लौ आयो ताजा खबर
Class 11 Nepali Chapter 8 Complete Guide
कक्षा ११ अनिवार्य नेपालीको आठौँ पाठ “लौ आयो ताजा खबर” (Lau Aayo Taja Khabar) लघु नाटकको पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।
पाठको परिचय
“लौ आयो ताजा खबर” (Lau Aayo Taja Khabar) सुरेन्द्र नकर्मीद्वारा लिखित एक उत्कृष्ट सामाजिक यथार्थवादी लघु नाटक हो। यस नाटकले वर्तमान नेपाली समाजमा बढ्दै गएको लागुपदार्थ दुर्व्यसनको गम्भीर समस्या र यसले युवा पुस्तामा पारेको नकारात्मक प्रभावलाई चित्रण गरेको छ।
साथै, यस पाठले पत्रकारिताको क्षेत्रमा देखिएका विकृति, अभिभावकको सन्तानप्रतिको गैरजिम्मेवारीपन र समाज सुधारका लागि सामूहिक प्रयासको आवश्यकतालाई सशक्त रूपमा औंल्याएको छ।
शब्दभण्डार समाधान
पत्रपत्रिका ⇒ अखवार
मञ्चको छेउछाउको भाग ⇒ नेपथ्य
रमित ⇒ तमासा
विपत् ⇒ आपत्
एम्बुलेन्सले बजाउने आवाज ⇒ साइरन
मधुरो प्रकाश ⇒ अलि अलि उज्यालो
बस बिसौनी ⇒ बस चढ्न र ओर्लन रोकिने ठाउँ
ताजा खबर ⇒ नयाँ समाचार
निन्दनीय कार्य ⇒ निन्दा गर्नुपर्ने काम
जीवनको अध्याय ⇒ जिन्दगीको कालखण्ड
प्रस्थान गर्नु ⇒ बाहिर जानु
भविष्यको लठ्ठी ⇒ भोलिको सहारा
बासी ⇒ ताजा
चहकिलो ⇒ मधुरो
दोष ⇒ निर्दोष
पराई ⇒ आफन्त
भाग्यमानी ⇒ अभागी
बन्धन ⇒ मुक्ति
अदृश्य ⇒ दृश्य
क) इच्छाशक्ति भए जुनसुकै काम गर्न सकिन्छ
खाने मुखलाई जुँगाले छेक्दैन ।
ख) अरुलाई पर्ने समस्या तपाईंलाई पनि पर्छ
अरुलाई खाने बाघले तपाईंलाई पनि खान्छ ।
(क) नाच्न जान्दैन आँगन टेढो :
फुटबल खेल्न नसकेपछि मैदान राम्रो भएन भन्नु त नाच्न जान्दैन आँगान टेढो भने जस्तो भयो ।
(ख) अचानोको पीर खुकुरीले बुझ्दैन :
अचानोको पीर खुकुरीलाई के थाहा भनेजस्तै तीनै तहका सरकार तथा अन्य निकाय खासै व्यवसायीका समस्याप्रति गम्भीर भएको देखिएन ।
(ग) जुन जोगी आए पनि कानै चिरेका :
जुन जोगी आए पनि कानै चिरेको भनेझैँ नेपालका कुनै पनि स्थानीय निकायले विकाश तर्फ ध्यान दिएको पाइँदैन ।
(घ) आफू नमरी स्वर्ग देखिदैन :
आफू नमरी स्वर्ग देखिँदैन भनेझै विदेश नगइकन त्यहाँको दुःख बुझ्न सकिदैन ।
(ङ) नपत्याउने खोलाले बगाउँछ :
नपत्याउने खोलाले बगाउँछ भनेझै हरिको छोराले त सरकारी कोटामा डाक्टरी पढ्न पाउने भएछ ।
खरानी हुनु ⇒ ढुकुटीको पैसा नेताहरुले खरानी बनाएर छोड्ने भए ।
पेट पाल्नु ⇒ नेपालमा पेट पाल्नका लागि गारो भएर विदेश पलाएन हुने क्रम बढ्दो छ ।
कुरा खानु ⇒ बेलैमा बाबुको कुरा नखाएकाले मैले सारै दु:ख पाए ।
टाउको खानु ⇒ बहिनीले मिठाई मिठाई भनेर मेरो टाउको खाइछ ।
कुरा दोचार्नु ⇒ साथीहरुसँग घुम्न गएको कुरा छिमेकी काकीले त घरमा कुरा दोचारी सक्नु भएछ ।
आलु खानु ⇒ रामले त यो पालीको परीक्षामा आलु खाएछ ।
सपना चकनाचुर हुनु ⇒ हामीले आफ्नो बुबाआमाको सपना चकनाचुर पार्नु हुदैन ।
सपना पूरा हुनु ⇒ सरकारी जागिर पाएपछि रामेको सपना पूरा भयो ।
बोध र अभिव्यक्ति
क) यस लघुनाटकमा कस्तो विषयलाई प्रस्तुत गरिएको छ ?
