जलस्रोत र ऊर्जा (Jalsrot Ra Urja)
Class 11 Nepali Chapter 12 Complete Guide
कक्षा ११ अनिवार्य नेपालीको बाह्रौँ पाठ “जलस्रोत र ऊर्जा” (वक्तृता) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।
पाठको परिचय (मूलभाव)
कुनै एउटा विषय शीर्षकमा विभिन्न वक्ताहरूले आ-आफ्ना तर्कहरू राखेर आफ्नो तर्कलाई बलियो बनाउने कार्यलाई वक्तृत्वकला भनिन्छ । प्रस्तुत पाठमा ‘जलस्रोत र ऊर्जा’ शीर्षकमा मीना अयर र राजन सार्कीले आ-आफ्ना बलिया तर्क राखेर पाठक वर्गलाई जलस्रोत र ऊर्जाको महत्त्वलाई स्पष्ट पारेका छन् ।
वक्तृत्वकलामा एक जना सञ्चालक, सभाको अध्यक्ष र वक्ताहरू, श्रोताहरू हुन्छन् । सञ्चालकले वक्तालाई मञ्चमा बोलाए पछि सर्वप्रथम सम्बोधन गर्दै तोकिएको शीर्षकमा आफ्नो विचार व्यक्त गर्दछन् । यसै प्रसङ्गमा प्रस्तुत पाठमा सर्वप्रथम मीना अयरले आफ्नो विचार व्यक्त गरेकी छिन् ।
हाम्रो देश नेपाल प्राकृतिक दृष्टिकोणबाट हेर्दा विश्वकै धनी देश हो । विश्वमा जलस्रोतका दृष्टिले दोस्रो ठूलो देश हो । यहाँ हिमाल, समुद्र, नदीनाला, झरना, छहरा, तालतलैया आदिलाई जलस्रोत मानिन्छ । यिनै स्रोतहरूलाई सदुपयोग गरेर देशको समुचित द्रुततर विकास गर्नु पर्दछ । नेपालको यिनै जलस्रोतको उपयोग गरी विद्युतीकरण गर्दा ८३ हजार मेगावाट ऊर्जा उत्पादन गर्न सकिने कुरा सर्वेक्षणले देखाएको पाइन्छ । नेपालमा चन्द्रशमशेरले पहिलो पटक ५०० किलोवाटको जलविद्युत् उत्पादन सुरु गरे । यही अभियानबाट आज १५०० मेगावाट विद्युत उत्पादन गरिएको छ । भर्खरै मात्र लोडसेडिङ अन्त्य भएको छ र अनेक प्रकारका ऊर्जा सङ्कट बेहोरेको देशलाई मुक्त पार्न जलविद्युत् मात्र गर्न सक्छ भन्ने विचार वक्ता मिना अयरको रहेको कुरा प्रस्तुत वक्तृत्वकलामा व्यक्त भएको छ । जलविद्युत्मा लगानी गर्ने वातावरण निर्माण गर्नु पर्दछ । त्यस्तै गरी यही जलविद्युत खपत गर्न यसैसँग सम्बन्धित कलकारखाना स्थापना गर्नु पर्दछ । आफ्नो देशमा खपत भई बढी भएको विद्युत्लाई विदेशमा बेच्ने वातावरण बनाउनु पर्दछ ।
जलस्रोत नेपाली भूमिसँग मात्र सम्बन्धित नभएर उत्पादनसँग पनि जोडिएको छ । नेपालमा छ हजार नदीनालाहरू छन् । यी नदीनालाहरूमध्ये छ सय जति बाह्रै महिना निरन्तर बगिरहन्छन् । यी नदीनालाहरूबाट खेतीमा कुलो, पैनी, नहरबाट सिँचाइ गरेर उत्पादन गरिन्छ । त्यहीँ उत्पादन भएको खाद्य पदार्थ खाएर हामी बाँचिरहेका छौं । कृषिलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनु पर्ने, नेपालमै आत्मनिर्भर बनाउने अभियान थाल्नु पर्ने महत्त्वपूर्ण विचार वक्ता मिना अयरको रहेको छ ।
जलस्रोतलाई मनोरञ्जन र पर्यटन क्षेत्रमा पनि उपयोग गर्न सकिन्छ । हाम्रो देश नेपालमा प्रशस्तै ताल तलैयाहरू छन् तिनलाई पर्यटनको रुपमा विकास गर्न सकेमा विदेशीहरू घुमफिर गर्न नेपाल आउँछन् । नेपालमा रहेका रारा ताल, तिलिचो ताल, फेवा ताल, वेगनास ताल आदिलाई प्रचार प्रसार गरे विदेशीहरूलाई भित्र्याउन सकिन्छ । यसबाट देशको अर्थतन्त्र चलायमान हुनुको साथै देशको विकास पनि हुन्छ ।
