रतिमूर्ति हुन्’ यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् ।

बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती (Virahini Damyanti)’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।

कर्कोटक नाघहरुको घनघोर जङ्गलको छाप्रोमा छोडेर पति नल हिँडेपछि दमयन्ती आफ्ना प्राणप्रिय पतिलाई खोज्न हिँड्छिन् । दमयन्तीले नलसित आनन्दित र सुखी जीवन बिताएकी थिइन् । नल हराएपछि आफुसँग नल छैनन् भन्ने कुरामा उनी विश्वास नै गर्न सकिरहेकी थिइनन् । दमयन्तीले उक्त घनघोर जङ्गलको सुगन्धमा, प्रत्येक फूल र हरिया पातमा, वनमा देखिने चराचुरुङ्गी, मृग र पशुहरुमा नलकै रूप देख्थिन् । मलाई यसरी दुःखित नतुल्याऊ, मबाट लुकेर नवस भन्दै बोटविरुवासँग, फूल र लहरासँग रुँदै पुकार गर्दै दमयन्ती हिँडिरहन्छिन् । नलसँग भएको वियोगले गर्दा उनको हृदय भस्मीभूत हुँदै गएको थियो । साँच्चै नै उनले नललाई आफ्नो प्राण भन्दा पनि बढि माया गर्थिन तर परिस्थितिले उनीहरुलाई टाढा बनाएको थियो । नलको खोजीमा दमयन्ती भोकी, अर्धनान, विचित र शिथिल भइसकेकी थिइन् । कर्कोटकले जवरजस्ती वोकेर आफ्नो छाप्रोमा लाँदा युक्तिपूर्वक उम्कन सफल हुन्छिन् । तीन दिनसम्म जङ्गलमा विह्वल हुँदै हिँडेकी दमयन्ती निषाद र नागको वस्ती देख्दा कुरुप र वौलाही ठानी पुनः कसैको आक्रमण नहोस् भनी विकृत रुप बनाई पतिकै खोजीमा अगाडि बढ्‌छिन् । सार्थवाह शुचिभद्रसँग भेट भएपछि सँगै तलाउमा बास बस्दा हात्तीको आक्रमणबाट पनि उनी बाँच्न सफल हुन्छिन् । त्यस पछि चेदीमा पुगेर आफ्नो वास्तविक परिचय बदली आफ्नै ठुलीआमाको घरमा पति नलको खोजीमा काम गर्न थालिछन् ।

अतः दमयन्तीले घनघोर जङ्गलमा गरेको सङ्घर्ष आफ्नो प्रेम अर्थात पतिको खोजीका लागि थियो । उक्त घनघोर जंगलमा कसैको मतलव नगरि उनी आफ्नो प्रेमको खोजीमा निरन्तर लागि रहिन् । दमयन्ती दृढ भएर आफ्नो लक्ष्यमा विभिन्न कठिन बाधालाई झेल्दै गन्तव्यतिर बढेको देखाएर कथाकारले ‘नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन’ भन्ने पुष्टि गरेका छन् ।

७. (ख) दमयन्तीले आफ्नो जीवनमा आइपरेका समस्याको समाधानका लागि कुन कुन उपाय अवलम्बन गरेकी छन् ?

बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती (Virahini Damyanti)’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।

कर्कोटक नाघहरुको घनघोर जङ्गलको छाप्रोमा छोडेर पति नल हिँडेपछि दमयन्ती आफ्ना प्राणप्रिय पतिलाई खोज्न हिँड्छिन् । पीपलको फेदमा निद्रालीन अवस्थामा तर्सेर व्युइँदा कामुक कर्कोटक नागयुवकले जबरजस्ती बोकेर आफ्नो छाप्रोमा लैजाँदा ठुलो समस्यामा पर्छिन् । नागयुवकसँग प्रेमपूर्वक उपस्थित भएर मदिरामा मस्त बनाएर झुपडीमा आगो लगाएर भाग्न सफल हुन्छिन् । तीन दिनसम्म जङ्गलमा विह्वल हुँदै हिँडेकी दमयन्ती निषाद र नागको वस्ती देख्दा कुरुप र वौलाही ठानी पुनः कसैको आक्रमण नहोस् भनी विकृत रुप बनाई पतिकै खोजीमा अगाडि बढ्‌छिन् । सार्थवाह शुचिभद्रसँग भेट भएपछि सँगै तलाउमा बास बस्दा हात्तीको आक्रमणबाट पनि उनी बाँच्न सफल हुन्छिन् । त्यसपछि पति प्राप्तिको अभीष्ट लक्ष्य प्राप्तिका लागि उनी चेदी जनपदतर्फ लाग्छिन् । आफूलाई चेदीराज सुवाहु र ठुलीआमा रानी सुनन्दाले नचिनुन् कुनै अप्ठ्यारो समस्या कोल्न नपरोस् भनी भनी भेष बदली सुनन्दाकी छोरीकी सुसारे सैरन्ध्री वनी पति फेला पारी छाड्ने अठोट गर्छिन् ।

