त्यो फेरि फर्कला ? (Tyo Feri Farkala)
Class 11 Nepali Chapter 6 Complete Guide
कक्षा ११ अनिवार्य नेपालीको छैटौँ पाठ “त्यो फेरि फर्कला ?” (मनोवैज्ञानिक कथा) को पूर्ण अभ्यास, व्याकरण, शब्दभण्डार, र सङ्क्षिप्त उत्तरहरू।
Tyo Feri Farkala पाठको परिचय
“त्यो फेरि फर्कला ?” भवानी भिक्षुद्वारा लिखित एक उत्कृष्ट यौन मनोवैज्ञानिक कथा हो। यस कथामा प्रमुख नारी पात्र सानीको अवचेतन मनमा दबेको अतृप्त वासना र प्रेमको तीव्र चाहनालाई प्रस्तुत गरिएको छ।
एक रात बास बस्न आएको अपरिचित यात्रीप्रति सानीको एकतर्फी आकर्षण, लामो प्रतीक्षा, र अन्त्यमा प्राप्त हुने यथार्थको निराशालाई कथाकारले अत्यन्त मार्मिक ढङ्गले मनोवैज्ञानिक विश्लेषण गरेका छन्।
शब्दभण्डार समाधान
सुदूर ⇒ निकट
कृतज्ञता ⇒ कृतघ्नता
वेदना ⇒ खुसी
प्रदीप्त ⇒ अन्धकार
अतीत ⇒ भविष्य
मूक ⇒ सस्वर
प्रवाह ⇒ स्थिर
क) निरन्तर
ख) बेवास्ता
ग) असजिलोपन
घ) मन ठेगानमा नभएको अवस्था
ङ) ज्यादै प्रतीक्षा गरिएको
च) सुनसान
क) असजिलोपन ⇒ सङ्कोच
ख) सुक्खा ⇒ शुष्क
ग) लजालु ⇒ लज्जावन्त
घ) रुवाई ⇒ रुदन
ङ) पर्खाइ ⇒ प्रतीक्षा
च) धुलोपीठो ⇒ चूर्णविचूर्ण
छ) व्यक्त नभएको ⇒ अव्यक्त
ज) वज्रभन्दा पनि ⇒ बज्रादपी
क) “ता” प्रत्यय लागेका चारवटा शब्द खोज्नुहोस् ।
उदासिनता, शून्यता, प्रसन्नता र उत्फुल्लता ।
ख) चारवटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस् ।
दुष्कल्पना, असुविधा, प्रकार र प्रदीप्त ।
ग) यस अनुच्छेदमा प्रयुक्त दसओटा तत्सम शब्दहरुको सूची बनाउनुहोस् ।
यात्री, भयानक, प्रतीक्षा, शून्य, आशा, भावना, दुष्कल्पना, नित्य, प्रकार र प्रदीप्त ।
पर्यन्त (अन्तिम सीमा, हद) ⇒ आश्रममा जीबन पर्यन्त सिकाईलाई सीप र ज्ञानका लागि सहयोग कार्यक्रम गरिएको छ ।
निस्तब्ध (सुनसान) ⇒ निस्तब्ध अन्धकार वनमा रामले बजाएको भोइलिनको स्वर अलौकिक तवरले गुञ्जन थाल्यो ।
उद्विग्न (ब्याकुल, चिन्तित) ⇒ पानीले बाली नाश भएको देखेर बुबा उद्विग्न हुनुभयो ।
उल्लास (आनन्द) ⇒ हामी सबै साथीहरु मिलेर घुम्न गएको उल्लास म कहिल्यै भुल्न सक्दिन ।
क्लान्त (थाकेको) ⇒ आमालाई क्लान्त अवस्थामा देखेर रुन मन लाग्यो ।
शिथिल (थकित) ⇒ आज दिनभर बारीमा काम गरेकाले म शिथिल भएको छु ।
मधुरिमा (मिठास) ⇒ श्रेयाको गीतको मधुरिमा म मन्त्रमुग्ध भए ।
विषद् (ठुलो, फराकिलो) ⇒ रोसनका लागि मेरो मनमा विषद् माया र ममता छ ।
सामन्जस्य (मेलमिलाप) ⇒ हामी सबैमा सामन्जस्यको भावना हुनुपर्छ ।
उत्सर्ग (त्याग) ⇒ गरिवीका कारढ मैले कतिपय सपनाहरु उत्सर्ग गरेको छु ।
अभ्यन्तर (भित्री मन) ⇒ रामले अभ्यन्तर देखि नै सीतालाई प्रेम गर्छु भन्यो ।
विलुप्त (लोप भएको) ⇒ दाजु विलुप्त हुनुभएको पनि दस वर्ष हुन लग्यो ।
बोध र अभिव्यक्ति
क) कथा कति अनुच्छेदमा संरचित छ ?
