एकाइ ११: स्वास्थ्य सेवा र सामाजिक विकास
पाठ ३: स्वस्थ जीवनशैली र सामाजिक जीवन
यस पाठमा हामीले स्वस्थ जीवनशैली र सामाजिक जीवन (Swastha Jivansaili ra Samajik Jivan) का विभिन्न पक्षहरू बारे सिक्नेछौँ। शारीरिक, मानसिक, र आत्मिक स्वस्थता कसरी कायम राख्ने तथा स्वस्थ जीवनका लागि सन्तुलित खानपानको महत्त्व कति छ भन्ने विषयमा विस्तृत जानकारी यहाँ प्रस्तुत गरिएको छ।
Swastha Jivansaili ra Samajik Jivan
अभ्यासका विषयहरू
१. शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस्।
उत्तर: विश्व स्वास्थ्य सङ्गठन (World Health Organization – WHO) का अनुसार “रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ।” यस परिभाषामा स्वास्थ्यका शारीरिक, मानसिक र सामाजिक तीनओटा पक्षहरूलाई उल्लेख गरिएको छ।
| स्वस्थताको प्रकार | कायम राख्ने उपायहरू |
|---|---|
| शारीरिक स्वस्थता |
|
| मानसिक स्वस्थता |
|
| आत्मिक स्वस्थता |
|
२. ‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
उत्तर: स्वस्थ जीवनशैलीमा खानपानको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। हाम्रो जीवनशैलीलाई स्वस्थ बनाउन हाम्रो खानपान संस्कारमा सुधार गर्न आवश्यक छ। हाम्रो शरीरलाई तन्दुरुस्त राख्नका लागि सही खानाको जरुरत पर्दछ। शरीर र मनलाई स्वस्थ राख्नका लागि हामीले सन्तुलित आहार लिनुपर्छ। सन्तुलित आहारमा चिल्लो पदार्थ (Fat), प्रोटिन (Protein), कार्बोहाइड्रेट (Carbohydrate), भिटामिन (Vitamin), खनिज (Minerals) र पानी गरी छवटा मुख्य पोषक तत्त्वहरू पर्दछन्।
स्वस्थ खानपानले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न मद्दत गर्दछ। स्वस्थ खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्दछ। स्वस्थ खानेकुरामा फलफूल, दही, दूध, तरकारीहरू र सम्पूर्ण अन्नहरू समावेश हुन्छन्। प्रशोधन गरिएका खाना र गुलिया पेय पदार्थहरूमा विभिन्न रासायनिक पदार्थहरू मिसाइने हुनाले तिनीहरू फाइदाजनक हुँदैनन्।
मनको सजगता र सतर्कतामा खानाको मात्रा, शैली, छनोट आदिको प्रभाव पर्दछ। त्यसकारण खाना छनोट गर्दा खानाको प्रकृति, मनको इच्छा र शरीरको अवस्थालाई ख्याल गर्नुपर्दछ। यसरी छनोट गरिएका खानाले शरीरलाई स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन, र शरीरमा विभिन्न तत्त्वको कमीले लाग्ने रोगहरूबाट बचाउन सहयोग पुऱ्याउँछ र ऊर्जा प्रदान गर्छ।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us