जलस्रोत देशको समृद्धिको आधार पनि हो । यसलाई राम्रोसँग सदुपयोग गर्न सकेमा देशमा ऊर्जा सङ्कटलाई पनि टार्न सकिन्छ । पेट्रोलियम पदार्थको विकल्पका रूपमा पनि काम गर्न सकिन्छ भन्ने अयरको विचार रहेको छ ।
जलस्रोत र ऊर्जा शीर्षकको वक्तृत्वकला प्रतियोगितामा दोस्रो वक्ता राजन सार्कीले पनि आफ्ना गहकिला तर्क राखेका छन् । उनले हाम्रो देश नेपाल प्रकृतिको सुन्दर उपहार पाएको देशको संज्ञा (नाम) दिएका छन् । प्रकृतिको छटासँगै रमाएर सदासर्वदा हाँसिरहेको सर्वोच्च शिखर सगरमाथा यही छ । त्यसैको काखमा हाम्रो देश मुस्कुराएर बसेको तर्क उनले प्रस्तुत गरेका छन् । जलस्रोतको अपार भण्डार यही छ । त्यस्ता अपार भण्डारहरू कोशी, बाग्मती, सुनकोशी, तामाकोशी आदि नदीहरूले विश्वलाई नै झलमल्ल पार्न सक्ने पानी यहीँ छ । यिनै नदीहरूको सही सदुपयोग गर्न सकिए हाम्रो धर्ती हराभरा हुन्छ भन्ने तर्क उनले प्रस्तुत गरेका छन् । नेपालमा भएका नदीनालाबाट विद्युत् निकालेर उद्योगधन्दा खोल्न सकिन्छ । त्यसबाट प्रशस्तै नेपालीहरूले रोजगारी पाउन सक्छन् । पेट्रोलियम आयातमा पनि न्यूनीकरण गर्न सकिन्छ र देशको पैसा स्वदेशमै बचाउन सकिन्छ । त्यस्तै गरी रोजगारी र सम्पन्नताका ढोका खोल्न सकिन्छ भन्ने विचार राजन सार्कीले व्यक्त गरेका छन् ।
हामी नेपाली स्वदेशमै भएको अपार जलस्रोतलाई सदुपयोग गर्न सकिरहेका छैनौँ । जसरी जङ्गलको कस्तुरीले आफ्नो नाभीमा भएको बिना थाहा नपाएर वन-वन घुमेर खोजी गरे जस्तै हामीले पनि जलस्रोतको महत्त्वलाई चिन्न सकिरहेका छैनौं । विश्वमा नेपाल जलस्रोतमा दोस्रो धनी राष्ट्र हो तर पनि यसको पूर्वाधार विकासको योजना बनाउन नसक्दा अँध्यारोमा बस्न बाध्य छौं । यहाँ तल खोला नाला बगिरहेका छन् माथि उर्वर भूमिमा सिँचाइ गर्न नसकेर जनता भोक भोकै मर्न विवश छन् । यहाँको अपार जलस्रोतको विकास गरेर मात्र समृद्ध हुन सम्भव छ । नदीको पानी सिँचाइ गरेर होस् या विद्युत् निकालेर होस् देशलाई विकास गर्नु पर्ने आवश्यकता छ । ठुला-ठुला नदी कोशीहरू लगायतमा जलविहार गरेर पनि देशलाई समृद्ध बनाउन सकिन्छ ।
आज हामीले देशमा केही उत्पादन गर्न नसकेर सम्पूर्ण कुराहरू विदेशबाट आयात गरिरहेको अवस्था छ । लसुनदेखि सुनसम्म, चामलदेखि मासुसम्म बाहिरबाट ल्याउनु पर्दछ । जबसम्म हाम्रो स्वभावमा, खानपानमा आफैँ उत्पादनमा परिवर्तन गर्न सकिँदैन तबसम्म हामी समृद्ध बन्न सक्दैनौं । हामी विदेशी भूमिका पसिना बगाउन बाध्य छौं । त्यो पसिना स्वदेशमै बगाउन सक्यौं भने हाम्रो भूमिमा उत्पादन बृद्धि गर्न सकिन्छ । अर्गानिक खाद्यान्न उत्पादन गरी स्वस्थ जीवनयापन गर्न सकिन्छ । हाम्रो देशलाई सिँगार्ने सिप हामी नेपालीमा छ तर यसलाई सिँगार्ने केवल जाँगरमात्र चाहिएको छ । हिमालबाट बहेको स्वच्छ हावापानीमा फलेका विभिन्न फलफूल उत्पादन गर्न जलस्रोतका सही तरिकाले सदुपयोग गरेर मात्र सम्भव छ ।
हामी हजारौं-हजार नेपाली खाडी मुलुकमा चिहान खन्न, कुखुरा भुत्ल्याउन, भेडा चराउन, जान बाध्य छौं । यस्ता समस्याहरूबाट मुक्ति पाउन हामीले जलस्रोतको सही सदुपयोग वा उपयोगलाई वृद्धि गर्नु पर्दछ । त्यसैले अब सबै उठ्नु पर्दछ, सबै लाग्नु पर्दछ अनि मात्र समृद्ध नेपालको निर्माण सम्भव हुनसक्ने विचारलाई जोडदारसँग उठाएका छन् र कार्यक्रम निर्माणको घोषणा पश्चात् अन्त्य भएको छ ।