कथा ५२ अनुच्छेदमा संरचित छ ।
ख) कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?
कथाको सबैभन्दा लामो अनुच्छेद ३८औ अनुच्छेद हो ।
ग) कथाको कुन अनुच्छेदमा पुग्दा सानी र यात्रीको भेट भएको छ ?
कथाको ४४औ अनुच्छेदमा पुग्दा सानी र यात्रीको भेट भएको छ ।
घ) संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा कतिओटा छन् ?
संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा १८ ओटा छन् ।
२) च) आमाले बास बस्न अनुमति दिनु,
३) झ) आमाको स्वीकृति र यात्री बाँस बस्ने निश्चिति भएपछि सानी खुसी हुनु,
४) ठ) यात्रीको बासका लागि सानी सक्रिय भएर लाग्नु र भित्रभित्रै यात्रीप्रति आकर्षित हुनु,
५) क) यात्री सुतेपछि सानी यात्रीका कल्पनामा डुबुल्की मार्नु,
६) ण) अनायास सानी यात्री सुतेको ठाँउमा पुग्नु र यात्री निश्चिन्त सुतिरहेको हुनु,
७) घ) यात्री बिदा भएर गएपछि प्रत्येक दिन यात्रीलाई सम्झिनु,
८) ङ) पन्ध्रौं दिनसम्म उत्साहपूर्वक रुपमा सानी बस्नु तर यात्री नफर्कनु,
९) ग) समयक्रममा सानीको विवाह हुनु,
१०) छ) सानीकी आमाको स्वर्गे भएपछि सानी त्यहाँ गएर आमाको पेसा अँगालेर बस्नु,
११) ज) एकदिन अचानक त्यहीँ यात्री आएर बास माग्नु,
१२) ञ) सानीले प्राणपर्यन्तसम्म पर्खेको यात्रीले कुराकानीको क्रममा तिमी त बुढी भइसकिछ्यौ भन्नू,
१३) ड) आफुले मात्र यात्रीको प्रतीक्षा गरेको तर यात्रीले त्यस्तो कुनै आग्रह, अनुराग नभएको थाहा पाउनु,
१४) ढ) बिहान हुनेबित्तिकै पहिले झैँ यात्री हिड्नु,
१५) ट) सानीको दीर्घ प्रतीक्षा समाप्त हुनु
क) सानी के कारणले निस्तब्ध भई ?
सानीले त्येस यात्रीको श्रीमती होली भन्ने कुरा सम्झिएर निस्तब्ध भई ।
ख) यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?
यात्री सुतेको देखेपछि सानीलाई यात्रीलाई प्राप्त गर्ने डर युक्त लोभ भयो ।
ग) टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?
टुकी बालेपछि आमा वा यात्रीले थाहा पाउने हुनकि भनेर सानीलाई डर लाग्यो ।
घ) सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?
यात्रीप्रतिको आकर्षण प्रस्तुत गर्न नसकेता पनि यात्रीलाई नहेरी नहुने उत्सुक्ताले सानिको मनोदशा परिवर्तित भएको छ ।
क) अ) सानीको प्रतीक्षाले उसको कस्तो मनस्थितिलाई देखाएको छ ?
सानीको प्रतीक्षाले उसको यौन मनस्थितिलाई देखाएको छ । युवा यात्रीप्रतिको अव्यक्त प्रेमाकर्षणका कारण दमित यौन कुण्ठाको शिकार बनेकी सानीको दमित यौनेच्छालाई उद्घाटन गरी सानीको अवचेतन मनले चेतन मनमा पारेको प्रभावका कारण जीवनमा आएका मनोदशा एवं विक्षिप्त मानसिक उतारचढावलाई प्रस्तुत गरिएको छ । यसरी यस कथाले सानीको अतृप्त यौनेच्छा, प्रणय, वासना एवं कुण्ठित, विक्षिप्त, विचलित अतृप्त यौन कुण्ठाले ग्रसित मानसिक उतारचढावको रतिरागयुक्त यौनमनोविज्ञान प्रस्तुत गरेको छ ।
आ) सानीको जीवनमा के कस्ता उतारचढावहरु देखिन्छन् ?
