एकाइ ९: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग (Hamro Antarrashtriya Sambandha ra Sahayog)
पाठ ६: समसामयिक घटना (Samasamayak Ghatana)
यस पाठमा पढ्नुहोस्
१. समसामयिक घटना (Samasamayak Ghatana) भनेको के हो ?
उत्तर: समसामयिक घटना (Samasamayak Ghatana) विश्वमा नै आर्थिक, सामाजिक, वातावरणीय र राजनीतिक प्रभाव पार्ने विद्यमान समयमा घटेका घटना हुन्। यस्ता घटना बहुपक्षीय हुन्छन्। जलवायु परिवर्तन, विपद्, महामारी, युद्ध, शान्ति, निशस्त्रीकरण, राजनीतिक आदि जस्ता विषयसँग यस्ता घटना सम्बन्धित हुन्छन्।
२. समसामयिक घटनाको जानकारीले विद्यार्थीको सोचाइ र व्यवहारमा कस्तो परिवर्तन ल्याउँछ?
उत्तर: समसामयिक घटना बहुपक्षीय हुने तथा यस्ता घटनाहरू जलवायु परिवर्तन, विपद्, महामारी, युद्ध, शान्ति, निशस्त्रीकरण, राजनीतिक आदि जस्ता विषयसँग सम्बन्धित हुने भएकाले निकै महत्त्वपूर्ण मानिन्छन्। यस्ता घटनाहरूले विश्वव्यापी रूपमा प्रभाव पार्दछन्। यस्ता घटनाका बारेमा जानकारी राख्नाले निम्न परिवर्तनहरू ल्याउँछ:
- ज्ञानको क्षितिजलाई फराकिलो बनाउन सकिन्छ।
- विश्लेषणात्मक र समालोचनात्मक क्षमता बढाउन सकिन्छ।
- यसका सकारात्मक र नकारात्मक प्रभावका बारेमा समीक्षा गरी नकारात्मक प्रभाव न्यूनीकरणका उपाय सुझाउन र सचेत बन्न सकिन्छ।
- समसामयिक घटनाका बारेमा जानकारी राख्नाले असल नागरिकको दायित्व पनि निभाउन सकिन्छ।
- तसर्थ, समसामयिक घटनाको जानकारीले विद्यार्थीको सोचाइ र व्यवहारलाई समयसापेक्ष बनाई सकारात्मक सोचले युक्त र विश्वबन्धुत्वको भावनाले ओतप्रोत भएको व्यक्तित्व निर्माण गर्न सकिन्छ।
३. तपाईंको समुदायमा घटेका समसामयिक घटनासँग सम्बन्धित रही एक समाचारको नमुना तयार पार्नुहोस्।
घरेलु हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमको घोषणा
३ भदौ, धनुषा
उत्तर: अझै पनि महिला तथा बालबालिकामा हुने गरेको विभिन्न हिंसात्मक क्रियाकलापमा कमी आउन नसकेको भनी विभिन्न संस्थाहरूले गरेको अध्ययनले देखाएपछि रौतहटको चन्द्रपुर नगरपालिकाले घरेलु हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमको घोषणा गरेको छ। कार्यक्रमको घोषणा गर्दै नगर प्रमुख सञ्जय काफ्लेले घरेलु हिंसाको न्यूनीकरणका लागि अबदेखि नगरपालिकाले कडा कानुनी उपचारको बाटोसमेत अवलम्बन गर्ने बताए। नगर प्रमुख काफ्लेले कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारीसमेत दिएका थिए। कार्यक्रमका अन्य वक्ताहरूले सामाजिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेकोमा नगर प्रमुखलाई धन्यवाद दिएका थिए। कार्यक्रममा कार्यकारी अधिकृतले नगरपालिकाले सहकारीलगायतका संस्थाले गर्ने फजुल खर्चका कार्यक्रमलाई प्रतिबन्ध लगाउने तयारी भइरहेको समेत जानकारी दिए।
४. सन् २०२२ को सर्वश्रेष्ठ ओस्कार अवार्ड पाउने चलचित्रको नाम लेख्नुहोस्।
उत्तर: सन् २०२२ को सर्वश्रेष्ठ ओस्कार अवार्ड पाउने चलचित्रको नाम कोडा (CODA) हो।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us