शब्दभण्डार समाधान
अथाह ⇒ ज्यादै धेरै
नौका ⇒ डुङ्गा
अलावा ⇒ अतिरिक्त
अख्तियार ⇒ नियम कानुनद्वारा दिइएको अधिकार
नित्य ⇒ सधैँ
सर्वेक्षण ⇒ कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने निरिक्षण
निकाय ⇒ कुनै संस्था वा सदन
क) सम्पदाका
ख) हौस्याउने र अख्तियार
ग) नौका विहार
घ) चलायमान
ङ) जलस्रोतको
कृत्रिम ⇒ प्राकृतिक
विपन्न ⇒ सम्पन्न
प्राचीन ⇒ आधुनिक
साँघुरो ⇒ फराकिलो
आन्तरिक ⇒ बाह्य
सङ्कुचन ⇒ बिस्तार
कुरुप ⇒ सुन्दर
सदुपयोग ⇒ दुरुपयोग
व्यय ⇒ आय
अटुट ⇒ अटल
विष ⇒ अमृत
मञ्चासीन ⇒ मञ्चासीन महानुभावहरुको कुरामा मस्त–मगन भएर कतैबाट निकै चिसोपन मन सम्मै छिरेको अनुभुति भयो ।
द्रुततर ⇒ उपराष्ट्रपतिले द्रुततर आर्थिक विकास मुलुकको आवश्यकता रहेको बताएका छन् ।
सामर्थ्य ⇒ बाबुराम भट्टराईले गुट व्यवस्थापन गर्ने सामर्थ्य गुमाइसकेका छन् ।
खपत ⇒ हाम्रो देशमा उत्पादन गरेको विद्युत यहीँ खपत गर्नुपर्छ ।
पैनी ⇒ हामीले पैनीका माध्यमबाट खेतका गरा गरामा पानी पुर्याउनु पर्छ ।
उर्वरा ⇒ पाँगो माटोमा उर्वरा शक्ति बढी हुन्छ ।
अभियान ⇒ मेरो विद्यालयले आउदो हप्ता सरसफाइ अभियानको घोषणा गरेको छ ।
सङ्कट ⇒ कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा सरकारद्वारा अध्यादेश जारी गरिएको छ ।
गगनचुम्बी ⇒ हाम्रो देशका हिमालहरु गगनचुम्बी छन् ।
अन्नामृत ⇒ तराई क्षेत्रका फाँटहरुले हामीलाई अन्नामृत प्रदान गरेका छन् ।
निर्यात ⇒ विविन बैंकहरुले निर्यात कर्जा सुबिधा प्रदान गर्दछन् ।
प्रकृतिको सुन्दरताले भरिपूर्ण भएको हाम्रो देश नेपाल सानो छ तर यहाँ स्वर्गको अनुभव हुन्छ । खोलानाला, पहाड, वन, जङ्गल, वन्यजन्तु आदिका कारण यो देश पर्यटकीय गन्तव्य बन्न पुगेको छ । यसलाई हामीले देशोन्नतिको सिँढी बनाउनु पर्छ । यहाको सेतो सुन, पानी, कृषिजन्य उत्पादन र पर्यटन व्यवसायलाई विकास गर्न सके देशको छिट्टै काँचुली फेर्ने थियो । यहाँ एक पटक आएर प्रकृतिको छ्टालाई नियाल्ने पर्यटक फेरि आउन चाहन्छ । फेवाको फैलावट, राराको रमिता, गण्डकीको गहिराइ र चमत्कारी पानीले हाम्रो सम्पन्नताको ढोका खोल्दै छ । त्यसैले अब हामीले आफ्नो बारेमा होइन देशको बारेमा सोच्नुपर्छ ।
बोध र अभिव्यक्ति
क) पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?
पहिलो वक्ताले छ अनुच्छेदमा र दोस्रो वक्ताले आठ अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ।
ख) वक्तृता सन्चालनको विधिलाई पाठमा कसरी प्रस्तुत गरेको छ ?
विद्यालयका प्रधानाध्यापकलाई कार्यक्रमको अध्यक्ष, तीन जना शिक्षकहरु निर्णायक, एक जना शिक्षक समय पालक, एक जना विद्यार्थी कार्यक्रम अनि प्रतियोगी राखेर क्रमशः प्रतियोगी विद्यार्थीहरुलाई उद्घोषकले बोलाएर आफ्नो वक्तृता प्रस्तुत गर्ने, अन्त्यमा निर्णायकले निर्णय सुनाउने र अध्यक्षले पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी कार्यक्रम टुङ्याउने विधिलाई पाठमा प्रस्तुत गरिएको छ ।
ग) पहिलो वक्ताले जलस्रोतसम्बन्धी कुन कुन सन्दर्भलाई समेटेको छ ?