सानीको जीवनमा धेरै ठूला ठूला मनोवैज्ञानिक उतारचढावहरु देखिन्छन् । विवाह गरेर पोइको घरमा गएपछि पनि सानीले कुनै क्षण त्यो एक रात बास बस्न आएको यात्रीलाई विर्सन सकेकी छैन । अर्काकी श्रीमती भएपछि पनि त्यो यात्री आउला र आफूलाई लग्ला भन्ने तृष्णारूपी आशाले सानीलाई छाडेको छैन । जसको प्रतीक्षा गरेकी छे उसलाई प्राप्त गर्न सकेकी छैन यसरी सानीले आफूले सोचे जस्तो जीवन भोग्न पाएकी छैन । अतः सानीको जीवनमा तृष्णा, मोह, आशक्ति, कुण्ठा, छटपटी, बेचैनी, देखावटीपन, तिव्र इच्छा, चाहना, निराशा जस्ता उतारचढावहरु देखिन्छन् ।
ख) अ) सानीको प्रतीक्षा कसरी समाप्त भयो ?
आमाको मृत्युपछि माइतमै पुरानै पेसा चलाइ बस्ने क्रममा यात्रीको पुनरागमन हुन्छ तर सानीको एकतर्फी प्रेमाशक्ति यात्रीलाई भने आभाष समेत हुदैन । अतः यात्रीले सानीप्रति कुनै प्रेमभाव, आग्रह, अनुराग नराखेको कुरा थाहा पाएपछि सानीको प्रतीक्षा समाप्त भयो ।
आ) यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
यस अनुच्छेदमा आफू पहिले जस्तै छु भन्ने मनोविज्ञान सानीमा रहेको छ तर जब यात्रीले तिमी त बुढी भइछ्यौ भन्दा सानी यथार्थमा आएकी छिन् । सानीले आफूलाई सधै यौवना नारी नै सम्झिरहने, आफ्नो उमेर पनि कटेको थाहा पाइनन् । अतः आफ्ना सोचाइ, इच्छा, आकाङ्क्षा पूरा नहुँदा सानी शिथिल, क्लान्त, गलेजस्तो, बिरामी भएजस्तो विक्षिप्त मनोविज्ञानको चित्रण गरिएको छ ।
क) समस्त जगतमा …………………………….. रहन जान्थ्यो ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘त्यो फेरि फर्कला ?’ (Tyo Feri Farkala) मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो। यस कथाका लेखक भवानी भिक्षु हुन् । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
नारी जातिलाई ममता, मायाकी खानी मानिन्छ । नारीमा सहनशक्ति पनि ज्यादै हुन्छ नारीको ममताका कारण एउटा परिवार एउटा सूत्रमा बाँधिन सक्छ त्यो ममता नहुने हो भने परिवार विखण्डित हुनसक्छ । नारीले संसारमा ममता नवाडेको भए यो विश्व मरुभूमि जस्तै हुने थियो । जस्तोसुकै दुःख सहेर भएपनि नारीले माया बांडेकी हुन्छे । आफ्ना सारा इच्छा, आकाङ्क्षा र मनोकामनालाई थाती राखी एउटी नारीले आफ्नो त्याग र उत्सर्ग देखाउन पनि पछि पर्दिनन् । त्यो फेरि फर्केला? कथामा पनिसानीको विवाह भएको छ । घरमा लोग्नेसहित परिवार छ तर पनि उसल त्यो यात्रीलाई पर्खिन छोडेकी छैन । उसले आफ्नो परिवारको सम्पूर्ण जिम्मेवारी पूरा गरेकी छे घरमा सबैलाई गर्ने माया ममतालाई कमी आउन दिएकी छैन । ऊ त्यो एक रात वास वस्न आएको यात्रीलाई पनि त्यति नै माया गर्छे जति घरका उसका अन्य सदस्यहरू हुन् । तसर्थ सानीको माध्यमबाट कथाकारले समस्त जगतमा नारी कै महान ममता छरिन नगएको भए यो विशाल विश्व शुष्क रुख झै निर्जीव काठ मात्र रहन जान्थ्यो भनेर देखाएका छन् ।
