घरको माया (Ghar Ko Maya)
Comprehensive guide with all exercises, vocabulary, comprehension and detailed analysis of the one-act play ‘घरको माया’ for Class 10 SEE preparation.
पाठ १४ – भीमनिधि तिवारीको एकाङ्की
Table of Contents (घरको माया)
शब्दभण्डार (Vocabulary) – घरको माया
१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
२. ‘घरको माया’ एकाङ्कीमा गाउँघरमा मेलापात गर्दा प्रयोग गरिने शब्द प्रयोग भएका छन् । त्यस्ता शब्दको सूची बनाई वाक्यमा प्रयोग गर्नुहोस् ।
३. दिइएका शब्दका विपरीतार्थी शब्द ‘घरको माया’ एकाङ्कीबाट खोजेर लेख्नुहोस् :
४. ‘घरको माया’ एकाङ्कीबाट पाँच पाँचओटा टुक्का र अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
टुक्का शब्दहरू:
अनुकरणात्मक शब्दहरू:
बोध र अभिव्यक्ति (Comprehension & Expression)
२. ‘घर माया’ एकाङ्कीमा बसिराख्या, भ’को जस्ता कथ्य स्वरूपका शब्द प्रयोग भएका छन् । यस्ता अन्य १० ओटा शब्द खोजी तिनको लेख्य स्वरूप लेख्नुहोस् ।
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘घरको माया’ एकाङ्कीको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
⇒ सुरु गाउँप्रतिको वितृष्णाबाट र अन्त्य गाउँप्रतिको मायाबाट भएको छ ।
(ख) एकाङ्कीका मुख्य र सहायक पात्र को को हुन् ?
⇒ एकाङ्कीका मुख्य पात्र : लाल, जमानसिंह, बतासे र कान्छो हुन् । सहायक पात्र मुम्फली बेच्ने मान्छे, फेरीवाला हुन् ।
(ग) एकाङ्कीमा सबैभन्दा बढी पटक संवाद गर्ने पात्र को हो ?
⇒ जमानसिंह
(घ) जमानसिंहमा आन्तरिक द्वन्द्व बढ्नाको कारण के थियो ?
⇒ बतासे प्रतिको माया ।
५. दिइएको एकाङ्कीको अंश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
“हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौंला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । मर्नुपरे पनि आफ्नै देशमा मरौंला । आफ्ना पुर्खाको धर्म थामौँ ।”
(क) माथिको भनाइ एकाङ्कीमा कुन कुन पात्रले भनेको हो ?
⇒ माथिको भनाइ एकाङ्कीमा बतासेले भनेको हो ।
(ख) वक्ताले व्यक्त गरेका देशभक्तिको भावना झल्काउने दुई भनाइ लेख्नुहोस् ।
⇒ १. हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौंला ।
२. जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला ।
(ग) आफ्ना पुर्खाको धर्म थामौँ भन्नुको आशय के हो ?
⇒ ‘आफ्ना पुर्खाको धर्म थामौं’ भन्नुको आशय हाम्रा पुर्खाहरू आफ्नो आखिरी साससम्म आफ्नै गाउँघरमा बसेजस्तै हामी पनि त्यसै गरौं भन्ने हो ।
(घ) एकाङ्कीको अंशको मुख्य भावसँग तपाईं सहमत हुनुका कारण उल्लेख गर्नुहोस् ।
⇒ एकाङ्कीको अंशको मुख्य भाव विदेशमा बगाउने पसिना आफ्नै गाउँमा बगाउनुपर्छ भन्ने हो। यो भावसँग म सहमत छु । पाखो भीर भन्दै सबैले आफ्नो गाउँघर छोडेर हिँड्ने हो भने त केही वर्षमा हाम्रो गाउँघरको अस्तित्व नै हराउँछ । तर विदेशमा बगाउने जति पसिना आफ्नै गाउँघरमा बगाउने हो भने त्यहीँ सुखपूर्वक बाँच्न सकिन्छ ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् ।