यस लघुनाटकमा दुर्व्यसनीको विषयवस्तुलाई प्रस्तुत गरिएको छ ।
ख) यस लघुनाटकमा कति जना मञ्चीय पात्रहरु छन् ?
यस लघुनाटकमा ८ जना मञ्चीय पात्रहरु छन् ।
ग) यस लघुनाटकको पात्रका संवादमा कुन कुन भाषाको प्रभावदेख्न सकिन्छ ?
यस लघुनाटकमा शेर्पा, नेवारी र हिन्दी भाषाको प्रभाव देख्न सकिन्छ ।
घ) यस लघुनाटकमा कुन परिवेशलाई समेटिएको छ ?
यस लघुनाटकमा सहरिया परिवेशलाई समेटिएको छ ।
- क) सामाजिक
- ख) सहरिया
- ग) बहुभाषिक समाज
- घ) दाह्री बाबा
- ङ) एक
- च) पत्रिका बेच्ने केटा
- क) ⇒ दाह्री बाबा
- ख) ⇒ नरहरि
- ग) ⇒ दीनदयाल
- घ) ⇒ दोर्जे
- ङ) ⇒ तुयुमै
- च) ⇒ कुमारका बुबा
- छ) ⇒ सलिम
- ज) ⇒ कुमारका बुबा
- झ) ⇒ दोर्जे
- ञ) ⇒ पत्रिका बेच्ने केटो
क) `देश नबने हामी कोही बन्दैनौ´ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस् ।
देशको प्रगति, सम्रिधि र विकाश नभएसम्म हामीले सुख र खुसि पाउदैनौ भन्नु नै देश नबने हामी कोही बन्दैनौ भन्नुको तात्पर्य हो ।
ख) खुसी भएर बाँच्न के गर्नुपर्छ ?
खुसी भएर बाँच्नका लागि एकाअर्काको सुख दुःखमा मिलेर, साथ दिएर बाँच्नुपर्छ ।
ग) सामूहिक अभियान किन चलाइएको हो ?
सामूहिक अभियान दुर्व्यसनको जडलाई उखेली समाजबाट बिकृति विसंगति हटाउनका लागि चलाइएको हो ।
घ) कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ?
आफ्नो सन्तान प्रति आफ्नो जिम्मेवारी पूरा गर्ने अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ।
अ) लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो ?
दुई दिनदेखि बेखबर भई घर नफर्केको आफ्नो छोरा नै कतै समाचारपत्रमा छापिएअनुसारको बेवारिसे अवस्थामा भेटिएको एउटा युवकको लास आफ्नै छोराको होला भनेर आफन्तको आगमन भइरहेको हो ।
आ) मरेको वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसँग तपाईको सहमति वा असहमतिका बुँदाहरु लेख्नुहोस् ।
मरेको वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइप्रति म असमत छु । किनकि :
- मरेको वा नजन्मेको मान्छेको कुनै मोल नै नभएकाले,
- धर्तिमा भौतिक उपस्तिति नभई उसको गुड पत्ता लगाउन नसकिने भएकाले,
तेसैले मरेको वा नजन्मेको मान्छे न त राम्रो हुन्छ न त नराम्रो नै ।
अ) यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?
