class 11 Social Unit 5-Chapter 4 | नेपालका पर्यावरणीय क्षेत्रहरू (Nepalka Paryabaraniya Kshetrहरु)-भूगोल र सामाजिक सम्बन्ध
An overview of Nepalka Paryabaraniya Kshetrहरु (Ecological Zones of Nepal) notes for NEB class 11 Social Studies

एकाइ ५: भूगोल र सामाजिक सम्बन्ध
(Bhugol ra Samajik Sambandha)

पाठ ४: नेपालका पर्यावरणीय क्षेत्रहरू
(Nepalka Paryabaraniya Kshetrहरु)

यस पाठमा हामीले नेपालको भूगोल र सामाजिक जीवनको सम्बन्ध बुझ्दै नेपालका पर्यावरणीय क्षेत्रहरू (Nepalka Paryabaraniya Kshetrहरु) को बारेमा विस्तृत अध्ययन गर्नेछौं। हिमाल, पहाड र तराईका भौगोलिक, आर्थिक, सामाजिक, र सांस्कृतिक विशेषताहरूले कसरी नेपालको विविधतालाई झल्काउँछन् भन्ने कुरा यहाँ स्पष्ट पारिएको छ। यी क्षेत्रहरूको सही पहिचान र उपयोगले नै राष्ट्रको समग्र विकास सम्भव छ।

Nepalka Paryabaraniya Kshetrहरु

१. नेपालको भौगोलिक प्रदेशअनुसारका विशेषताहरू तलको तालिकामा भर्नुहोस्:

प्रदेश भौगोलिक विशेषता आर्थिक विशेषता जनसाङ्ख्यिक विशेषता सामाजिक तथा सांस्कृतिक विशेषता
हिमाली ३००० मि. देखि ८८४८ मि. सम्मको उचाइ, ठूला नदी र हिमनदीको उद्गमस्थल, सगरमाथा र तिलिचो ताल अवस्थित, चिसो र शुष्क हावापानी। पशुपालन (याक, भेडा, च्याङ्ग्रा), जडीबुटी, पर्यटन, घरेलु उद्योग (गलैँचा, राडी, पाखी)। जनगणना २०६८ अनुसार कुल जनसंख्याको ६.७३%। शेर्पा, थकाली, भोटे, मनाङी जातिको बसोबास, बौद्ध धर्मावलम्बीको बाहुल्यता, ल्होसार, मणिरिम्दु जस्ता पर्व, बाक्लो पोसाक (बख्खु, दोचा)।
पहाडी ६०० मि. देखि ३००० मि. सम्मको उचाइ, देशको दुई तिहाइ भू-भाग ओगटेको, अग्ला-होचा पहाड, टार, बेसी, उपत्यकाहरू। कृषि, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार र सेवा क्षेत्रको विकास। जनगणना २०६८ अनुसार कुल जनसंख्याको ४३.०१%। ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, तामाङ, राई, लिम्बू जस्ता जातजातिको बसोबास, हिन्दू धर्मावलम्बीको बाहुल्यता, दसैं, तिहार, उधौली, उभौली जस्ता पर्व।
तराई समुद्री सतहदेखि ६०० मि. सम्मको उचाइ, समथर र उर्वर भूमि, ‘अन्नको भण्डार’ भनिने। कृषि (धान, गहुँ, मकै), औद्योगिक तथा व्यापारिक केन्द्र, यातायातको राम्रो सुविधा। जनगणना २०६८ अनुसार कुल जनसंख्याको ५०.२७%। राजवंशी, यादव, मुसलमान, थारु, मधेसी ब्राह्मणको बाहुल्यता, होली, छठ, माघी, इद जस्ता पर्व, भारतीय संस्कृतिसँग निकटता, पातलो पोसाक (धोती, कुर्ता)।

२. ‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ।’ भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस्।

उत्तर: ठूला चामत्कारिक परिवर्तनका कुरा छाडेर देशमा सामान्य पूर्वाधार विकास गर्ने र आर्थिक उन्नतिमा नेपालको भौगोलिक अवस्थाको उपयोगमा जोड दिने हो भने नेपालको विकास हामीले नसोचेको स्तरमा पुर्‍याउन सकिन्छ। राज्य शासनसँग जोडिएको राजनीति, राजनीतिसँग जोडिएको अर्थतन्त्र र अर्थतन्त्रसँग जोडिएको आम जनताको जीवनस्तर बुझ्न विकासका सम्भावना र चुनौतीका कुरा गर्नु पर्ने हुन्छ।

नेपालको भौगोलिक अवस्थाको उपयोग गरी आर्थिक विकास गर्ने हो भने कृषि, जलविद्युत र पर्यटन तीन प्रमुख क्षेत्र हुन्। यी क्षेत्रको विकासमा नै देशको समृद्धि निर्भर छ:

  • कृषिको विकास: तराईको उर्वर भूमि, पहाडका टार र बेसीहरू अनि हिमालको पशुपालन र जडीबुटी खेतीलाई आधुनिकीकरण गर्न सके खाद्यन्नमा आत्मनिर्भर हुन सकिन्छ। यसका लागि ग्रामीण क्षेत्रमा लघुवित्त प्रणालीमार्फत आर्थिक स्रोत परिचालन गरी साना उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्छ।
  • जलविद्युतको विकास: नेपालका नदीनालाबाट अथाह जलविद्युत उत्पादनको सम्भावना छ। विदेशी प्रत्यक्ष लगानी (FDI) भित्र्याएर ठूला जलविद्युत आयोजना निर्माण गरी भारत र बंगलादेश जस्ता देशमा निर्यात गर्न सके यो विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्न सक्छ।
  • पर्यटनको प्रवर्द्धन: हाम्रो विशिष्ट प्राकृतिक मनोरम भू-बनोट, विश्व सम्पदा सूचीमा रहेका आधा दर्जनभन्दा बढी ऐतिहासिक धरोहरहरू पर्यटकका लागि प्रमुख आकर्षण हुन्। हिमाल आरोहण, पदयात्रा, धार्मिक पर्यटन, र सांस्कृतिक अनुभवका लागि आवश्यक भौतिक पूर्वाधारको विकास गर्न सके पर्यटन उद्योगले देशको अर्थतन्त्रमा कायापलट गर्न सक्छ।

अन्ततः, नेपालको प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहर अथाह सम्भावनाका स्रोत हुन्। पृथ्वीमा रहेको समुन्द्र बाहेक सम्पूर्ण विश्वकै विविधता एउटा सानो भूगोलभित्र समेटिएको सुन्दर देश हो नेपाल। अतः नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ भन्ने कुरामा दुईमत छैन।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top