(क) ‘घरको माया’ एकाङ्कीमा नेपाली समाजको कस्ता विषयवस्तु देखाइएको छ वर्णन गर्नुहोस् ।
⇒ भीमनिधि तिवारीद्वारा लेखिएको ‘घरको माया’ एकाङ्की देशप्रेमले भरिपूर्ण एकाङ्की हो । विशेष गरी कान्छो र बतासेको मुखबाट आफ्नो गाउँघरको गुणगान गराइएको छ । गाउँको दुःखबाट विरक्तिएर हिँडेका दुई युवा भारतको कुनै एउटा प्लेटफर्ममा बसेर गाउँ छोड्नु आफ्नालागि ठुलो उपलब्धि ठानेर गफ गरिरहेका बेलामा उनीहरूकै गाउँबाट आएका अरू दुई पात्रका कारण आफ्नो मनस्थिति परिवर्तन गरेर गाउँ फर्केको घटना यस एकाङ्कीमा प्रस्तुत गरिएको छ ।
यस एकाङ्कीमा नेपाली गाउँले समाजको विषयवस्तु उठाइएको छ । गाउँमा गरिने मेलापात, अर्मपर्म, बर्खामास पन्चे बाजा बजाएर रोपाइँ गर्दा लगाइने बेठी बाजा आदिको उल्लेख गरिएको छ । गाउँमा खानेकुरा नभएपनि चिसो बतास र पानी भएको जसको सहायताले सजिलै बाँच्न सकिने कुरा गरिएको छ । गाउँमा छोटो कछाड कसेर फाटेको ठुटे भोटो लगाएर भकारो सोर्ने गरेको विषयवस्तु उठाइएको छ । सुर्ती खाएर पिच्च पिच्च आँगनमा थुक्दा आफू ठुलोमान्छे भएको मानसिकताको उल्लेख गरिएको छ । गाउँघरमा नेपाली महिलाले घरभित्रका काममा खटिने र पुरुषहरू बाहिरको काममा खटिने परम्पराको उल्लेख गरिएको छ । नेपाली समाजमा विभिन्न किसिमका चाडबाड, मेलापर्म, तीर्थव्रत गरिने कुरा उल्लेख गरिएको छ ।
यस एकाङ्कीमा नेपाली गाउँले समाजको सम्पूर्ण विषयवस्तु समेटिएको छ । घरभित्रका कामदेखि बाहिरका सबै क्रियाकलापको उल्लेख पाइन्छ ।
(ख) जमान र लालमा पाइने चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
⇒ ‘घरको माया’ एकाङ्की देशप्रेमले भरिपूर्ण एकाङ्की हो । भीमनिधि तिवारीद्वारा लेखिएको यस एकाङ्कीमा छोटो भूमिकामा तर महत्त्वपूर्ण तर्कका साथ उपस्थित भएका कान्छो र बतासेको मुखबाट आफ्नो गाउँघरको गुणगान गराइएको छ । गाउँको दुःखबाट विरक्तिएर हिँडेका दुई युवा भारतको कुनै एउटा प्लेटफर्ममा बसेर गाउँ छोड्नु आफ्नालागि ठुलो उपलब्धि ठानेर गफ गरिरहेका बेलामा उनीहरूकै गाउँबाट आएका अरू दुई पात्रका कारण आफ्नो मनस्थिति परिवर्तन गरेर गाउँ फर्केको घटना यस एकाङ्कीमा प्रस्तुत गरिएको छ ।
लालबहादुर:
- २५ वर्षे युवा जो कामको लागि विदेश गएको छ
- गाउँप्रति पूर्णरूपमा वितृष्णा बोकेको
- महिलालाई शारीरिक सुखभोगको साधन सम्झने
- आफ्नो विचारमा अडिग रहने
- एक्लो भएपछि बाध्यताले गाउँ फर्कन तयार भएको
जमानसिंह:
- २५ वर्षे युवा जो कामको लागि विदेश गएको छ
- गाउँप्रतिको वितृष्णाका साथै केही राम्रा याद पनि बोकेको
- महिलाको भित्रदेखि इज्जत गर्ने
- आफ्नो विचारमा अडिग रहन नसक्ने
- खुसी खुसी गाउँ फर्कन तयार भएको
(ग) एकाङ्कीमा कुन कुन ठाउँको परिवेश देखाइएको छ, लेख्नुहोस् ।
⇒ भीमनिधि तिवारीद्वारा लेखिएको ‘घरको माया’ एकाङ्की देशप्रेमले भरिपूर्ण एकाङ्की हो ।