यस नाट्यांशमा वक्ताले आफ्ना सन्तानप्रति आफ्नो कर्तव्य एवं जिम्मेवारी बोध नगर्नुका साथै रेखदेख एवं निगरानी नगरेकै कारण लागुपदार्थ दुर्व्यसनीको सिकार बन्न गएको वास्तविकतालाई स्विकारेका छन् । वक्ताले आफ्नो छोरासँगै बसी उसको पढाइको बारेमा कुरा नगरेको, छोराको साथीसङ्गतको बारेमा सोधखोज नगरेको, कहाँ के गर्छ भनी ख्याल नगरेको, छोराले मागेजति पैसा दिएपनि के कसरी खर्च गरेको छ भनी विचार नगरि केबल ब्यवसाय र बैठक भनी दौडधूप गरेको कुरा स्विकारेका छन् ।
आ) यस नाट्यांशमा व्यक्त समस्या कसरी समाधान गर्न सकिएला ?
यस नाट्यांशमा वक्ताले आफ्ना सन्तानप्रति आफ्नो कर्तव्य एवं जिम्मेवारी बोध नगर्नुका साथै रेखदेख एवं निगरानी नगरेकै कारण लागुपदार्थ दुर्व्यसनीको सिकार बन्न गएको समस्या व्यक्त गरेका छन् । आफ्नो सन्तानसँगै बसी उसको पढाइको बारेमा कुरा गर्ने, उनीहरुको साथीसङ्गतको बारेमा सोधखोज गर्ने, कहाँ के गर्छन् भनी ख्याल गर्ने, मागेजति पैसा दिएपनि के कसरी खर्च गरेको छ भनि विचार गर्ने र उनीहरुलाई माया र ममता दिएर रेखदेख गरेर मात्र नाट्यांशमा व्यक्त समस्या समाधान गर्न सकिएला ।
क) दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन ।
प्रस्तुत नाट्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने ‘लौ आयो ताजा खबर’ (Lau Aayo Taja Khabar) नामक लघु नाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेन्द्र नकर्मी हुन् । दुर्व्यसन अतेन्तै घातक हुने भएकाले यसको समधानका निमित्त सबै मिलि यसको जरो उखेल्नु पर्छ भन्ने आशयलाई यस नाटकमा प्रस्तुत गरिएको छ ।
दुर्व्यसनल व्यक्ति, परिवार, समाज र राष्ट्रकै लागि घातक हुन्छ । यसले मानिसको स्नायु र मस्तिष्कलाई प्रत्यक्ष रुपमा प्रभाव पारी शिथिल वा उत्तेजित बनाउछ । भविष्यका कर्णाधार एवं भोलिका देशका संवाहक युवावर्गलाई सचेत और सजग बनाई दुर्व्यसनीबाट जोगाउनु हामी सबैको दायित्व हो । दुव्यंसनलाई समाजबाट हटाउन एउटा व्यक्ति वा परिवार लागेर मात्र हुँदैन । यसको जगलाई उखेल्न हामी सबै लाग्न जरुरी छ । यसको नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका परिवार वा अभिभावकको हुन्छ । आफ्नो सन्तानसँगै बसी उसको पढाइको बारेमा कुरा गर्ने, उनीहरुको साथीसङ्गतको बारेमा सोधखोज गर्ने, कहाँ के गर्छन् भनी ख्याल गर्ने, मागेजति पैसा दिएपनि के कसरी खर्च गरेको छ भनि विचार गर्नु जरुरी छ । आफ्ना सन्तान दुर्व्यसनमा लागेको थाहा पाएमा उसलाई सम्झाइ बुझाई सुधार केन्द्रमा लगेर उपचार समेत गर्नुपर्छ । सामाजिक सचेतना अभियान चलाई युवावर्गलाई सशक्त रुपमा सहिघाभागी गराउनुपर्छ । हामी समाजका सबै व्यक्ति, प्रशासन, राज्य कानुन सम्मत तरिकाले लाग्ने हो भने दुर्व्यसनमुक्त समाज निर्माण गर्न सकिन्छ भन्ने भावलाई यस अंशमा व्यक्त गरिएको छ ।