पहिलो वक्ताले जलस्रोतमा हिमाल, समुन्द्र, नदीनाला, झरना, तालतलैया, आफै पानी निस्कने मूलहरु, इनार, ट्युबवेल तथा वर्पादलाई समेटेको छ ।
घ) दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?
पहिलो वक्ताले सेतो सुनका रुपमा परिचित पानीलाई हामीले सही सदुपयोग गरेमा नेपालेको विकास गर्न सकिन्छ भनी वक्तृता समापन गरेका छन् भने दोस्रो वक्ताले जलस्रोतलाई सदुपयोग गर्न सके हामीले बेरोजगार हुनुपर्ने छैन भनी वक्तृता समापन गरेका छन् ।
ङ) नेपालमा उपलब्ध जकस्रोत के के हुन् ?
नेपालमा उपलब्ध जलस्रोतहरु हिमाल, नदीनाला, झरना, तालतलैया, आफै पानी निस्कने मूलहरु, इनार, ट्युबवेल, तथा वर्पाद आदि हुन् ।
क) नेपाली जलराशिमा कति मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ?
नेपाली जलराशिमा ८३ मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने क्षमता छ ।
ख) के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ?
देशमा भएको जलस्रोतको सम्पूर्ण क्षमताको पचास प्रतिशत मात्रै विद्धुत उत्पादन गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ।
ग) विद्युतको खपत कसरी बढाउन सकिन्छ ?
राज्यले जलविद्युतसँग सम्बद्ध उद्योग, कलकारखानाहरु खोल्ने वातावरण बनाउने, घरायसी रुपकै विद्युतको खपत बढाउन हौस्याउने नीति अख्तियार गर्ने र आफ्नो देशमा उत्पादित विद्युत विदेश पुर्याउन सके विद्युतको खपत बढाउन सकिन्छ ।
घ) जल विद्युतीकरणका लागि नेपालको भूगोल किन उपयुक्त मानिएको छ ?
बाह्रै महिना परिरहने हिउँ नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटका कारण जल विद्युतीकरणका लागि नेपालको भूगोल उपयुक्त मानिएको छ ।
क) जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी गर्न सकिन्छ ?
जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो पूर्वाधार विकासका नीति, नीयम तथा योजनाहरु निर्माण गरी विदेसिने युवा शक्तिलाई प्रयोग गरेर कार्यान्वयन गर्नुपर्छ । राज्यले जलविद्युतसँग सम्बद्ध उद्योग, कलकारखानाहरु खोल्ने वातावरण बनाउने, घरायसी रुपकै विद्युतको खपत बढाउन हौस्याउने नीति अख्तियार गर्ने र आफ्नो देशमा उत्पादित विद्युत विदेश पुर्याउन सके जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास गर्न सकिन्छ ।
ख) राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको कस्तो भुमिका हुन्छ ?
राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको महत्त्वपूर्ण भुमिका हुन्छ । नेपालमा स्तित ६ सय भन्दा बढी नदीहरु बाह्रै महिना निरन्तर बगिरहन्छन् । यिनै नदीनालाहरुलाई कुलो, पैनी वा नहर निर्माण गरेर भूमिमा पर्याप्त सिँचाइ पुर्याउन सके राष्ट्रले खाद्यान्नमा परिनिर्भर हुनुपर्दैन । सिँचाइको उचित व्यवस्थापन गरेर धर्तीको उर्वराशक्ति बढाई प्रशस्त खाद्यान्न उत्पादन गरी विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं । सिँचाइलाई आधुनिक र प्रविधिमैत्री बनाउन सकेमा खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं । रोजगारका अवसरहरु सिर्जना हुन्छन् अनि राजस्वमा वृद्धि हुन्छ । तसर्थ सम्पूर्ण उर्वर भूमिलाई सिचाइ पुर्याउन सकेमा राष्ट्रको अर्थतन्त्र दह्रो हुनेछ ।
पहिलो वक्ताका सहायक बुँदाहरु
- हामीले नेपाली भूमिमा सिचाई गरी धेरै खाध्यन्न पदार्थ उत्पादन गर्न सकिने र नेपालबाट विदेशीएका युवाहरुलाई आफ्नै देशमा काम दिलाउन सकिने,
- नेपालमा समुन्द्रबाहेक सबै प्रकारको पानीको स्रोत रहेको जसको सहि सदुपयोग गर्न सकेमा राज्यको विकास निश्चित हुने,
- नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने क्षमता भएको,
- भूमिमा सिँचाइ गरी पर्याप्त खाद्यान्न उत्पादन गर्न सकिने र नेपाली युवाहरुलाई आफ्नै भूमिमा काम दिन सकिने ।
दोसो वक्ताका सहायक बुँदाहरु
- नेपालमा पाइने कञ्चन सरी पानीलाई विश्वसामु बेची नेपाल सम्पन्न बन्न सक्ने,
- देशमा रहेको कृषियोग्य जमीनमा सिँचाइको व्यवस्था गर्न सकेमा नेपाली अर्थतन्त्रको मुहार फेरिने,
- जलस्रोतबाट हामीले देशमा विभिन्न कलकारखाना तथा उद्योगहरुको विकास पनि गर्न सकिने ।
जूलसीत र उर्जा वक्तृता विषयका अपुग विषयहरू निम्न अनुसार छन्:
- क) नेपालबाट दिनदिनै हजारौंको सङ्ख्यामा विदेश जाने युवालाई सरकारले केहि अनुसन्धन दिई देशमै जलस्रोत तथा ऊर्जा क्षेत्रमा लगाउन प्रोक्साहन गर्नुपर्छ ।
- ख) प्राकृतिक स्रोत साधनको प्रयोग गर्न सरकारी नीतिको महत्त्वपूर्ण भूमिका भएकाले उक्त क्षेत्रबाट नेपालको प्राकृतिक स्रोतहरू जस्तै वनजङ्गल, हिमाल, तालतलैया, झरना, आदिमा ध्यान दिई उक्त प्राकृतिक स्रोतको सदुपयोगमा विचार गर्नुपर्ने ।
- ग) नेपाली जन्महानुभावहरूले पानी जलस्रोत र उर्जा जस्ता प्राकृतिक स्रोत तथा साधनको उत्पादनमा ठूलो भूमिका रहने र सबै तर्फबाट यसको पहल हुनुपर्दछ ।
हामीलाई थाहा छ कि नेपालमा भएको प्रचुर प्राकृतिक सम्पत्ति भनेको नै जलस्रोत हो । नेपालमा साना ठुला गरि ६ हजार भन्दा बडी नदीहरू छन् जसमा ६ सयभन्दा बढी नदीहरू बाह्रै महिना निरन्तर बगिरहन्छन् । यसबाट ८३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गर्ने क्षमता सुरक्षित छ । नेपालको जलस्रोतको सम्पूर्ण क्षमताको पचास प्रतिशतमात्रै विद्युत् उत्पादन गर्न सक्ने हो भने यस देशको आर्थिक उन्नति हुन त्यति समय लाग्दैन । राज्यले जलविद्युतसँग सम्बद्ध उद्योग, कलकारखानाहरु खोल्ने वातावरण बनाउने, घरायसी रुपकै विद्युतको खपत बढाउन हौस्याउने नीति अख्तियार गर्ने र आफ्नो देशमा उत्पादित विद्युत विदेश पुर्याउन सके जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास गर्न सकिन्छ । हाम्रो देशमा उत्पादित जलविद्युत् विदेशसम्म पुयाएर वेच्ने वातावरण तयार गर्नुपर्छ ।
नेपालमा उपलब्ध रहेको बाह्रै महिना परिरहने हिउँ, नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटको सहमिलनबाट कुलो, पैनी वा नहर निर्माण गरेर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुन्याएर धेरै अन्न, फलफूल उब्जनी गर्न सकिन्छ । सिँचाइको उचित व्यवस्थापन गरेर धर्तीको उर्वराशक्ति बढाई प्रशस्त खाद्यान्न उत्पादन गरी विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं । सिँचाइलाई आधुनिक र प्रविधिमैत्री बनाउन सकेमा खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं । रोजगारका अवसरहरु सिर्जना हुन्छन् अनि राजस्वमा वृद्धि हुन्छ । तसर्थ सम्पूर्ण उर्वर भूमिलाई सिचाइ पुर्याउन सकेमा राष्ट्रको अर्थतन्त्र दह्रो हुनेछ ।
क) संविधानलाई किन देशको मूल कानुन भनिएको हो ?
राजनीतिक तथा नागरिक अधिकार एवम् सामाजिक सांस्कृतिक अधिकारलाई नि:सृत गर्ने मानव अधिकारका मूलभूत मान्यताहरुलाई अङ्गीकार गर्ने हुनाले संविधानलाई देशको मूल कानुन भनिएको हो ।
ख) सबैके कानुनको परिपालना नगरे के हुन्छ ?
कुनै पनि व्यक्ति, संग्संस्था तथा अरु कसैले पनि कानुन पालना नगरे एक आदर्श, समृद्ध सभ्य, अनुशासित र मर्यादित समाज निर्माण गर्न सकिदैन ।
ग) अध्यादेशबाट निर्मित कानुन संसद बैठकबाट किन अनुमोदन गराउनुपर्छ ?