एकाङ्कीमा पछि आएर मिसिएका पात्र कान्छो र बतासेको मुखबाट आफ्नो गाउँघरको बखान गाइएको छ । गाउँको दुःखबाट विरक्तिएर हिँडेका दुई युवा भारतको कुनै एउटा प्लेटफर्ममा बसेर गाउँ छोड्नु आफ्ना लागि ठुलो उपलब्धि ठानेर गफ गरिरहेका बेलामा उनीहरूकै गाउँबाट आएका अरू दुई पात्रका कारण आफ्नो मनस्थिति परिवर्तन गरेर गाउँ फर्केको घटना यस एकाङ्कीमा प्रस्तुत गरिएको छ ।
एकाङ्कीमा विशेष गरेर नेपालका पहाडी गाउँले परिवेशको चर्चा गरिएको छ जहाँ वरको चौतारीमा सुतेर शीतल हावा खाइन्छ । चिसो पानी जुन खाएर रात कटाउन सकिन्छ । गाउँमा रमाइ रमाइ भकारो सोहोर्ने गरेको, मेलापर्म गर्ने गरेको, असारमा पन्चे बाजा बजाएर खेतमा बेठी लगाएर धान रोप्ने गरेको परिवेशको चर्चा गरिएको छ ।
त्यस्तै एकाङ्कीमा इन्डियाको प्लेटर्फमको वरिपरिको परिवेशको चर्चा पाइन्छ । त्यहाँ तमतमाइँदो पानी मात्र पाइने, हावा पनि तातो चल्ने, खानेकुरा पनि सबै गनाउने, रेल पनि गनाउने गर्दछ । त्यहाँ फेरीवालाले पान, मुम्फली बोकेर बेच्दै हिँड्ने गरेको, तीन दिनदेखि भोकभोकै बस्नु पर्दा पनि खान दिने कोही नभेटिने अवस्थाको चर्चा गरिएको छ ।
(घ) ‘घरको माया’ एकाङ्कीबाट के सन्देश पाइन्छ ?
⇒ देशप्रेमले भरिपूर्ण ‘घरको माया’ भीमनिधि तिवारीद्वारा लेखिएको यथार्थवादी एकाङ्की हो। कान्छो र बतासेको मुखबाट आफ्नो गाउँघरको महत्त्व बुझाइएको छ । गाउँको दुःखबाट विरक्तिएर हिँडेका दुई युवा भारतको कुनै एउटा प्लेटफर्ममा बसेर कुरा गरिरहेका हुन्छन् । उनीहरू एकअर्कासित गाउँ छोड्नु आफ्ना लागि ठुलो उपलब्धि भएको बताउँछन् । उनीहरूको त्यो सोच आफ्नै गाउँबाट आएका अरू दुई पात्रका कारण परिवर्तन गरेर गाउँ फर्केको घटना यस एकाङ्कीमा प्रस्तुत गरिएको छ ।
मान्छेले केही समयको लागि आफ्नो गाउँ घरलाई भुले पनि समयान्तरमा गाउँ नै फर्कन्छ । भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्नु जाती ठान्छ । गाउँमा खानेकुरा नभएपनि चिसो बतास र पानीको भरमा रात कटाउनेछ । असारमा पन्चे बाजा बजाएर खेतमा बेठी लगाएर धान रोप्छ । एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गर्ने इच्छा राख्छ । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाउने, एक गेडा मकै भए पनि आफ्नै माटामा फलाउने । मर्नुपरे पनि आफ्नै देशमा मर्ने, आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जल्ने, आफ्ना बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए झैँ हामी पनि आफू पनि त्यहीँ मरेर पुर्खाको धर्म थाम्ने इच्छा राख्छ भन्ने सन्देश यस एकाङ्कीमा भनिएको छ ।
७. दिइएको भनाइका वक्ता को को हुन्, ‘घरको माया’ एकाङ्कीका आधारमा लेख्नुहोस् :
९. ‘घरको माया’ एकाङ्कीका पात्रमा देखिएका सुख र दुःख सन्दर्भ बोध गरी त्यस्तै संवेग झल्कने छोटो संवाद तयार गर्नुहोस् ।
१०. ‘घरको माया’ एकाङ्कीमा कसरी देश प्रेमको भावना प्रकट भएको छ, समीक्षा गर्नुहोस् ।
⇒ ‘घरको माया’ भीमनिधि तिवारीद्वारा लेखिएको राष्ट्रियवादी एकाङ्की हो । यहाँ देश भनेर भारतलाई भनिएको छ । कथाका मुख्य पुरुष पात्र लालबहादुर र जमानसिंहबिच प्लेटफर्ममा गाउँको विरोध र देशको समर्थनमा सुरु भएको वार्तालाप कान्छो र बतासेको आगमन पछि नेपाल फर्केको घटनामा टुङ्ग्याइएको छ । एकाङ्कीको सुरुमा गाउँघर प्रतिको उग्र विरोध देखाइएको भए पनि अन्त्यमा गाउँघरलाई नै ठुलो मानेर फर्केको वर्णन पाइन्छ ।