ख) जब तिमी हाम्रो देशमा……….स्वच्छ हुन्छ ।
प्रस्तुत नाट्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने ‘लौ आयो ताजा खबर’ नामक लघु नाटकबाट साभार गरिएको हो । यस नाटकका लेखक सुरेन्द्र नकर्मी हुन् । पत्रकारिताको मर्म र धर्मलाई वेंगित गरिएको उपयुक्त कथनमा देशका युवापुस्तालाई दुर्व्यसनबाट टाडा राखेर राष्ट्र निर्माणमा लग्न प्रेरित गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरी चेतनाको संवाहक बनेमा मात्र पत्रिकाको खबर ताजा र स्वच्छ हुने तथ्य प्रकट भएको पाइन्छ ।
युवाहरु भविष्यका कर्णाधार एवं भोलिका देशका संवाहक हुन् । हाम्रो देशमा युवाको खाचो छैन । युवावर्गलाई सचेत र सजग बनाई दुर्व्यसनीबाट जोगाउनु हामी सबैको दायित्व हो । हरेक युवाको राष्ट्र निर्माणमा ठुलो योगदान हुन्छ । युवाहरु सदा स्वस्थ, शिक्षित र उर्जाशील हुन जरुरी छ । युवा शक्ति कमजोर भएमा देश नै सङ्कटमा पर्छ । दुर्व्यसनल व्यक्ति, परिवार, समाज र राष्ट्रकै लागि घातक हुन्छ । दुव्यंसनलाई समाजबाट हटाउन पत्रपत्रिकाको ठुलो भूमिका हुन्छ । आजभोली बासी र मूल्यहीन समाचारहरु मात्र छापिएको देखिन्छ । हाम्रा पत्रपत्रिकाहरूमा युवा पुस्ता देश र जनताका लागि नयां नया कार्य गर्ने सोचका साथ अगाडि बढ्दै छन् भन्ने समाचार आउन जरुरी छ अब युवापुस्ताले दुर्व्यसनवाट मुक्त भएको खबर सबैले सुन्न जरुरी छ । राज्यको चौथो अङ्ग सञ्चार क्षेत्र भएको नाताले युवावर्गलाई सचेत र सजग बनाई दुब्यंसनीबाट जोगाउन लागुपदार्थको असरबारे सही जानकारी दिन सक्नुपर्छ । सामाजिक सचेतना अभियान तथा जनचेतनामूलक कार्यक्रम चलाई युवावर्गलाई सशक्त रुपमा सहभागी गराइएको, सबै मिली दुर्व्यसनको जरालाई उखेलेको, दुर्व्यसनमुक्त समाज निर्माण भएको, सभ्य र सुसंस्कृत समाज निर्माण भएको जस्ता सकारात्मक सन्देशले भरिएका समाचार पत्रिकाले सम्प्रेषण गर्नुपर्छ भन्ने आशयलाई माथिको अंशमा व्यक्त गरिएको छ ।
क) `लौ आयो ताजा खबर´ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।