अन्ततः दमयन्तीले आइपरेका समस्याहरुलाई समाधान गर्नका जुक्ति बुद्धि लगाएर समय र परिस्थिथिअनुसार चलाखीपूर्ण तरिकाले वललाई बुद्धिले पछारेकी मात्र छैनन् भवितब्य समस्याको समेत मध्यनजर राखी दूरदृष्टिका साथ विभिन्न उपायहरु अवलम्बन गरेकी छन् ।

७. (ग) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा ‘विरहिणी दमयन्ती (Virahini Damyanti)’ कथाका आधारमा पुष्टि गर्नुहोस् ।

बौद्धिक एवं दार्शनिक चिन्तन भएका वरिष्ठ आख्यानकार मदनमणि दिक्षित (वि. सं. १९७८-२०७६) द्वारा रचित ‘विरहिणी दमयन्ती (Virahini Damyanti)’ पौराणिक विषयवस्तुमा आधारित नारीप्रधान कथा हो । यस कथामा पतिवियोगको पीडा र व्यथामा आधारित यात्रा वर्णन गरिएको छ । दमयन्तीको जीवनमा सङ्कट, दुःख र विपत्तिको जतिसुकै चक्रवात मडारिए पनि इज्जत र चरित्रका सुन्दर आभूषण पहिरिएर आफ्नो प्रेम प्राप्तिका लागि जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सतिसालझैँ अविचलित हृदयका साथ विघ्नबाधालाई चिर्दै साहसी यात्रामा उनि अगाडि बढेकी छिन् ।

यस कथाका आधारमा हेर्दा कर्कोटक नागहरुको घनघोर जङ्गलमा पति निषधराज नलसँग आनन्दित र सुखी जीवन बिताएकी कथाकी नायिका रानी वैदर्भी कन्या मयन्ती पतिवियोगमा विरहिणी बनेपछि पतिको खोजीमा निस्कँदा सङ्कट, दुःख र विपत्तिजस्ता समस्याहरुको चक्रवातले घेरिएकी छिन् । आफ्नो सतित्व रक्षका लागि होस् वा जीवनरक्षाका लागि दमयन्तीले आइपरेका समस्याहरुलाई समाधान गर्नका जुक्ति बुद्धि लगाएर समय र परिस्थिथि अनुसार चलाखीपूर्ण तरिकाले बललाई वुद्धिले पछारेकी मात्र छैनन् भवितब्य समस्याको समेत मध्यनजर राखी दूरदृष्टिका साथ विभिन्न उपायहरु अपनाएकी छिन् । समस्या समाधानका लागि उनी धैर्य, साहस, आँट, सङ्घर्षकी प्रतिमूर्तिका रुपमा देखिन्छिन् । समस्या भागेर हैन जागेर समाधान हुन्छ, बललाई बुद्धिले पछार्न सकिन्छ, सङ्घर्ष नै जीवन भएकाले सङ्घर्षशील बन्नुपर्छ, जीवनमा सधैँ आशावादी बन्नुपर्छ, समय र परिस्थितिअनुसार चल्न सक्नुपर्छ जस्ता जीवनोपयोगी सन्देशहरु यो कथा उच्च कोटिको बन्न पुगेको छ । अतः यसप्रकार आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा नारी पात्र दमयन्तीका माध्यमबाट पुष्टि गरेका छन् ।