ख) प्रेम जीवनको …………………………………… अस्तित्वको विलुप्ति ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘त्यो फेरि फर्कला ?’ मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो । यस कथाका लेखक भवानी भिक्षु हुन् । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
संसार प्रेममा अडेको छ । प्रेमकै कारण यो ससार यति रमणीय भएको छ । मानिसको जीवनलाई अगाडि बढाउनका लागि सधै पवित्र प्रेमको आवश्यकता पर्दछ । सानो हुन्जेलसम्म आमाको पवित्र प्रेमले मानिसलाई जीवन अगाडि बढाउन सहयोग गर्दछ । बढ्दै जाँदा साथीभाइ र समाजको प्रेमले सही गोरेटोमा हिडाउँछ । जब यौवन अवस्थामा पुग्छ तब उसलाई पति/पत्निको पवित्र प्रेमको आवश्यकता पर्दछ । यसरी मानव जगतमा मात्र नभएर यश संसारका हरेक प्राणीलाई प्रेमको आवश्यकता पर्दछ । प्रेमका लागि मानिसले ठूला ठूला त्याग गरेका हुन्छन् । आफूले त्याग गर्दा पनि त्यो प्रेम प्राप्त नभए पनि मानिसको आफ्नो अस्तित्व नै विलुप्त हुँदै जान्छ ।
यस कथामा एक दिन वास बस्न आएको यात्रीलाई प्राप्त गर्ने सानीको उत्कट इच्छा छ । आफ्नो विवाह भएपछि पनि उसैलाई प्रेम गरेकी छे । उसले जीवनको उत्तरार्धसम्म त्यस यात्रीको प्रतीक्षा गरेकी छे तर यात्रीले सानीप्रति कुनै प्रेमभाव, आग्रह, अनुराग नराखेको कुरा थाहा पाएपछि सानीको प्रतीक्षा समाप्त भएको देखाएर कथाकारले प्रेम जीवनको बाटो हो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति हुन्छ भनेर पुष्टि गरेका छन् ।
क) दिइएका सन्दर्भका आधारमा सानीको चरित्र चित्रण गर्नुहोस् : (अ) कथागत भुमिका (आ) पारिवारिक स्थिति (इ) शारीरिक स्थिती (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिति
सानी
सानी यस कथाकी प्रमुख नारी पत्र एवम केन्द्रीय पात्र हो । सम्पूर्ण कथावस्तु सानीको सेरोफेरोमा रचिएको छ । सानीले एक छोरी, बुहारी, पत्नी र प्रेमिका भएर यस कथामा भूमिका निर्वाह गरेकी छे । विवाहपूर्व नै माइतमा आमासँगै भट्टी पसल चलाएर बसेकी सानीको पारिवारिक अवस्था निम्नवर्गीय नै देखिन्छ । भर्खरै यौवनको सिढीमा उक्लिदै गरेकी सानीको मनमा नयाँ नयाँ इच्छा र आकाङ्क्षा पलाइरहन्छन् । सानीको वैशालु मनले यात्रीप्रति अनुराग देखाउँदै उसको विचलित मानसिक स्थितिको चित्रण गरिएको छ । पुष्ट शरीर वान्की मिलेको अनुहार भएपनि जीवनको पछिल्लो चरणमा बुढ्यौलीका सङ्केतहरू देखिएका छन् । सानीको मानसिक स्थिति विक्षिप्त छ । आर्थिक अवस्था कमजोर हुनु, पहाडको विकट स्थानमा सामान्य होटल गरे तापनि होटलमा फाट्ट फुट्ट मात्र मानिस आउनाले उसको आर्थिक अवस्था कमजोर देखिएको छ ।
ख) “त्यो फेरि फर्केला?” कथाले कस्तो मनोविज्ञान प्रस्तुत गरेको छ ?