आवश्यक परेमा संसद नबसेको बेलामा नेपाल सरकारले देवानी र फौजदारी कानुन अध्यादेशमार्फत निर्माण गर्न सकिन्छ र त्यसलाई कानुनी मान्यता दिनको लागि संसद बैठकबाट अनुमोदन गराउनुपर्छ ।
घ) `सङ्घीय संसद´ र `अध्यादेश´ को अर्थ लेख्नुहोस् ।
सङ्घीय संसद : लोकतान्त्रिक तथा प्रजातान्त्रिक मुलुकहरुमा जनताद्वारा निर्वाचित सर्वोच्च संस्था ।
अध्यादेश : संसदको अधिवेशन नभएको बेला खास समयका निम्ति आवश्यक परेमा राष्ट्रको सर्वोच्च संस्थाबाट विशेष अधिकारको प्रयोग गरी जारी भएको आदेश ।
बुँदाहरु ;
- छ हजारभन्दा बढी खोलानाला भएकाले नेपाललाई नदीनालाको देश भनिनु,
- नेपालबाट १७० अरब क्युविक मिटर पानी गङ्गा नदीमा मिलेर बङ्गालको खाडीमा पुग्नु,
- एकातिर यति धेरै पानीलाई हामीले सदुपयोग गर्न सकेनौ भने अर्कोतिर हाम्रो देशको माटो देश बाहिर जाने क्रमलाई रोक्न नसक्नु,
- यसरी खेर गएको जलसम्पदालाई सदुपयोग गरी देश विकासमा लगाउनु पर्ने,
- देशको आर्थिक विकाश गरी विद्यमान खाद्यान्न, ऊर्जा र अन्य समस्याहरुको निराकरण गर्न विद्युत् शक्ति सर्वोपरि हुने,
- जलविद्युतको अलवा कोइला, ग्यास, खनिज, तेल आदि अन्य शक्तिलाई ऊर्जाको रुपमा प्रयोग गरी देशविकासमा लगाउनुपर्ने ।
व्याकरण अभ्यास
क) उद्देश्य ⇒ युवाशक्ति
विधेय ⇒ छन्ख) उद्देश्य ⇒ जल
विधेय ⇒ हुन्छन्ग) उद्देश्य ⇒ बेरोजगारहरु
विधेय ⇒ आउने छन्घ) उद्देश्य ⇒ अन्य वक्ता
विधेय ⇒ राख्नुहुन्छङ) उद्देश्य ⇒ प्रधानाध्यापक
विधेय ⇒ टुङ्याउनुहुन्छ
क) उद्देश्य ⇒ बहिनी
उद्देश्य विस्तार ⇒ उसकी
विधेय ⇒ बस्दिनन्
विधेय विस्तार ⇒ निर्वाचन समितिमाख) उद्देश्य ⇒ ऊ
उद्देश्य विस्तार ⇒ धेरै दिनपछि मनलाई दरो पारी
विधेय ⇒ गई
विधेय विस्तार ⇒ आँगनतिरग) उद्देश्य ⇒ मान्छे
उद्देश्य विस्तार ⇒ आज बिहान हिडेको
विधेय ⇒ पुगेछ
विधेय विस्तार ⇒ छिटै नै दार्चुलाघ) उद्देश्य ⇒ तिम्रो पहिरन
उद्देश्य विस्तार ⇒ गाउँमा
विधेय ⇒ देखिन्छ
विधेय विस्तार ⇒ गजबको
१. दिइएको अनुच्छेदका वाक्यहरुको लिङ्ग परिवर्तन गर्नुहोस् :
मेरी बहिनी विद्यालय गई । मेरो भाइ पनि विद्यालय गयो । बहिनी सरासर कक्षामा पसी । भाइ चाहिँ बाटामा साथीसँग कुराकानी गर्न थाल्यो । भान्जीले बाटोमै भाइलाई भेटिन् । बुबाले पनि भाइलाई बाटोमै भेट्नुभयो ।
२. दिइएका वाक्यलाई कोष्ठमा बताएअनुसार परिवर्तन गर्नुहोस :
क) जेठो छोरो आउँदै छ । ( स्त्रीलिङ्ग ) ⇒ जेठी छोरी आउँदै छे ।
ख) उसकी बहिनी घरमा बसेकी छे । ( पुलिङ्ग ) ⇒ उसको भाइ घरमा बसेको छ ।
ग) तिम्रा छोराहरु असल छन् । ( स्त्रीलिङ्ग ) ⇒ तिम्री छोरीहरु असल छन् ।
घ) सानी नानी पानी भर्छिन् । ( पुलिङ्ग ) ⇒ सानो बाबू पानी भर्छन् ।
३. दिइएको अनुच्छेदका वाक्यहरुको वचन परिवर्तन गर्नुहोस् :
हामीले गाउँमा हाम्रा पुराना साथीहरु भेट्यौँ । मैले धेरैबेर कुरा गरेँ । साथीहरुले आफ्ना प्रगतिका कथा सुनाए । तिमीहरु पनि एकछिनमा आइपुग्यौ । उनीहरुले तिमीहरुलाई चिनेनन् । तिमीले उसलाई बिर्सिएछौ ।
४. दिइएका वाक्यहरुलाई कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस् :
क) सानो छोरो रोयो । ( बहुवचन ) ⇒ साना छोराहरु रोए ।
ख) तिम्रा बहिनीहरु खेल्छन् । ( एकवचन ) ⇒ तिम्री बहिनी खेल्छिन् ।
ग) त्यो फूल ओइलियो । ( बहुवचन ) ⇒ ती फूलहरु ओइलिए ।
घ) असल मान्छेहरु नम्र हुन्छन् । ( एक्वचन ) ⇒ असल मान्छे नम्र हुन्छ ।
५. दिइएका वाक्यहरुलाई कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस् :
क) हामीले सर्प र बिच्छी देखेका छौँ । ( तृतीय पुरुष ) ⇒ उनीहरुले सर्प र बिच्छी देखेका छन् ।
ख) हजुर किन हास्नुभयो ? ( प्रथम पुरुष ) ⇒ म किन हाँसे ?