यस एकाङ्कीमा कान्छो र बतासेका माध्यमबाट देशप्रेमको भावना देखाइएको छ, जुन यसप्रकार छ । एकाङ्कीमा कान्छाले भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्नु जाती भनेको छ । उसको भनाइमा गाउँमा खानेकुरा नभएपनि चिसो बतास र पानी त छ भन्ने कुरा गरेको छ । बर्खामास पञ्चे बाजा बजाएर खेतमा बेठी लगाएको झलझली सम्झेको छ । भने बतासेको सोच पनि त्यस्तै देखिन्छ । उसले पनि एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गर्ने इच्छा राखेको छ । जति पसिना बगाउनुपरे पनि आफ्नै घरबारीमा बगाउने, एक गेडा मकै भए पनि आफ्नै माटोमा फलाउने । मर्नुपरे पनि आफ्नै देशमा मर्ने, आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जल्ने, आफ्ना बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए झैँ हामी पनि आफू पनि त्यहीँ मरेर पुर्खाको धर्म थाम्ने इच्छा गरेको छ । समग्रमा ‘घरको माया’ एकाङ्की देशप्रेमले ओतपोत भएको एकाङ्की हो । विदेशमा बसेर गफ गर्ने क्रममा गाउँको मायाले सबैजना गाउँ फर्कने निर्णय गरेर एकाङ्की सकिएको छ ।
१२. युवालाई विदेसिनबाट रोक्न के गर्नुपर्ला, ‘घरको माया’ एकाङ्कीका आधारमा प्रतिक्रिया दिनुहोस् ।
⇒ युवालाई विदेसिनबाट रोक्न युवामा देशप्रेमको भावना जगाउन सक्नुपर्छ । विदेश पलायन हुने युवालाई देशमा अवसर खोज्न सिकाउनु पर्छ । देशलाई पसिना बगाउन सिकाउनु पर्छ । गाउँघरमा बग्ने पानीको स्वादमा हराउन सक्ने बनाउनुपर्छ । मेलापातमा रमाउन सिकाउन सक्नुपर्छ । विदेशमा खाएको मिठो खानेकुरा भन्दा गाउँघरको सिस्नो राम्रो हो भन्ने कुराको जानकारी गराउन सक्नुपर्छ ।
गाउँका युवालाई गोबर गनाउने नभएर बसाउने बनाउन सक्नुपर्छ । चमक धमकमा भन्दा स्वच्छतामा जीवन सुखमय हुन्छ भन्ने युवापुस्तालाई सिकाउन सक्नुपर्छ । विदेशमा गएर अर्काको जुठा भाँडा माझेर, कुल्लीको काम गरेर, गार्ड बसेर नै पैसा कमाउनु छ भने त आफ्नै दाजुभाइको खेतमा काम गरेर पैसा कमाएको जाति हुन्छ भन्ने कुरा सिकाउन सक्नुपर्छ ।
व्याख्या र समीक्षा (Explanation & Analysis)
८. व्याख्या गर्नुहोस्:
(क) चुम्बकले फलामलाई तान्छ तर सुनलाई खिच्न सक्तैन ।
⇒ माथिको एकाङ्की अंश हाम्रो कक्षा १० को पाठ १४ मा समेटिइएको भीमनिधि तिवारीद्वारा लिखित ‘घरको माया’ भन्ने एकाङ्कीबाट लिइएको हो । यस एकाङ्कीमा भारतको कुनै एक प्लेटर्फमको परिवेश देखाइएको छ । पहिले गाउँ नफर्कने भन्ने मित गाउँका साथीसँगै फर्कन लागेको बेलामा आफूलाई पनि जान आग्रह गर्दा लालबहादुरले मितलाई फलामसित र आफूलाई सुनसित तुलना गर्दै उक्त वाक्य बोलेको हो ।