“त्यो फेरि फर्केला?” कथा भवानी भिक्षुद्वारा रचिएको यौन मनोवैज्ञानिक कथा हो । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । मानिसको अवचेतन मनमा रहेको इच्छा आकाङ्क्षा कसरी, कुन रूपमा प्रकट हुन्छ भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ । नारीमनका यौनजन्य क्रियाकलाप स्वस्थ र प्रेममय रूपमा कसरी बाहिर निस्कन्छन् र तिनले उनीहरूलाई कसरी प्रत्यक्ष असर गरेको हुन्छ भन्ने कुरालाई यस कथामा मनोवैज्ञानिक ढड्गले प्रस्तुत गरिएको छ । यौनआकाक्षाले जीवनमा कस्तो कस्तो इच्छा जागृत हुन्छ र त्यसका लागि मानिसले के कस्तो व्यवहार गर्दछ भन्ने कुरालाई समेत यहाँ चर्चा गरिएको छ । प्रेम एकतर्फी हुँदा पनि समस्या आउछ भन्ने मनोविज्ञानलाई कयामा सानीका माध्यमबाट प्रस्तुत गरिएको छ । समग्रमा सानीको माध्यमबाट नेपाली नारीहरुको दमित र कुण्ठित मनोविज्ञानको प्रस्तुति येस कथामा पाइन्छ ।
ग) “त्यो फेरि फर्केला?”कथामा सामाजिक,आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसरी गरिएको छ ?
“त्यो फेरि फर्केला?” भवानी भिक्षुद्वारा लेखिएको एक उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
यस कथामा सामाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण गरिएको छ । मधेशबाट यात्रीहरु चितलाङको बाटो हुदै काठमाडौँ आउने प्रसङ्गको चर्चा गरिएबाट यस कथामा राणाकालीन समाजको सामान्य जनजीवनको चित्रण गरिएको छ । मार्खुको बाटोमा होटेल गरेर बस्ने सानी र उसकी बुढी आमाको माध्यमबाट पहाडी जीवनका कष्टकर अवस्थाहरुको सजीव चित्रण पाइन्छ । वर्गीय विभेदकै कारण नेपाली ग्रामीण समाजमा आर्थिक असमानता रहेको देखिन्छ । धनीहरुले सुविधा सम्पन्न होटलहरु खोले पनि गरिवहरु भट्टी पसल खोली जीवन यापन गर्ने गरेको र त्यसमा पनि एकल महिलाहरुको वाध्यात्मक अवस्था रहेको पाइन्छ । यस कथामा सामाजिक र आर्थिक रुपमा पछि परेको समाज भएपनि, प्राकृतिक रुपमा सुन्दर रहेको पाइन्छ । स्वच्छ, शान्त, प्रदूषणरहीत, हरियालीका साथै सूर्यको सुनौलो किरणले हिमालमा देखिने स्वर्णीम दृश्य, वनपाखा पखेरा एवं खोलाहरुको प्राकृतिक सङ्गीतले प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरम प्राकृतिक परिवेशको चित्रण गरिएको पाइन्छ । तसर्थ “त्यो फेरि फर्केला?” सामाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रणलाई मनोवैज्ञानिक ढंगबाट प्रस्तुत गरिएको छ ।
घ) “त्यो फेरि फर्केला?”कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस् ।
“त्यो फेरि फर्केला?” भवानी भिक्षुद्वारा लेखिएको एक उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यो कथा कथावस्तुका आधारमा सार्थक छ । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