व्याकरण (Grammar)

१. दिइएको अनुच्छेदमा प्रयुक्त नाम शब्द टिप्नुहोस् :

आर्या, रतिया, निकेश, पेम्बा, साथी, सहयोग, माया, दिन, सुख, दुःख, भावना, मनोरञ्जन, समय, प्रकृति, भलाकुसारी, उद्देश्य, वनभोज आयोजना, विचार, ब्यवस्थापन, निकेश, टोलीनेता, सल्लाह, चामल, दाल, तरकारी, दही, दुध, मासु, मह, पाउरोटी, चिया, योजना, दृश्य, अवलोकन, इच्छा, जमात, बिदाइ, गुच्छा, हुल, भेट, भिड, पर्यटक, गाउँले, कुराकानी, फूल, सल्लाघारी, चरा, गाई, बथान, घुमाइ, सिकाइ, अनुभव ।

२. पाठको पहिलो अनुच्छेदमा प्रयुक्त चारओटा व्यक्तिवाचक नाम टिप्नुहोस् :

कर्कोटक
निषध
नल
दमयन्ती

३. तलको अनुच्छेदबाट कर्मको काम गर्ने नाम र भेदक विशेषण टिप्नुहोस् :

कर्मको काम गर्ने नाम :

सौरभ, टोलीनेता, अवलोकन, रगत, साथी, प्रशंसा

भेदक विशेषण :

सौरभको, गोदावरीका, दृश्यको, आफ्नो, विद्यालयका, उनीहरूको

४. दिइएको अनुच्छेदमा प्रयुक्त सर्वनाम र सार्वनामिक विशेषण टिप्नुहोस् :

सर्वनाम :

हामी, एकअर्का, जो जो, म, एकआपस, तँ, तिमी, तपाईं र उहाँ, आफैँ, जोसुकै, जेसुकै, कोही, हरेक, जे, आफू अरू

सार्वनामिक विशेषण :

जुन, केही, ती

५. दिइएको अनुच्छेदबाट पदवर्ग विचलन भएका र नभएका विशेषण टिपोट गर्नुहोस् :

पदवर्ग विचलन भएका विशेषण :

ती, केही, त्यो

पदवर्ग विचलन नभएका विशेषण :

एक वृद्ध, एउटा, चम्किलो, सुन्दर, बहुमूल्य

६. दिइएको अनुच्छेदबाट क्रियायोगी पहिचान गरी टिप्नुहोस् :

आउँदा, तत्काल, अहिले, भरे, भोलि, बिस्तारै, कहिल्यै, मात्र, हरबखत, हरपल, हरदिन, हरघडि, आउन, पहिल्याएर अघि

७. दिइएको अनुच्छेदबाट नामयोगी र संयोजक पहिचान गरी टिप्नुहोस् :

नामयोगी :

पिच्छे, नजिकै, सँग, कहाँ, भित्र, भर, पछि, बित्तिकै, पट्टि

संयोजक :

पनि, र, जब तब

८. दिइएको अनुच्छेदबाट विस्मयादिबोधक र निपात पहिचान गरी टिप्नुहोस् :

विस्मयादिबोधक :

आहा, उः, छ्या, अँ, आबुइ, खै खै, आच्छु, क्याबात

निपात :

त, नि

९. पाठको तेस्रो अनुच्छेदमा प्रयुक्त निपात र संयोजक टिप्नुहोस् :

निपात :

पनि, नै

संयोजक :

र, तैपनि

१०. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :

नेपाल बहुभाषिक देश हो । यहाँ विभिन्न भाषा बोलिन्छन् । नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको छ । नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा पढ्न पाउने, यसको संरक्षण र प्रचारप्रसार गर्न पाउने हक प्रदान गरी सबै भाषालाई समान रूपमा सम्मान गरेको छ । सबै मातृभाषाको संरक्षण र सम्वर्द्धनका लागि भाषाआयोगको गठनको ब्यवस्था पनि गरेको छ र सोहीबमाजिम भाषाआयोगको गठन पनि भैसकेको छ ।

Also Read: Class 12 NEB Resources

Scroll to Top