गाउँमा धेरै दुःख गर्नुपरेकाले सुखको खोजीमा देश (भारत) पसेको र आफ्नो निर्णय पनि राम्रो भएको निष्कर्षका साथ बसेका थिए लालबहादुर र जमानसिंह । बतासे र कान्छो आएर भोकभोकै मर्नुपरे पनि आफ्नै गाउँमा मर्न जाती हुने, गाउँमा खानेकुरा नभएपनि चिसो बतास र पानीको भरमा रात कटाउन यहाँको भन्दा राम्रो हुने, असारमा पन्चे बाजा बजाएर खेतमा बेठी लगाउँदाको रमाइलो, एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गर्ने, जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाउने, एक गेडा मकै भए पनि आफ्नै माटामा फलाउने । मर्नुपरे पनि आफ्नै देशमा मर्ने, आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जल्ने, आफ्ना बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए झैँ हामी पनि आफू पनि त्यहीँ मरेर पुर्खाको धर्म थाम्ने जस्ता कुरा गरेपछि गाउँ फर्कन तयार भएको साथीलाई “म फलाम होइन सुन हुँ, फलाम मात्र चुम्बकमा टाँसिन्छ तर सुन टाँसिदैन” भनेर जवाफ दिने क्रममा माथिको भनाइ आएको हो ।
लालबहादुरलाई जमानसिंहले सँगै गाउँ फर्कन भनेपछि लालबहादुरलाई चित्त नबुझेर आफू गाउँ नफर्कने आफ्नो निर्णय अडिग रहेको भन्ने बताउने क्रममा माथिको प्रसङ्ग आएको हो । फलाम जस्तो जता चुम्बक छ त्यतै नटाँसिने आफू त चुम्बकले हल्लाउन पनि नसक्ने सुन जस्तो भएको हुनाले यहीँ बस्ने भन्ने बताउनलाई माथिको वाक्य आएको हो ।
(ख) जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला ।
⇒ माथिको एकाङ्की अंश हाम्रो कक्षा १० को पाठ १४ मा समेटिइएको भीमनिधि तिवारीद्वारा लिखित ‘घरको माया’ भन्ने एकाङ्कीबाट लिइएको हो । यस एकाङ्कीमा भारतको कुनै एक प्लेटर्फमको परिवेश देखाइएको छ । सुख पाउने आसले देश (भारत) पसेका नेपाली युवा युवतीहरूविच यहाँ बसेर दुःख गर्नु भन्दा त आफ्नै गाउँमा जाउँ भनेर साथीहरूलाई सम्झाउने क्रममा एकाङ्कीकी मुख्य नारी पात्र बतासेले उक्त वाक्य बोलेकी हो । काम गरेपछि त जहाँ पनि खान पाइहालिन्छ नि, गाउँबाट यति टाढा अर्काको मुलुकमा किन आउनु पर्यो ? किन बस्ने यहाँ ? एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौंला । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा हेपिएर किन बस्नु ? उहाँ आफ्नो चाडवाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर नबसौं । मर्नुपरे पनि बरु आफ्नै देशमा मरौंला, आफ्नै भुइँमा लम्पसार परौंला, आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जलौँला । हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौंला । आफ्ना पुर्खाको धर्म थामौँ, भन्ने सम्झाउने क्रममा नै “जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला” भन्ने वाक्य आएको हो ।
विदेशमा गर्ने दुःख आफ्नै गाउँघरमा गर्नुपर्छ । अर्काको हेपाइ सहेर यहाँ काम गर्नु भन्दा त आफ्नै दाजुभाइकोमा काम गर्न धेरै राम्रो हुन्छ आदि भनेर गाउँ प्रतिको आफ्नो कर्तव्य बताउने क्रममा माथिको प्रसङ्ग आएको हो ।
भाषिक संरचना (Language Structure)
२. कोष्ठकमा दिइएको निर्देशनअनुसार वाक्यान्तरण गर्नुहोस् :
(क) बहिनी बिहानै उठ्छिन् । उनी नृत्य सिक्न बजारसम्म पुग्छिन् । आमाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ । उनले यो कुरा खुसी हुँदै ठुली माइजूलाई सुनाइन् । (लिङ्ग)