मधेशबाट यात्रीहरु चितलाङको बाटो हुदै काठमाडौँ आउने प्रसङ्गको चर्चा गरिएबाट यस कथामा राणाकालीन समाजको सामान्य जनजीवनको चित्रण गरिएको छ । मार्खुको बाटोमा होटेल गरेर बस्ने सानी र उसकी बुढी आमाको माध्यमबाट पहाडी जीवनका कष्टकर अवस्थाहरुको सजीव चित्रण पाइन्छ । एक दिन युवा यात्री आफ्नै घरमा बास वस्न आएपछि सानीमा रतिरागयुक्त काम वासना जागृत भई युवाप्रति आशक्तियुक्त अव्यक्त एकतर्फी प्रेम गर्छे जसका कारण उसमा मानसिक विचलन आउँछ । दमित यौन कुण्ठाको शिकार बन्दछे । यात्री भोलिपल्ट नै गए पनि उसकै अनन्त प्रतीक्षामा बसिरहन्छे । आफ्नो अमूक प्रेम यात्री त्यो कहिले फर्कला ? भनी उसकै बाटो हेरिरहन्छे । विवाह गरेर पोइको घरमा गएपछि पनि सानीले कुनै क्षण त्यो एक रात बास बस्न आएको यात्रीलाई विर्सन सकेकी छैन । अर्काकी श्रीमती भएपछि पनि त्यो यात्री आउला र आफूलाई लग्ला भन्ने तृष्णारूपी आशाले सानीलाई छाडेको छैन । मन नलागी नलागी विवाह गर्नु परेको छ विवाह गरेपछि पनि उसले एउटा यात्रीलाई सदा सम्भिरहेकीहुन्छे । उसको प्रतीक्षाको समाप्तिसँगै कथानक पनि समाप्त भएको छ । यसरी समग्र कथावस्तुको केन्द्रीय मर्मअनुसार कथाको शीर्षक राखिएकाले त्यो फेरि फर्कला ? कथाको शीर्षक सार्थक देखिन्छ ।
प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘त्यो फेरि फर्कला ?’ मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो। यस कथाका लेखक भवानी भिक्षु हुन् । यस कथामा कथाकी प्रमुख नारी पात्र सानीको अवचेतन मनको अतृप्त वासना, दमित यौन कुण्ठा, आवेग र संवेगका उतारचढावलाई सुन्दर चित्रण गरिएको छ । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
यस कथामा तराईबाट काठमाडौँ आउने क्रममा विच बाटोमा रहेको चितलाङ नजिकैको मार्खु र त्यही ठाउँमा होटल व्यवसाय गरेर बसेकी सानीका जीवनमा आएको उमेर मिल्दो यात्री र उसले पारेका प्रभावलाई यस कथामा चित्रण गरिएको छ । सानी पहिलो नजरमै युवा प्रति आकर्षित भएकी छे । यात्री भोलिपल्ट नै गए पनि उसकै अनन्त प्रतीक्षामा बसिरहन्छे । आफ्नो अमूक प्रेम यात्री त्यो कहिले फर्कला ? भनी उसकै बाटो हेरिरहन्छे । विवाह गरेर पोइको घरमा गएपछि पनि सानीले कुनै क्षण त्यो एक रात बास बस्न आएको यात्रीलाई विर्सन सकेकी छैन ।
तसर्थ आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानीले गरेको दीर्घ प्रतीक्षा मलाई उमेरमा भएको प्रेम जस्तो लाग्यो । यौषनावस्थामा प्रवेश गर्दा भएको प्रेमले जीवनभर प्रभाव पार्छ भन्ने कुरालाई सानीको जीवनबाट पुष्टि हुन्छ ।
- १) हरियाले हातमा के लिएर उभिरहेको थियो ?
- २) सलाम कसलाई छोडेर कहाँ र किन गएको थियो ?
- ३) बुधन करिस्माको छेउमा गएर के गर्यो ?
- ४) यस अनुच्छेदमा प्रयोग भएका मानव र जनावरको नाम लेख्नुहोस् ।
क) मनोविज्ञान के हो ?
मनोविज्ञान भन्नाले मनोभाव र मानसिक अध्ययनको विज्ञान हो भन्ने बुझिन्छ।
ख) व्यक्ति कस्तो वातावरण निर्माण गर्न खोज्छ ?
व्यक्तिले आफ्नो चाहना अनुसारको वातावरण निर्माण गर्न खोज्छ ।
ग) सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?