‘लौ आयो ताजा खबर’ लघुनाटकको मुख्य पात्र दारी बाबा हुन् । नाटकको सुरुदेखि अन्त्यसम्म देखा परेका दारीबाबा लेखकका मुखपात्र हुन् । उनि सांसारिक मोहबाट मुक्त भइ जीवन जगतलाई बोध गरेका पात्रको रुपमा देखिन्छन् । उनी कुटीमा बस्ने योगी हुन् । ठट्यौलो स्वभावका दारी बाबा सुरुमा बहुला जस्ता देखिए पनि समस्याको सही पहिचान गर्न सक्ने पुरुष पात्र हुन् । हामीले हाम्रा छोराछोरीको इच्छा, चाहानालाई ख्याल नगरी उनीहरूलाई समय नदिई एकोहोरी आफ्नो काममा मात्र व्यस्त भयो भने उनीहरू दुर्व्यसनमा पन सक्छन् भन्ने लेखकको आशयलाई दारीबाबाले नाटकमा प्रस्तुत गरेका छन् । यसरी नाटकका अधिकांश संवादमा दारीबाबाको चरित्रलाई नै देखाइएकाले उनी यस नाटकका प्रमुख पात्र हुन् ।
ख) `लौ आयो ताजा खबर´लघुनाटकमा व्यक्त मुख्य सन्देशमाथि प्रकाश पार्नुहोस ।
`लौ आयो ताजा खबर´लघुनाटक सामाजिक यथार्थवादी एवं प्रगतिवादी नाटककार सुरेन्द्र नकर्मीद्वारा रचित सामाजिक विषयवस्तुमा आधारित सन्देशमूलक रचना हो । यस नाटकका सामाजिक क्षेत्रमा देखा परेका विकृति रविसङ्गतिमाथि तिव्र आलोचना प्रकटगरी समाज सुधारको चाहना प्रकट गरिएको छ ।
दुर्व्यसन अतेन्तै घातक हुने भएकाले यसको समधानका निमित्त सबै मिलि यसको जरो उखेल्नु पर्छ भन्ने आशयलाई यस नाटकमा प्रस्तुत गरिएको छ । दुव्यंसनलाई समाजबाट हटाउन एउटा व्यक्ति वा परिवार लागेर मात्र हुँदैन । यसको जगलाई उखेल्न हामी सबै लाग्न जरुरी छ । यसको नियन्त्रण गर्न सबैभन्दा महत्त्वपूर्ण भूमिका परिवार वा अभिभावकको हुन्छ । आफ्नो सन्तानसँगै बसी उसको पढाइको बारेमा कुरा गर्ने, उनीहरुको साथीसङ्गतको बारेमा सोधखोज गर्ने, कहाँ के गर्छन् भनी ख्याल गर्ने, मागेजति पैसा दिएपनि के कसरी खर्च गरेको छ भनि विचार गर्नु जरुरी छ । समग्रमा यस लघुनाटकमा दुर्व्यसनीको सिकार बन्दै गैरहेको युवावर्गमा सचेतना फैलाउनु पर्छ, गलत पत्रकारिताको अभियानलाई बन्द गर्नुपर्छ, राजनीतिक पार्टीमा देखिने घिनलाग्दो षड्यन्त्र एवं फोहोर खेललाई जरैदेखि फ्याक्नु पर्छ, समाजमा रहेको विकृति एवंविसङ्गतिलाई गम्भीर आलोचना गर्दै स्वच्छ, शान्त सामाजको निर्माण गर्नुपर्छ भन्ने सन्देशहरु दिन खोजेको पाइन्छ ।
क) प्राणीशास्त्रले कुन विषयको अध्ययन गर्छ ?
प्राणीशास्त्रले चिकित्सा विज्ञान, नर्सिङ विज्ञान ,आयुर्वेद विज्ञान आदि विषयको अध्ययन गर्दछ ।
ख) जीवजन्तुको दोहनले प्रकृतिमा कस्तो असर पर्न सक्छ ?
जीवजन्तुको दोहनले जैविक विविधतामा ह्रास आई पृथ्वी नै सङ्कटमा पर्ने सम्मको असर पर्न सक्छ ।
ग) प्राणीशास्त्रको अध्ययनले हामीलाई कसरी प्रकृतिसँग नजिक बनाउँछ ?