⇒ भाइ बिहानै उठ्छन् । उनी नृत्य सिक्न बजारसम्म पुग्छन् । बाबाले एक महिनादेखि यस तालिम केन्द्रमा भर्ना गरिदिनुभएको छ । उनले यो कुरा खुसी हुँदै ठुलो मामालाई सुनाए ।
(ख) उनीहरू सँगसँगै घर फर्के । उनीहरूले घर आउँदा गाउँलेका लागि कोसेली पनि किने । मोटा मान्छेका लागि भनेर चिनी नभएको मिठाई झोलामा राखे । घर पुग्नै लाग्दा उनीहरूलाई सेता पहाडले स्वागत गर्न लागे झैँ आभास भएछ । (वचन)
⇒ ऊ सँगसँगै घर फर्कियो । उसले घर आउँदा गाउँलेका लागि कोसेली पनि किन्यो । मोटो मान्छेका लागि भनेर चिनी नभएको मिठाई झोलामा राख्यो । घर पुग्नै लाग्दा उसलाई सेतो पहाडले स्वागत गर्न लागे झैँ आभास भएछ ।
(ग) म कर्मशील हुन नेपाल आएँ । आफ्नै बारीमा पसिना बगाउन थालें । मिहिनेतको कारण मैले राम्रै कमाइ गरेँ । घरखर्च बाहेकको आम्दानीलाई बैंकमा लगेर जम्मा गरेँ । (द्वितीय पुरुष)
⇒ तिमी कर्मशील हुन नेपाल आयौ । आफ्नै बारीमा पसिना बगाउन थाल्यौ । मिहिनेतको कारण तिमीले राम्रै कमाइ गर्यौ । घरखर्च बाहेकको आम्दानीलाई बैंकमा लगेर जम्मा गर्यौ ।
(घ) तँ आफ्नो काम आफैँ गर । तँ आफ्नो काम अरुलाई नलगा । तँ स्वावलम्बी बन् । तँ देशलाई योगदान गर । (उच्च आदर)
⇒ तपाईं आफ्नो काम आफैं गर्नुहोस् । तपाईं आफ्नो काम अरुलाई नलगाउनुहोस् । तपाईं स्वावलम्बी बन्नुहोस् । तपाईं देशलाई योगदान गर्नुहोस् ।
(ङ) आमा सखारै उठ्ती हुन्, जाँतामा कोदो पिन्दी हुन्, बुबा रातमा मेलाबाट आएर अंगेनाको छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खाँदा हुन्, त्यही त हो नि । (अभ्यस्त पक्ष)
⇒ आमा सखारै उठ्थिन्, जाँतामा कोदो पिन्थिन्, बुबा रातमा मेलाबाट आएर अगेनाको छेउमा बसेर काँचोपात भुटेको तमाखु सोतेमा खान्थे, त्यही त थियो नि ।
३. ‘घरको माया’ एकाङ्कीबाट फरक फरक काल र पक्षका दुई दुईओटा वाक्य टिपी तिनलाई करण भए अकरण र अकरण भए करणमा रूपान्तरण गर्नुहोस् ।
करणबाट अकरण:
अकरणबाट करण:
४. दिइएको अनुच्छेद पढी चन्द्रबिन्दु र शिरबिन्दु प्रयोग भएका शब्द टिपी तिनको उच्चारण गर्नुहोस् :
संयोग घाँस काट्न खरबारीमा गए। उनीसँगै म पनि गएँ । त्यहाँ संहिता, संहृत् र संरचना पनि पुगेका थिए ।
चन्द्रबिन्दु शब्दहरू:
⇒ संयोग, संहिता, संहृत्, संरचना
शिरबिन्दु शब्दहरू:
⇒ घाँस, उनीसँगै, गएँ, त्यहाँ
६. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
सम्योग भोली आउला । सम्विधानको पुस्तक ल्याउला । । म त्यो पुस्तक पढ्ला । मैंले देस को कानुन जान्नु पर्च। कानुन अनुसार हामी सवै चल्यौँ भने मात्रै मूलुक बन्छ ।
⇒ संयोग भोलि आउला । संविधानको पुस्तक ल्याउला । म त्यो पुस्तक पढौँला । मैले देशको कानुन जान्नुपर्छ । कानुन अनुसार हामी सबै चल्यौँ भने मात्रै मुलुक बन्छ ।
सिर्जना कार्य (Creative Writing)
१. कुनै एउटा ऐतिहासिक घटनालाई विषयवस्तु बनाएर संवाद लेख्नुहोस् ।
(सीता र गीता कक्षा १० का विद्यार्थी हुन् । हिजो गीता बिरामी भएर विद्यालय आउन पाइनन् । कक्षामा सरले के पढाउनु भयो भनेर सीता र गीता कुरा गर्दै विद्यालय जाँदै छन् ।)