सामाजिक र भौतिक वातावरणले उत्तेजनाको रुपमा काम गर्ने भएकाले यिनले मनोविज्ञानमा प्रभाव पर्छन् ।
घ) “संवेग” र “तज्जन्य” शब्दको अर्थ लेख्नुहोस् ।
संवेग ⇒ आवेग
तज्जन्य ⇒ तत्कालिन
व्याकरण अभ्यास
तापनि, प्रतीक्षा, सम्मुख, भरिया, सुकुल, क्रीडा, चौथाइ, शृङ्खला, सुदूर, निर्जीव, अभीसिप्त, उद्विग्न , अतीत, नैराश्य, समष्टि, नीरव, कष्टप्रद, निस्तब्ध, अविराम, विश्वास, विहा, चञ्चल, सामञ्जस्य, अङ्ग, चूर्ण , यस्तै, हृदय, क्षीण, प्रत्यक्ष, जिज्ञासा, संस्कृति, भण्डार, दुष्कल्पना, उत्साह, गृहिणी, अनन्तकालीन , वज्रप्रहार, अभ्यन्तर ।
शुद्ध शब्दहरु :
भाउजू, तनहुँ, कति, कोशी, चरिनङ्ग्रे, शिरीष, क्लिष्ट, राष्ट्रिय, इन्साफ, सङ्घ, सम्बन्ध, क्षत्रिय, कृत्रिम, सन्देश, शुभ ।
अशुद्ध शब्दहरु :
जेठाजू, पुर्बेली, बर्षेनी, उर्दु, हात्ति, जुलुश , विभुति, आशिर्वाद, केन्द्रिय, प्रशंशा, माथी, वाकस, इन्द्रेणी, किर्तीपुर, बिकास, वाधा, वेरुजु, छ्यमा, एसरी, कर्तव्वे, एस, रिण, पृय, सहीद, लान्छना, बृहत, सभासद ।
अशुद्ध शब्दहरुको शुद्ध रुप :
जेठाजू, पुर्वेली, वर्पेनी, उर्दू, हात्ती, जुलुस, विभूति, आशीर्वाद, केन्द्रीय, प्रशंसा , माथि, बाकस, इन्द्रेनी, कीर्तिपुर, विकास, बाधा, बेरुजु, क्षमा, यसरी, कर्तव्य, यस, ऋण, प्रिय, सहिद, लाञ्छना, वृहत्, सभासद् ।
अ) वायुमण्डलको संरचनामा भूमिका निर्वाह गर्ने ग्यासहरुको अनुपतमा फेरबदलले र मूलतः कार्वनडाअक्साइडको मात्रा बढ्नाले पृथ्वीको तापक्रम बढ्न थालेको छ ।
आ) त्यो तृष्णा, त्यो अनन्तकालीन प्रतीक्षा, त्यो दिनहुुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिएको थियो ।
इ) यसै प्रकारले नित्य नयाँ नयाँ कल्पनाहरु त्यसको आशालाई प्रदिप्त तुल्याउदै दिनहरु बिताउदै गए। अन्ततः त्यो चिर अभिप्सित पन्ध्रौं दिन पनि आयो ।
अ) भरियाले डोकाबाट भाडाहरु झिकिसकेको थियो । सानीले माथिबाट तुरुन्तै एउटा सानोपित्ले गाग्री ल्याइदिई । त्यो समेत लिएर भरिया खोलातिर गयो ।
आ) हुनसक्छ – यतै कतै हलो जोतिरहेको होला अथवा घाँस खुर्किरहेको होला । नभन्दै सिमलको आडबाट परिछन टुप्लुक्क देखा पर्यो, जोत्दा जोत्दैको हलगोरु अड्याएर उ हस्याङफस्याङ गर्दै मतिर लम्कदै थियो ।
इ) यात्री चाहिने बिहानै उठेर गइ हाल्यो । सानीको आखामा आइसकेका र छचल्किरहेका मूक मोह र कुन्नि कस्ता अव्यक्त आकाङ्क्षाहरु त्यसलाई निकै टाढासम्म पहाडको टुप्पामा पुर्याई फर्के । कुन्नि केले हो त्यसको मन भारी हुँदै आयो । हृदयमा आद्र भावनाहरुमा गह्रुङ्गो प्रवाह बग्न थल्यो र त्यसको भित्र मनमा लगातर एउटा प्रश्न उम्लन थाल्यो – “त्यो फेरि फर्कला ?”
Queries Solved
- ✓ class 11 nepali notes chapter 6
- ✓ class 11 nepali notes pdf download 2083
- ✓ class 11 nepali chapter 6 exercise
- ✓ tyo feri farkala summary
- ✓ class 11 nepali tyo feri farkala
- ✓ tyo feri farkala question answer
- ✓ neb class 11 nepali solution chapter 6
- ✓ class 11 nepali guide chapter 6
- ✓ tyo feri farkala class 11 nepali exercise
- ✓ class 11 nepali model question 2083
- ✓ bhavani bhikshu tyo feri farkala