प्राणीशास्त्रको अध्ययनले हरेक प्राणी यस धर्तीका अभिन्न अङ्ग हुन् र हामीले प्रकृति र प्राणीहरूको सुरक्षा गर्नुपर्छ भन्ने ज्ञान दिई हामीलाई प्रकृतिसँग नजिक बनाउँछ ।
घ) `दोहन´ र`पारस्पारिक´ शब्दको अर्थलेख्नुहोस् ।
दोहन ⇒ लुट्ने वा शोषण गर्ने काम
पारस्परिक ⇒ एक अर्कासंग सम्बन्धित
व्याकरण अभ्यास
केटा ⇒ (केटो + आ)
निन्दनीय ⇒ (निन्द + अनीय)
कार्य ⇒ (कृ + य)
ढिस्का ⇒ (ढिस्को + आ)
लिएर ⇒ (लि + एर)
पुग्ने ⇒ (पुग् + ने)
हजारौँ ⇒ (हजार + औँ)
जनता ⇒ (जन + ता)
दैनिक ⇒ (दिन + इक)
गरी ⇒ (गर् + ई)
गर्दा ⇒ (गर् + दा)
चलायमान ⇒ (चलाउ + मान्)
अपनत्व ⇒ आफ्नो + त्व
भावना ⇒ भाव + ना
होइन ⇒ हु + इन
गरी ⇒ गर् + ई
मिलेर ⇒ मिल् + एर
पेटी ⇒ पेट + ई
कर्तव्य ⇒ कृ + तव्य
सामूहिक ⇒ समूह + इक
नागरिक ⇒ नगर + इक
गरौँ ⇒ गर् + औँ
भावक ⇒ भु + अक
अक्कड ⇒ भुल् + अक्कड = भुलक्कड
अत ⇒ लिख् + अत = लिखत
अन्त ⇒ भिड् + अन्त = भिडन्त
अन ⇒ चर् + अन = चरन
अनी ⇒ ढाक् + अनी = ढकनी
आइँ ⇒ बस् + आइँ = बसाइँ
आइ ⇒ बस् + आइ = बसाइ
आउ ⇒ घाट + आउ = घटाउ
आलु ⇒ बढ् + आलु = बढालु
आव ⇒ चुन् + आव = चुनाव
आवट ⇒ बन् + आवट = बनावट
आहा ⇒ बस् + आहा = बसाहा
अन्ते ⇒ उड् + अन्ते = उडन्ते
आरु ⇒ सिक् + आरु = सिकारु
एको ⇒ उड् + एको = उडेको
एनी ⇒ आगो + एनी = अगेनी
उवा ⇒ सुत + उवा = सुतुवा
इलो ⇒ झार् + इलो = झरिलो
आ ⇒ छाप् + आ = छापा
दो ⇒ बढ् + दो = बढ्दो
नु ⇒ पढ् + नु = पढ्नु
एर ⇒ सिक् + एर = सिकेर
उन्जेल ⇒ जित् + उन्जेल = जितुन्जेल
ओट ⇒ छान् + ओट = छनोट
ओ ⇒ हाँस् + ओ = हाँसो
इयार ⇒ हात + इयार = हतियार
इलो ⇒ मल + इलो = मलिलो
ई ⇒ धन + ई = धनी
ए ⇒ धनकुटा + ए = धनकुटे
औली ⇒ पुर्खा + औली = पुर्ख्यौली
एली ⇒ पूर्व + एली = पूर्वेली
पना ⇒ तितो + पना = तितोपना
ली ⇒ झापा + ली = झापाली
ले ⇒ गाउँ + ले = गाउँले
आडी ⇒ गफ + आडी = गफाडी
अरी ⇒ राम्रो + अरी = राम्ररी
आइँ/याइँ ⇒ मूर्ख + आइँ = मुर्ख्याइँ
आइ ⇒ काम + आइ = कमाइ
आली ⇒ लेक + आली = लेकाली
आलु ⇒ माया + आलु = मायालु
आन ⇒ सिर् + आन = सिरान
इङ्गर ⇒ पात + इङ्गर = पतिङ्गर
इया ⇒ सहर + इया = सहरिया
औटे ⇒ कुरा + औटे = कुरौटे
Queries Solved
- ✓ class 11 nepali notes chapter 8
- ✓ class 11 nepali notes pdf download 2083
- ✓ class 11 nepali chapter 8 exercise
- ✓ lau aayo taja khabar summary
- ✓ class 11 nepali lau aayo taja khabar
- ✓ lau aayo taja khabar question answer
- ✓ neb class 11 nepali solution chapter 8
- ✓ class 11 nepali guide chapter 8
- ✓ lau aayo taja khabar class 11 nepali exercise
- ✓ class 11 nepali model question 2083
- ✓ surendra nakarmi lau aayo taja khabar