ग) उहाँ राम्ररी बोल्नुहुन्छ । ( प्रथम पुरुष ) ⇒ म राम्ररी बोल्छु ।
घ) हामी ज्यादै दु:खी छौँ । ( द्वितीय र तृतीय पुरुष ) ⇒ तिमीहरु ज्यादै दु:खी छौँ ।
उनीहरु ज्यादै दु:खी छन् ।ङ) तिमीहरु होहल्ला गर्दै छौ । ( तृतीय र प्रथम पुरुष ) ⇒ उनीहरु होहल्ला गर्दै छन् ।
हामी होहल्ला गर्दै छौ ।
६. कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस् :
क) तँ भात खान्छस् । ( उच्च आदरार्थी ) ⇒ हजुर भात खानुहुन्छ ।
ख) हजुर कहिले फर्किनुहुन्छ ? ( सामान्य आदरार्थी ) ⇒ तिमी कहिले फर्किन्छौ ।
ग) तिमी सबैलाई चिन्छौ । ( उच्च आदरार्थी ) ⇒ हजुर सबैलाई चिन्नुहुन्छ ।
घ) ऊ प्रथम हुन्छ । ( मध्यम आदरार्थी ) ⇒ उनी प्रथम हुन्छिन् ।
ङ) धनीलाल गाउँमा बस्छ । ( उच्च आदरार्थी ) ⇒ धनीलाल गाउँमा बस्नुहुन्छ ।
७. दिइएको अनुच्छेदका वाक्यहरुलाई करण भए अकरणमा र अकरण भए करणमा बदल्नुहोस् :
उनीहरु प्रदशनीमा गएनन् । हामी चाहिँ गयौ । तिमीहरु पनि गएछौ नि । उनीहरु कुनै पनि स्थलहरुको भ्रमण गरेनछ्न् । हामी त त्यत्तिकै बसेनौ । नयाँ नयाँ कुराहरु देख्यौ ।
८. कोष्ठकमा बताएअनुसार परिवर्तन गर्नुहोस् :
क) उनीहरु धेरै राम्रा छन् । ( अकरण ) ⇒ उनीहरु कति पनि राम्रा छैनन् ।
ख) तिमी कहिल्यै नराम्रो बोल्दैनौ । ( करण ) ⇒ तिमी सधै राम्रो छौ ।
ग) आज धेरै जाडो होला जस्तो छ । ( अकरण ) ⇒ आज कति पनि जाडो होला जस्तो छैन ।
घ) पानी परेन र जाडो भएन । ( करण ) ⇒ पानी पर्यो र जाडो भयो ।
ङ) उसले चिनेको मान्छे बाटामा भेट्यो । ( अकरण ) ⇒ उसले चिनेको मान्छे बाटामा भेटेन ।
९. कोष्ठका सहायताले तलका वाक्यहरु (काल, पक्ष, भाव, वाच्य र प्रेरणार्थ ) परिवर्तन गर्नुहोस् :
क) म घरमै बस्छु । ( सामान्य भूत) ⇒ म घरमै बसेँ ।
ख) हामी चिठी लेख्छौ । (अपूर्ण भूत) ⇒ हामी चिठी लेख्दै थियौँ ।
ग) तँ त्यही बस्छस् । (पूर्ण भूत ) ⇒ तँ त्यही बसेको थिइस् ।
घ) तिमीहरु गृहकार्य गर्छौ ।(अभ्यस्त भूत) ⇒ तिमीहरु गृहकार्य गर्थ्यौ ।
ङ) तपाईं पोखरा जानुहुन्छ । (अज्ञात भूत ) ⇒ तपाईं पोखरा जानुभएछ ।
च) उनीहरु बजार गएछ्न् । (सामान्य वर्तमान) ⇒ उनीहरु बजार जान्छन् ।
छ) तिमी सधै डुल्थ्यौ । (अपूर्ण वर्तमान) ⇒ तिमी सधै डुल्दै छौँ ।
ज) नरेशले रुख ढाल्यो ।(पूर्ण वर्तमान) ⇒ नरेशले रुख ढालेको छ ।
झ) उहाँहरु यहाँ आउनुभयो । (सामान्य भविष्यत) ⇒ उहाँहरु यहाँ आउनुहुनेछ ।
ञ) उनी गट्टा खेल्थिन् । (अपूर्ण भविष्यत्) ⇒ उनी गट्टा खेल्दै हुनेछिन् ।
