Jansankhya ko Vitaran (जनसंख्याको वितरण) Complete Guide | Class 10 Social Notes
An overview of Jansankhya ko Vitaran notes for SEE Class 10 Social Studies

एकाइ १०: जनसङ्ख्या र यसको व्यवस्थापन (Ekai 10: Janasankhya ra Yesko Vyavasthapan)

पाठ ३: जनसंख्याको वितरण (Path 3: Jansankhya ko Vitaran)

१. जनसंख्याको वितरण (Jansankhya ko Vitaran) भनेको के हो ?

उत्तर: विभिन्न भौगोलिक क्षेत्र, प्रदेश, जिल्ला तथा स्थानीय तहअनुसारको जनसंख्याको अवस्थालाई जनसंख्या वितरण (Jansankhya ko Vitaran) भनिन्छ ।

२. नेपालको भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरण (Jansankhya ko Vitaran) को अवस्था उल्लेख गर्नुहोस् ।

उत्तर: नेपालको भौगोलिक क्षेत्र अनुसार जनसंख्या वितरणको अवस्था माथिको तालिकामा देखाइएको छ। उक्त तालिका अनुसार हिमाली क्षेत्रको जनसंख्या ६.०८ प्रतिशत रहेको छ । पहाडी क्षेत्रमा जनसंख्या ४०.३१ प्रतिशततराई क्षेत्रको जनसंख्या ५३.६१ प्रतिशत रहेको छ। नेपालको हिमाली क्षेत्रमा सबैभन्दा कम र तराई क्षेत्रमा सबैभन्दा बढी जनसंख्या रहेको छ।

नेपालमा भौगोलिक क्षेत्र अनुसार जनसंख्या वितरण (प्रतिशत) २०७८

क्र.स. भौगोलिक क्षेत्र २०७८
१. हिमाली क्षेत्र ६.०८
२. पहाडी क्षेत्र ४०.३१
३. तराई क्षेत्र ५३.६१
जम्मा १००.००

३. भौगोलिक क्षेत्रअनुसार र प्रदेशअनुसार जनसंख्याको वितरण समान रूपमा भएको पाईंदैन ? यसका कारण उल्लेख गर्नुहोस् ?

उत्तर: भौगोलिक क्षेत्र र प्रदेशअनुसार जनसंख्याको वितरण समान नहुनुका मुख्य कारणहरूलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ:

भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरण समान नहुनाको कारण

  • हिमाली तथा पहाडी क्षेत्रमा भौगोलिक विकटता,
  • यातायात तथा सञ्चार सुविधाको अभाव, कृषि योग्य भूमिको अभाव
  • तराई क्षेत्रमा कृषि योग्य भूमिको उपलब्धता
  • विकासको पूर्वाधारको विकास

प्रदेशअनुसार जनसंख्याको वितरण समान नहुनाको कारण

  • विकासका पूर्वाधारहरूको अवस्था,
  • भौगोलिक विविधता,
  • सामाजिक तथा आर्थिक अवस्थामा विविधता हुनु

४. नेपालको रहेको जनसङ्ख्या वितरणको असमान अवस्थालाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? सुझाव प्रस्तुत गर्नुहोस् ।

उत्तर: नेपालमा जनसङ्ख्या वितरणको असमान अवस्थालाई न्यूनीकरण गर्न उपायहरूलाई तल बुँदागत रूपमा उल्लेख गरिएको छ :

  • नेपालको सबै स्थानमा शिक्षा तथा स्वास्थ्य सेवा सुविधा सर्वसुलभ रूपमा उपलब्ध गराउनु पर्छ ।
  • नेपालको सबै स्थानमा रोजगारीको अवसर सिर्जना गरी रोजगारी उपलब्ध गराउनु पर्छ ।
  • नेपालको सबै स्थानमा यातायात र सञ्चार सेवा सुविधाको विस्तार गर्नुपर्छ ।
  • ग्रामीण तथा हिमाली क्षेत्रमा विकास पूर्वाधारहरूको विस्तार गर्नुपर्छ ।
  • स्थानीय स्रोत साधनमा आधारित उद्योगहरू देशका विभिन्न स्थानमा स्थापना गर्नुपर्दछ ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top