ट) सानी पाठ पढ्थिन् । (पूर्ण भविष्यत् ) ⇒ सानीले पाठ पढेकी हुनेछिन् ।
ठ) उनीहरु खेल खेल्छन् । (सम्भावनाअर्थ) ⇒ उनीहरु खेल खेल्लान् ।
ड) तिमीहरु बजार गयौ । (आज्ञार्थ) ⇒ तिमीहरु बजार जाओ ।
ढ) तपाईं मिठाई खानुहोला । (अनुरोधार्थ) ⇒ तपाईं मिठाई खाइदिनुहोस् ।
ण) तँ फुटबल खेल्छस् । (इच्छार्थ) ⇒ तैले फुटबल खेलेस् ।
त) भाइहरु मेहनत गर्छन् । (प्रश्नार्थ) ⇒ भाइहरु मेहनत गर्छन् ?
थ) मैले पर्यटकहरु देखे । (कर्मवाच्य) ⇒ मद्वारा पर्यटकहरु देखिय ।
द) उनीहरु यतैतिर आऊन् । (भाववाच्य) ⇒ (उनीहरु )यतैतिर आइयोस् ।
ध) उनीहरुले घर बनाएका छन् ।(कर्मवाच्य) ⇒ उनीहरुद्वारा घर बनाइएको छ ।
न) तिमी कथाहरु पढौला । (प्रेरणार्थ) ⇒ शिक्षकले तिमीलाई कथाहरु पढाउनुहोला ।
प) ऊ घरमै बसोस् । (प्रेरणार्थ) ⇒ आमा उसलाई घरमै बसाउनुहोस् ।
फ) गुरुले तिमीलाई के के पढाउनु भएको छ ? (अप्रेरणार्थ) ⇒ तिमीले के के पढेका छौ ।
उक्ति
१. दिइएका कथनहरु प्रत्यक्ष वा अप्रत्यक्ष के हुन् छुट्याउनुहोस् :
- क) प्रत्यक्ष कथन
- ख) अप्रत्यक्ष कथन
- ग) प्रत्यक्ष कथन
- घ) अप्रत्यक्ष कथन
- ङ) अप्रत्यक्ष कथन
- च) प्रत्यक्ष कथन
२. दिइएका वाक्यहरुलाई अप्रत्यक्ष कथनमा बदल्नुहोस् :
क) समाजको अवस्था दयनीय छ भनी पूर्णमानले बतायो ।
ख) सन्तोषले गम्भीर हुँदै नेपालमा विकासको नयाँ परिभाषा चाहिएको छ, भन्यो ।
ग) परिभाषा बदल्दैमा समाजको समस्या समाधान हुँदोरहेनछ भनी सन्जीवले चिन्ता व्यक्त गर्यो ।
घ) समाज परिवर्तनका लागि आफू पनि खट्ने कुरा विमलाले उत्साहका साथ व्यक्त गरीन् ।
३. दिइएको अनुच्छेदलाई प्रत्यक्ष कथनमा बदल्नुहोस् :
आमाले छोरीलाई भन्नुभयो, “के गर्दैछ्यौ ?” छोरीले भनिन्, ” वक्तृताका लागि सामग्री सङ्कलन गरिरहेको छु ।” आमाले भन्नुभयो, ” म पनि वक्तृताको विषयमा चासो राख्छु ।” छोरीले आमालाई भनिन्, ” नेपालको सिँचाइ स्थिति कस्तो छ ।”
Queries Solved
- ✓ class 11 nepali notes chapter 12
- ✓ class 11 nepali notes pdf download 2083
- ✓ class 11 nepali chapter 12 exercise
- ✓ jalsrot ra urja summary
- ✓ class 11 nepali jalsrot ra urja
- ✓ jalsrot ra urja question answer
- ✓ neb class 11 nepali solution chapter 12
- ✓ class 11 nepali guide chapter 12
- ✓ jalsrot ra urja class 11 nepali exercise
- ✓ class 11 nepali model question 2083
